चैते धान लगाउनेको संख्या घट्दै
कञ्चनपुरमा पछिल्लो समय चैते धानको खेती गर्ने किसानको संख्या घट्दै गएको छ।
कञ्चनपुरमा पछिल्लो समय चैते धानको खेती गर्ने किसानको संख्या घट्दै गएको छ।
पानी अभावबीच जसोतसो चैते धान रोपेका किसानलाई यतिबेला रासायनिक मलको अभावले सताउन थालेको छ। गत वर्ष पनि यही बेला मलको अभाव भएपछि किसान आन्दोलित भएका थिए। यस वर्ष पनि मल अभाव देखिन थालेको छ।
धानखेतीका लागि आवश्यक न्यूनतमसमर्थन मूल्य तोक्ने गरिएपनि त्यसको कार्यान्वयनमा धेरै ठूलो समस्या देखिन्छ र यस्ता कार्यक्रमले किसानलाई खासै आकर्षित गर्न सकेको छैन।
कैलालीको भजनी नगरपालिका–७, चर्राका मनिराम चौधरी चैते धान रोप्नमा व्यस्त छन। उनी हरेक वर्ष १० कठ्ठामा चैते धान रोप्छन। उनको ५ जनाको परिवारलाई त्यही १० कठ्ठामा फलेको चैते धान वर्षभरीका लागि खान पुग्छ।
आधुनिक प्रविधिको प्रयोग र उन्नत जातका बिउ बिजनले चैते धानको उत्पादन बढेपछि कृषक खुसी भएका छन्। यस वर्ष अघिल्ला वर्षको तुलनामा करिब २० मुरी धानको उत्पादन वृद्धि हुने रामपुर नगरपालिका–४ सदावर्तका कृषक विनोद श्रेष्ठ बताए । उनी बर्सेनि नौ रोपनी क्षेत्रफलमा धान लगाएर ३० देखि ३५ मुरीसम्म उत्पादन लिँदै आएकामा यस वर्ष ५५ मुरी उत्पादन हुने अनुमान गर्छन् ।