२३ भाद्र २०८१ आइतबार
image/svg+xml

आमासहित छोराछोरी झुण्डिएको अवस्थामा मृत भेटिए

प्युठानमा एकाघरका आमासहित छोराछोरी मृत अवस्थामा जङ्गलमा भेटिएका छन्। प्युठान नगरपालिका–२ चितिखोलाका २६ वर्षीया गायत्री सुनार, उनीका दुई वर्षीय छोरा र पाँच वर्षीया छोरी आज मृत भेटिएका हुन्।

शिक्षामा लैंगिक विभेद: छोरा स्कुल, छोरीलाई घरधन्दा

नागरिक अभियन्ता दीर्घराज जोशीका अनुसार कतिपय शिक्षित बाबुआमाले छोराछोरी दुवैलाई पढ्न पठाए पनि विद्यालय छनोट गर्दा काखापाखा गरेका छन्। उनीहरूले छोरीलाई सरकारी र छोरालाई निजी विद्यालयमा पठाएर लैंगिक विभेद गरेका छन्।

आमाको हत्यापछि चार छोराछोरीको बिचल्ली

दिपायल सिलगढी नगरपालिका वडा नं ३ बस्ने कृष्ण नेपालीले गत असार २ गते आफ्नी श्रीमतीको हत्या गरेपछि अहिले छोराछोरी बिचल्लीमा परेका छन्।

आमा–बाको सम्बन्धले पार्ने प्रभाव

स्वयम् तथा बच्चाको बहुआयामिक हितका लागि बाबु–आमा मिलेर बस्ने तथा सुमधुर सम्बन्धको प्रदर्शन फाइदाजनक देखिएकाले तद्नुरूपको सामाजिक चेतना तथा चनाखोपन आवश्यक देखिन्छ।

‘सातदेखि दश वर्षसम्मका छोराछोरीलाई सँगै नसुताउने’

समाजमा दिन प्रतिदिन बलात्कार र हत्या हिंसाका घटना बढ्दै गएका छन्। विगतको वर्ष भन्दा अहिले ३० प्रतिशतले समाजमा बलात्कार बढेको छ भने समाजिक अपराध ४० प्रतिशतले वृद्धि भएको छ। २०७४/२०७५ मा विगतको भन्दा ४ हजार ४ सय ४५ भन्दा बढी महिला बलत्कृत भएका छन्। औसतमा दैनिक ३ जना भन्दा बढी महिला बलात्कार हुने गरेको छ।

साना र ठूला छोराछोरीलाई समान व्यवहार

व्यावहारिक झन्झट र तनावले दिक्क हुँदा हामी भन्छौँ केटाकेटी हुनु कति आनन्द ! यो भएन, त्यो भएन केही नचाहिने । बुबा–आमाले जसरी पनि पु-याएका छन्, खेल्यो खायो ढुक्क । हामीले मात्र होइन, ठूला–ठूला कवि–लेखकहरूले पनि बाल्यकाललाई सुखको जीवन भनेका छन् र आफू पुनः  बालजीवनमा फर्कन पाए हुन्थ्यो भन्ने अभिव्यक्ति पनि दिएका छन्।

ज्येष्ठ नागरिकलाई छोराछोरीको १० प्रतिशत कमाई : मन्त्री थापा

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले ज्येष्ठ नागरिकको स्याहारसुसार, हेरचाह र औषधि उपचारमा कुनैपनि समस्या हुन नदिने बताएकी छन्।

छोराछोरी सामुदायिक स्कुल नपढाए ३ प्रतिशत तलब कट्टा

इलामको माइजोगमाई गाउँपालिकाका सरकारी कर्मचारीले अब आफ्ना छोराछोरी अनिवार्य रूपमा सामुदायिक विद्यालयमै पढाउनुपर्ने भएको छ।

