२९ वैशाख २०८१ शनिबार
image/svg+xml

अब पाठेघर मुख क्यान्सरविरुद्ध खोप नियमित

चालु आर्थिक वर्षमा पुरै किशोरीलाई समेट्न नसकेको पाठेघर मुखको क्यान्सरविरुद्धको खोप (एचपिपिभी) आगामी आर्थिक वर्षदेखि नियमित हुने भएको छ।

बाँकेमा ९ महिनामा एक सय १२ नवजात शिशुको मृत्यु

तराईको सुगम जिल्लाका रुपमा रहेको बाँकेमा नौ महिनामा एक सय १२ नवजात शिशुको मृत्यु भएको छ।

एक लाख बिमितको कार्ड जारी गर्दै काठमाडौं महानगर

काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ देखि एक लाख बिमितको कार्ड जारी गर्ने भएको छ।

तीन वटा संसदीय समितिको बैठक बस्दै

आज एकै पटक तीन वटा संसदीय समितिको बैठक बस्दैछ। जसअनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो २ बजे बस्दैछ।

राष्ट्रसङ्घलाई सबल बनाउन नेपालको पूर्ण सहयोग रहन्छः उपप्रधानमन्त्री यादव

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले राष्ट्रसङ्घ सबल र प्रभावकारी संयुक्त राष्ट्रसङ्घ बनाउन नेपालको पूर्ण सहयोग रहने बताएका छन्।

विकासका उपलब्धी जोगाउन सार्थक सहयोग अपरिहार्य: उपप्रधानमन्त्रीको जोड

उपप्रधान एवं स्वास्थ्य जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धीलाई जोगाइराख्न संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय विकास साझेदारहरूको सार्थक सहयोग अपरिहार्य भएको बताएका छन्।

स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपालले सफलता प्राप्त गरेको छः मन्त्री यादव

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले नेपालले स्वास्थ्य सेवा प्रणाली सुधारमा सफलता हासिल गरेको बताएका छन्।

काममा सुरक्षा र स्वास्थ्यका लागि विश्व दिवस मनाइँदै

विश्वव्यापी रुपमा व्यवसायिक दुर्घटना र रोगहरुको रोकथामलाई प्रवर्द्धन गर्न यो दिवस मनाउने गरिन्छ।

लैंगिक तथा यौनिक अल्पसंख्यकलाई स्वास्थ्यसेवामा पनि विभेद

लैंगिक तथा यौनिक अल्पसंख्यकका लागि स्वास्थ्य सेवा सहज नभएको एक अध्ययन प्रतिवेदनले औंल्याएको छ।

हात्तीपाइले रोगविरुद्धकाे औषधि आइतबारदेखि

सरकारले वैशाख १६ गते (आइतबार) देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको छ।

कर्णालीका हिमाली जिल्लामा देखिन थाल्यो औलो

कर्णालीका हिमाली जिल्लामा औलो देखिएको छ। सडक सञ्जालले हिमाली जिल्ला जोडिएपछि रोगको प्रभाव ती जिल्लामा देखिन थालेको जनाइएको छ।

वैशाख ३१ मा ५ वर्ष मुनिका बालबालिकालाई छुट खोप लगाइने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप लगाउन छुटेका ५ वर्ष मुनिका सबै बालबालिकाका लागि वृहत्त खोज र खोप अभियान सञ्चालन गर्न लागेको हो।

ताप्लेजुङमा भेटिए ३९ नयाँ क्षयरोगी, सबैभन्दा बढी फुङलिङमा

ताप्लेजुङमा नयाँ ३९ जना क्षयरोगी पत्ता लागेका छन्। चालु आर्थिक वर्षको ९ महिना अवधिमा भेटिएका क्षयरोगीमध्ये सबैभन्दा बढी फुङलिङ नगरपालिकामा रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्