२ पुस २०८१ मंगलबार
image/svg+xml

भारतबाट आएका २१ जनालाई कटारी क्वारेन्टाइनमा राखिने

भारतको सिलगुढीबाट फर्केका २१ जनालाई उदयपुरको कटारीस्थित क्वारेन्टाइनमा राखिने भएको छ। नेपाल–भारत सीमा काकडभिट्टाबाट बस चढेर आएका उनीहरुलाई कटारीस्थित बसपार्कमा फेला पारी क्वारेन्टाइनमा राख्न लागिएको हो।

महोत्सवलाई ‘भ्रमण वर्ष’ लक्षित गर्दै बिभिन्न आकर्षण दिइने

उदयपुरको कटारीमा बिबिध खेलकुदयुक्त कार्यक्रम मार्शलआर्ट महोत्सव आयोजनाको तयारी भइरहेको छ। कटारी नगरपालिकाको आर्थिक सहयोगमा स्थानीय खेलप्रेमीहरुले आगामी १० देखि १७ गतेसम्म ‘कटारी मेयर कप मार्शलआर्ट महोत्सव २०७६’ को आयोजना गर्न लागिएको हो।

कटारीमा म्याद नाघेका खाद्यान्न र पेय पदार्थ

उदयपुरको कटारी नगरपालिकाका विभिन्न बजारका व्यापारीले म्याद नाघेका खाद्यान्न तथा पेय पदार्थ बेचेर उपभोक्तालाई ठग्ने गरेको फेला परेको छ।

कटारी महोत्सव सातादिन अघि सर्‍यो

उदयपुरको कटारीमा असोज दोस्रो सातासम्म आयोजना गर्ने भनिएको ‘प्रथम कटारी महोत्सव ०७६’ सातादिन अघि सरेको छ। आउँदो असोज ११ देखि १७ गतेसम्म सञ्चालन गर्ने टुंगो भएको महोत्सव हिन्दु पर्व दसैं नजिकिएको र अन्य प्राविधिक कारण देखाउँदै असोज ४ देखि १० गतेसम्म सञ्चालन गर्ने गरी सारिएको मूल आयोजक समितिले जनाएको छ।

नयाँ गाडी नचढ्ने उपमेयरको घोषणा, एम्बुलेन्स किन्ने निर्णय

गाउँका सिंहदरवारका जनप्रतिनिधिबीच कसले बढी सेवा सुविधा लिने भन्ने होड चलिरहेको समाचार आइरहँदा उदयपुरको कटारी नगर उपप्रमुख भिमकुमारी राउतले सुविधाको गाडी नचढ्ने घोषणा गरेकी छिन् । नगरपालिकाको गत असार दोस्रो साता सम्पन्न चौथो नगरसभाले उपप्रमुखका लागि छुट्टै गाडी (जिप) खरिद गर्ने निर्णय गरे अनुसार खरिदको प्रक्रियामा जान लाग्दा राउतले गाडी सुविधा नलिने निर्णय गर्दै सो रकमबाट एम्बुलेन्स किन्न सुझाएकी हुन्।

सर्पको बिगबिगी बढ्दै

केही दिनयता जिल्लाको पश्चिमी कटारी नगरपालिकाका विभिन्न वडामा विषालु सर्पको बिगबिगी बढ्दै गएपछि सर्पदंशका घटना पनि बढेका छन्।

टिप्पर दुर्घटनामा २ को मृत्यु, चालक सकुशल

उदयपुरमा आइतबार विहान भएको टिप्पर दुर्घटनामा परी सहचालकसहित दुईजनाको मृत्यु भएको छ। सिराहाको मिर्चयादेखि ओखलढुंगा जोड्ने सिद्धिचरचण लोकमार्गको कटारी–घुर्मी खण्डमा विहान भएको दुर्घटनामा सहचालक र अर्का एकजनाको घट्नास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कटारीका अग्निपीडितलाई सहयोग

झण्डै दुई साताअघि आगलागीमा परी घरसहित धनमालको क्षति बेहोरेका उदयपुर कटारी नगरपालिकाका पीडितलाई नगरपालिकाले नगद राहत प्रदान गरेको छ।

‘प्रथम कटारी नगर मेयरकप’को उपाधि कटारी २ लाई

कटारी नगरपालिकामा आयोजित ‘प्रथम कटारी नगर मेयरकप फुटबल प्रतियोगिता ०७५’ को उपाधि कटारी २ त्रिबेणीले चुमेको छ। त्रिबेणीले कटारी १४ लेखानीलाई शून्यका विरुद्ध १ गोलको सहज अन्तरमा पराजित गर्दै मेयरकपको उपाधि हात पारेको हो।

तीन बुँदे सहमतिपछि कटारी बजार खुल्यो

बजार अनुगमनको विरोध गर्दै उद्योग वाणिज्य संघको अगुवाईमा ३ दिनदेखि व्यापारीले गर्दै आएको उदयपुरको कटारी बन्द खुलेको छ। बन्दकर्ता र स्थानीय प्रशासन, प्रहरीबीच कटारी नगरपालिकामा भएको छलफलमा ३ बुँदे सहमतिपछि सोमबारदेखि बन्द भएको बजार खुलेको हो।

सरकारी अनुगमन विरुद्ध व्यापारीको बजार बन्द

इलाका प्रशासन कार्यालय कटारी र कटारी नगरपालिकाले कडाइका साथ दुई दिनदेखि निरन्तररुपमा बजार अनुगमन थालेपछि व्यापारीले त्यसका विरुद्ध बजार बन्द गरेका छन्।

मंगलबार पनि कटारी बजार बन्द

बजार अनुगमनको क्रममा प्रशासनले ज्यादती गरेको भन्दै उदयपुर उद्योग बाणिज्य संघले कटारी बजार मंगलबार (आज) पनि बन्द गराएको छ।

अनुगमनकाे विरोधमा कटारी बजार बन्द

चाडपर्वलार्इ लक्षित गर्दै थालिएकाे बजार अनुगमनकाे विराेधमा उदयपुरकाे कटारी बजार बन्द गरिएकाे छ।

कटारी बजारमा खानेपानी अभाव

गर्मी बढेसँगै सुख्खा याममा पानीको स्रोत सुकेपछि उदयपुरको कटारी नगरपालिका– ३ र ४ को सबभन्दा बढी जनघनत्व भएको कटारी बजारमै खानेपानीको अभाव भएको छ। लगभग १० किलोमिटर टाढाबाट ल्याइएको पानीको मुहान सुक्दै गएका कारण कटारीमा खानेपानीको अभाव भएको स्थानीयले बताएका छन्।

कटारी मालपोतका कर्मचारीले घुस लिएको आरोप

उदयपुरको कटारीस्थित मालपोत कार्यालयका कर्मचारीहरू सेवाग्राहीबाट घुस (पैसा) नलिइ कुनै काम नगर्ने स्थानीयको गुनासो छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्