कर्मचारी र जनप्रतिनिधिका छोराछोरी सरकारी विद्यालयमा

जाजरकाेट नलगाड नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीका छोराछोरी निजी विद्यालयमा पढ्न नपाउने भएका छन्।  नगरको बैठकले निजी विद्यालयमा नभएर सरकारी विद्यालयमा पढाउन निर्देशन दिएको छ । अब यहाँका सबै कर्मचारी तथा शिक्षकका छोराछोरी सरकारी विद्यालयमा भर्ना भएर पढ्ने नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिए।

१२ छोराछोरीका ‘कर्मपिता’

बुबा आएको देखेर परैबाट चिच्याउने बालबालिकालाई उनी मुसुमुसु हास्दै सबैलाई सन्चो–बिसन्चो सोध्छन् । सरले स्कुलमा दिएको गृहकार्य गरे÷गरेनन् सबैलाई सोध्छन् । सक्नेले उनलाई चिया पकाएर खुवाउँछु भन्छन् । सरसफाइ गर्न, सक्नेलाई खाना बनाउन, फूलबारी गोड्न पनि उनैले सिकाउँछन् ।

गाडी किन्नेका छोराछोरीलाई छात्रवृत्ति पनि

अग्नी फाउन्डेशनले महिन्द्रा बोलेरो पिकअप गाडीका ग्राहकहरुका लागि ‘उदय सदस्य’ योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत महिन्द्रा बोलेरो पिकअपका ग्राहकका छोराछोरीमध्येबाट एस.ई.ई. मा उत्कृष्ट अंक प्राप्त गरेका २५ जना छात्रछात्राहरुलाई पुरस्कृत गरिएको सो संस्थाले जनाएको छ ।

घरमाथि ढुंगा खस्यो, तीन छोराछोरीको मृत्यु

सान्नी त्रिवेणी गाउँपालिका–६, पोरिवन काब्रागाउँस्थित बुँदे सार्कीको घरमाथिबाट ठूलो ढुंगा खस्दा दुई छोरी र एक छोरा गरी तीनको मृत्यु भएको छ। आइतबार मध्यराति परेको मुसलधारे पानीपछि खसेको ढुंगाले थिचिएर बुँदेकी १३ वर्षीया छोरी ललिता, ९ वर्षीय छोरा लंक र ५ वर्षीया छोरी कल्पनाको मृत्यु भएको प्रहरीले जनाएको छ। ढंगाले पुरिएका तीनवटै शव सोमबार नेपाली सेना र प्रहरीले निकालेका छन्।

छोराछोरीलाई व्यवसायी कसरी बनाउने ?

पछिल्लो समय लेखपढ गरेर मात्र छोराछोरीको भविष्य सुनिश्चित नहुने अवस्था सिर्जना भएको छ । लेखपढ गरेका युवाहरु बेरोजगारीको चपेटामा परेकाले अभिभावकको चिन्ता थपिएको छ । छोराछोरीलाई कसरी सुन्दर भविष्यको जिम्मा लगाउन सकिएला भन्ने चिन्ताले कतिपय अभिभावकको छटपटी बढेको छ । छोराछोरीको सुन्दर भविष्यको एउटै मात्र बाटो उनीहरुलाई असल व्यवसायी बनाउनु हो ।

आमाले नै ३ छोराछोरी बेचेपछि...

माई नगरपालिका–८, कलकत्तेकी ४ वर्षीया बालिका स्वस्तिका राई बिहान, दिउँसो, बेलुका जुनसुकै समय आफ्नी आमा खोज्छिन् । आँगन, सिकुवा र बार्दलीमा बसेर टोलाउँछिन्, आमाको तस्बिर सम्सुम्याउँछिन् । अनि, बेला–बेला आमालाई बोलाउँदै डाँको छोड्छिन् ।

बाह्रसय छोराछोरी हुर्काउँदै एसओएसका आमाहरू

आफ्ना छोराछोरी हुर्काउन धौधौ मान्ने वर्तमान नेपाली समाजमा ५२ वर्षीया अविवाहिता गोमा गुरुङले आठ जना छोराछोरी हुर्काइरहेकी छिन् । उनले उनीहरुलाई माया र कर्म दिइराखेकी छिन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्