३० वैशाख २०८१ आइतबार
image/svg+xml

नयाँ शैक्षिकसत्रको भर्ना अभियान वैशाख २ बाट

भर्ना अभियानका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यार्थी भर्ना अभियान सहजीकरण कार्ययोजना तयार गरी कार्यान्वयन गर्न भन्दै स्थानीय तह र अन्य सम्बन्धित पक्षलाई आग्रह गरिसकेको छ।

कर्णालीमा तयार भयाे सात वर्षे स्वास्थ्य सेवा रणनीतिक कार्ययोजना

कर्णाली प्रदेशमा स्वास्थ्य सेवा रणनीतिक कार्ययोजना तथा स्वास्थ्य पुनःस्थापना लागि सातवर्षे ‘स्वास्थ्य सेवा रणनीतिक कार्ययोजना’ तयार पारिएको छ।

नारायणगढ–बुटवल सडकखण्ड विस्तारः पाँच वर्षमा ४६ प्रतिशत मात्रै प्रगति

‘राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सडक विस्तारको पाँच वर्ष पुग्दा हालसम्म जम्मा ४६ प्रतिशत काम सकिएको छ’, उनले भने, ‘दोस्रोपटक म्याद थप गरेपछि निर्माण व्यवसायीले हालसम्म ५८ प्रतिशत काम गर्छौं भनेर योजना बनाएको भए पनि त्यो पूरा गर्न सकेको छैन।’

सहकारीलाई चैत मसान्तभित्र बचत फिर्ताको कार्ययोजना पेस गर्न निर्देशन

सरकारले समस्याग्रस्त सहकारीलाई चैत मसान्तभित्र बचत फिर्ताको कार्ययोजना पेस गर्न निर्देशन दिएको छ।

बिआरआई कार्यान्वयनका लागि कार्ययोजना बनाउने

प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको क्रममा नेपाल र चीन सरकारबीच भएको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) लाई यथाशीघ्र कार्यान्वयन गर्न कार्ययोजना बनाउने सहमति भएको छ।

ऊर्जा विकास कार्ययोजना तयार: अधिकांश प्रसारण लाइन रुग्ण, निर्माणमा सकस

जलविद्युत् आयोजना निर्माण गर्नुभन्दा बढी समस्या उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि हुने गरेको छ। अधिकांश प्रसारण लाइनका आयोजना रुग्ण अवस्थामा छन् । कतिपय आयोजना सम्पन्न गर्न १३ वर्षसम्म लागेको छ। भरतपुर–बर्दघाट प्रसारण लाइन त्यसैको एउटा उदाहरण हो।

नेपाल प्रहरीको कार्ययोजना–२०८० तयार,आगामी साउन १ देखि लागू हुने

प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरी कार्ययोजना–२०८० तयार पारेको छ। मुलुकभर सुदृढ शान्ति–सुव्यवस्था कायम राख्ने, अपराध रोकथाम तथा नियन्त्रण गर्ने, विशिष्टिकृत तथा वैज्ञानिक अपराध अनुसन्धान क्षमता अभिवृद्धि एवं प्रहरी सेवा प्रवाहको गुणस्तरमा व्यावसायिक सुदृढिकरण गरी समग्र प्रहरी सङ्गठनको दीर्घकालीन विकास तथा रूपान्तरण गर्ने सन्दर्भमा कार्ययोजना तयार पारी लागू गर्न लागिएको हो।

आगामी कार्ययोजना तयार गर्न एमाले स्थायी कमिटी बैठक बस्दै

नेकपा एमालेको स्थायी कमिटी बैठक बस्ने भएको छ। बैठक आज आज केन्द्रीय पार्टी कार्यालयमा अपराह्न ३ बजे बस्ने भएको हो।

विशेष कार्ययोजना बनाएर काम गर्ने छ

पालिकामा रहेका मुख्य बिजारे चौर र मदान ताललगायतका पर्यटकीय स्थलहरूको विकास र प्रवर्धनमा पालिका एकमत भएर लागेको छ।

न्यूनतम कार्यक्रम कार्यान्वयन कार्ययोजना तयार

अर्थमन्त्रालयले नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनका लागि कार्ययोजना तयार पारेको छ।

चितवनका स्थानीय तह मानव अधिकार समन्वय समिति गठनमै अनविज्ञ

मावन अधिकारको सम्मान, संरक्षण र सम्बद्र्धन गर्दै विधिको शासन कायम राख्ने उद्देश्यका साथ सरकारले नीति नै बनाएर निर्देशन गरेपनि यहाँका स्थानीय तह समिति गठनमै अनविज्ञ नै देखिन्छन्।

विपद् व्यवस्थापनमा तीनै तहबीच समन्वय अभाव

मनसुन सुरु भएको ३ सातामै देशभर बाढी पहिरोलगायतका विपद्का घटनाहरूले सर्वसाधारणमा पिरलो र सन्त्रास बढेको छ। मनसुन र विपद् एकैसाथ आएका छन्।

‘विश्वासको मत खेर जान दिन्न’

समान ढंगले सबैलाई हेर्नुपर्ने हुन्छ। हिजो एउटा दलको प्रतिनिधित्व गरिन्थ्यो भने अब सबै दलको भाषा पनि मैले राख्नुपर्ने हुन्छ। सबै दलको साझा धारणा मेरो हुनुपर्छ भन्ने मलाई लाग्छ।

विद्युत् नियमन आयोगमा अध्यक्ष र तीन सदस्यका लागि दरखास्त आह्वान

सरकारले विद्युत नियमन आयोगको अध्यक्ष र सदस्यका लागि दरखास्त आह्वान गरेको छ।

मेलम्चीको कार्ययोजना यथाशीघ्र स्वीकृत गर्न निर्देशन

अहिले मेलम्ची खानेपानीसम्बन्धी आयोजनाको कार्ययोजना मन्त्रिपरिषद्मा थन्किरहेको छ। मन्त्रिपरिषद् बैंठकले समयमा कार्ययोजना स्वीकृत नगर्दा मेलम्ची आयोजनाको मर्मतसम्भारको कार्य अघि बढ्न सकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्