७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

गण्डकी प्रदेशका सभामुखको कार्य असंवैधानिक : कांग्रेस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गण्डकी प्रदेशसभामा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने क्रममा सभामुखद्वारा संविधानको मर्म र भावना तथा संसदीय पद्धति र अभ्यासविपरीत काम गरेको बताएको छ।

सरकारले विपद् व्यवस्थापनमा ध्यान दिन सकेन: प्रमुख महर्जन

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले विपद् व्यवस्थापन र प्रतिकार्य अभ्यासमा संघीय सरकारले ध्यान दिन नसकेको बताएका छन्।

दुई महिनादेखि विद्युत् उत्पादन बन्द, दैनिक आठ लाख घाटा

पश्चिम नवलपरासीमा रहेको गण्डक जलविद्युत् केन्द्रको विद्युत् उत्पादन पूर्णरुपमा बन्द रहेको छ।

बन्द भएको ६ वर्षपछि पुनः सुरु भयाे भोजपुर–विराटनगर उडान

उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु भएपछि यात्रुमा उत्साह देखिएको छ।

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण

मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३ पक्की पुल निर्माण सम्पन्न भएको छ।

दक्ष जनशक्तिलाई रोजगारदातासँग जोड्ने सिप मेलाको लक्ष्य होः उपप्रमुख डंगोल

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले दक्ष जनशक्तिलाई रोजगारदातासँग जोड्ने सिप मेलाको उद्देश्य रहेको बताएकी छिन्।

ग्लोबल आइएमई बैंकलाई एक करोड अमेरिकी डलर लगानी

स्विस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ मार्केटले ग्लोबल आइएमई बैंक लिमिटेडलाई १० मिलियन अमेरिकी डलर लगानी गर्ने भएको छ।

अझै आएन कालोपत्र बजेट

मुगु सदरमुकाम जोड्ने कर्णाली राजमार्गअन्तर्गत गमगढी–नाग्मा सडकको ट्रयाक खुल्ला भएको कार्य पूरा भएको झन्डै १२ वर्ष बितिसकेको छ।

अर्थतन्त्रको आकार ५७ खर्ब ४८ अर्ब पुग्ने

सरकारले चालु आर्थिक वर्ष (आव) २०८०/८१ मा ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको भए पनि वृद्धिदर खुम्चिएको छ।

ललितपुरको आनन्दवनमा भीषण आगलागी, जोखिममा कुष्ठरोग अस्पताल

ललितपुरको आनन्द वनमा डढेलो फैलिएको छ। आनन्द वनमा डढेलो फैलिएसँगै त्यहाँ रहेको कुष्ठरोग अस्पताल समेत जोखिममा छ।

ललितपुरको आनन्द वनमा डढेलो फैलिँदै,नियन्त्रणको प्रयास जारी

ललितपुरको आनन्द वनमा डढेलो फैलिँदै गएको छ। गोदावरी नगरपालिका–६ आनन्द वनमा डढेलो सल्किएको ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर खनालले जानकारी दिए।

हिमालयन सेक्युरिटिजको कारोबार सुरु

हिमालयन बैंक लिमिटेडको स्वमित्वमा स्थापित हिमालयन सेक्युरिटिज लिमिटेडले व्यावसायिक कारोबार थालेको छ।

रामेछापमा पहिलो पटक जुनारमा ‘ट्याग’

जुनार बगैँचालाई थप व्यवस्थित गर्ने उद्देश्यले रामेछापमा पहिलो पटक जुनारको बोटमा ‘ट्याग’ लगाउने कार्यको थालनी भएको छ।

धनुषामा पानीकाे स्रोत सुकेपछि दमकलबाट पानी वितरण

धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा पानीको अभाव भएपछि दमकलबाट पानी वितरण गर्न थालिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्