३१ वैशाख २०८१ सोमबार
image/svg+xml

फुटपाथ व्यवसायीको पक्षमा ईःको ‘लुम्बिनी–सिंहदरबार पैदलयात्रा’

गएको असोजमा सडक फुटपाथ व्यवसायीका पक्षमा काठमाडौं महानगरपालिविरुद्ध एक सय ९९ घण्टा उभिएर प्रदर्शन गरेका अभियन्ता ईः(इशान)ले ‘लुम्बिनी–सिंहदरबार पैदलयात्रा’ थालेका छन्।

सडक विस्तार गर्न चुनौतीपूर्ण बनेको 'नार्पाभूमि'

जिल्लाको नार्पाभूमिमा सहज यात्राका लागि अहिलेसम्म सडक पहुँच विस्तार भएको छैन। अहिले हिमाली जिल्ला मनाङका जनप्रतिनिधिलाई यहाँ सडक सञ्जाल विस्तार गर्नु मुख्य चुनौती बनेको छ।

मेची–महाकालीसम्म ३७ दिनमा पैदलयात्रा

नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म दोलखाका एक युवाले पैदलयात्रा सम्पन्न गरेका छन्। दोलखाको कालिन्चोक गाउँपालिका–३ का २१ वर्षीय अभिनय कार्कीले मेची–महाकालीसम्म ३७ दिनमा पैदलयात्रा सम्पन्न गरेका हुन्।

हिँडेरै भारत फर्कदै

लकडाउन भएको पाँच हप्ता भयो। कहिले खुल्छ यसको ठोस जवाफ कसैसँग छैन। कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न गरिएको लकडाउनले ज्याला मजदुरी गर्नेहरुले काम गर्न पाएका छैनन्।

पाथीभरा देवीको दर्शन गर्न पैदलयात्रा

झापा हल्दिबारीका एक युवकले ताप्लेजुङस्थित पाथीभरा देवीको दर्शन गर्न विर्तामोडबाट पैदलयात्रा शुरु गरेका छन्।

राजधानीमै एक घण्टा हिँडेर स्कुल

देशको राजधानी काठमाडौंमै एक घण्टाभन्दा बढी पैदलयात्रा नगरी विद्यालय पुग्न सकिन्न भन्ने सुन्दा जोकोहीलाई अचम्म लाग्न सक्छ। वास्तवमा बूढानीलकण्ठ नगरपालिका–५ स्थित शिवपुरी राष्ट्रिय निकुञ्जभित्रको बस्ती डाँडागाउँका विद्यार्थीले वर्षौंदेखि भोग्दै आएको नियति हो त्यो। घना जंगल छिचोलेर विद्यालय जानुपर्दा विद्यार्थीलाई बाटोभरि त्रास हुने थाहा पाउँदा झनै मन बिझाउँछ। त्यस्तो नियति भोग्दै आएका विद्यार्थीको कहालीलाग्दो अनुभव सुन्दा मात्रै होइन, सिंगो गाउँको साझा पीडाबारेको जानकारीले झनै निराश तुल्याउँछ। यातायात छैन, अस्पताल छैन। ८० परिवार बस्दै आएको डाँडागाउँमा सुरक्षाको पनि निकै समस्या छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्