२३ भाद्र २०८१ आइतबार
image/svg+xml

बेलायतको ईयू बहिर्गमन अनिश्चितता, अर्थतन्त्रमा असर पर्न सक्ने

बेलायतका राज्यकोष प्रमुख फिलिप ह्यामन्डले बेलायत युरोपियन युनियन (ईयू) बाट बाहिरिने भनी गरेको जनमत सङ्ग्रहको निर्णयलाई कार्यान्वयनमा लाने विषय अनिश्चित बन्दा यहाँको अर्थतन्त्रमा असर पर्नसक्ने बताएका छन्।

बेलायतका सर्वदलीय संसदीय समूहका अध्यक्ष शर्मा नेपालमा

बेलायतका सर्वदलीय संसदीय समूहका अध्यक्ष तथा सांसद वीरेन्द्र शर्मा काठमाडौं आएका छन्। एनआरएन युरोप क्षेत्रका संयोजक कुल आचार्यसहितको टोलीले शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। सांसद शर्मा ब्रिटिश गोर्खामा रहेका नेपालीको अधिकारकालागि आवाज उठाउँदै आएका व्यक्ति हुन्।

बेलायतमा क्यान्सर पीडित युवतीको मृत शरिर संरक्षण गरिने

बेलायतकी एक १४–बर्षिया किशोरीले क्यान्सरबाट आफ्नो मृत्य हुने निश्चय भएपछि यहाँको अदालतलार्ई पत्र लेख्दै आफू क्यान्सरको उपचार हुन नसक्दा मृत्यु हुन लागेको जनाउँदै मृत्युपछि उनको शरिरलाई अन्त्येष्टि नगर्न र संरक्षण गरिदिन गरेको आग्रहको पक्षमा यहाँको अदालतले फैसला दिएको छ ।

भट्टराईले बेलायतमा ‘आर्थिक विकासबारे नयाँ दृष्टिकोण’मा बहस गर्ने

पूर्वप्रधानमन्त्री डा भट्टराईले यही कात्तिक ३० गते बेलायतको अक्सफोर्ड विश्वविद्यालयका उपकुलपतिसँग शिष्टाचार भेट र विश्वविद्यालयमा ‘समावेशी लोकतन्त्र, दिगो विकास र सामाजिक न्यायः नेपालमा आर्थिक विकासका निम्ति नयाँ दृष्टिकोण’ विषयमा प्रवचन दिनेछन् ।

भूपू गोर्खा सैनिक समस्या समाधानको लागि वार्तामा बस्न बेलायत तयार

भूपू गोर्खा समस्याको समाधानका लागि त्रिपक्षीय वार्तामा बस्न बेलायत सरकार राजी भएको छ। करिब २ सय बर्षदेखिको भूपू गोर्खा सम्बन्धी समस्यालाई वार्ताको माध्यमबाट टुंगोमा पुर्‍याउने नेपाल सरकारको प्रस्तावमा बेलायत सकरात्मक भएको हो।

बेलायतको अदालतले भन्यो– ‘संसदको अनुमतिबिना इयूबाट छुट्टिन मिल्दैन’

बेलायतको उच्च अदालतले युरोपेली संघबाट बाहिरिने सरकारको तयारीविरुद्ध फैसला सुनाएको छ। बिहीबार लन्डनस्थित उच्च अदालतले निर्णय सुनाउँदै भनेको छ, ‘संसदको अनुमतिबिना इयूबाट छुट्टिने निर्णय कार्यान्वयन हुन सक्दैन।’ अदालतको पछिल्लो फैसलाले गत जुलाई महिनामा भएको जनमत संग्रहको निर्णयलाई प्रभावित पार्ने विश्लेषण गरिएको छ।

पूर्वप्रधानमन्त्री डा. भट्टराई बेलायत आउने

नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आगामी नोभेम्बर ११ मा बेलायत आउने भएका छन् । पार्टीको भ्रातृसंस्था अन्तर्राष्ट्रिय नेपाली समाज बेलायतले आयोजना गरेको बृहत कार्यकर्ता भेलामा भाग लिन डा. भट्टराई लन्डन आउने भएका हुन् ।

भूपू गोर्खा सैनिकका माग बारे नेपाल सरकारको चासो, बेलायतसँग वार्ता गर्ने

बेलायती सेनाबाट निवृत्ति भएका भूतपूर्व गोर्खाको मागबारे बेलायत सरकारसँग नेपाल सरकारले औपाचारिक वार्ता गर्ने भएको छ। समान पेन्सन र अधिकारकालागि तीन दशकदेखि संर्घषरत भूपू गोर्खाको मागबारे बेलायत सरकारसँग औपाचारिक वार्ताको प्रस्ताव गर्दै बेलायतका लागि नवनियुक्त राजदूत दुर्गाबहादुर सुवेदीको संयोजकत्वमा वार्ता समिति गठन भएको बेलायतस्थित नेपाली दूतावासले जनाएको छ।

'छक्का पञ्जा' को बेलायतमा नयाँ रेकर्ड

लन्डन- चलचित्र ‘छक्का पञ्जा’ ले बेलायतमा ३० लाख रुपैयाँको व्यापार गरेको छ। बेलायतमा नेपाली चलचित्रले गरेको व्यापार अहिलेसम्मकै ठूलो रकम भएको वितरक कम्पनी नेप्लिज इन्टरटेन्मेन्ट यूकेका वीरेन खड्कले बताए। उनका अनुसार ‘छक्का पन्जा’ ले करिब ३० लाख रुपैयाँ बेलायतमा मात्र संकलन गर्न सफल भएको हो।

भैतिक विज्ञान तर्फ बेलायतका तीन बैज्ञानिकलाई नोबेल

भौतिक विज्ञान तर्फ २०१६ को नोबेल पुरस्कार तत्वहरुको खोजको लागि बेलायतका तीन बैज्ञानिकलाई प्रदान गरिएको छ।

बेलायती अधिराजकुमारी नेपालमा

काठमाडौँ- बेलायती अधिराजकुमारी बिट्रिका नेपाल भ्रमणमा रहेकी छन्। नेपाल भ्रमणको क्रममा उनले आइतबार तिलगङ्गास्थित आँखा अस्पतालको अवलोकन गरेकी छन्।

स्तन क्यान्सर फैलाउने सेल पत्ता लागेको बेलायती वैज्ञानीकहरुको दाबी

लण्डन—बेलायतका वैज्ञानीकहरुले आफुहरुले स्तन क्यान्स फैलाउने सेलको पत्ता लगाएको बताएका छन्।

बेलायतमा स्तनपानको दर विश्वकै न्युन

बेलायतका महिला आफ्नो बच्चालाई स्तनपान गराउने मामिलामा निकै पछाडि रहेको एक अध्ययनले देखएको छ। बेलायतको स्वान्सी विश्वविद्यालय र विश्व स्वास्थ्य संगठनले संयुक्त रुपमा गरेको अध्ययनले बेलायतमा स्तनपानको दर विश्वकै न्युन रहेको र एसियाली मुलुक ओमान भने स्तनपानको दर विश्वकै धेरै रहेकोे देखाएको हो।

बेलायती माझ डेटिङ एप लोकप्रिय

बेलायतमा गरिएको एक सर्वेक्षणले बेलायतीमा डेटिङ एपको प्रयोग गर्ने क्रम बढेको देखाएको छ। सर्वेक्षणमा सहभागी मध्य एकतिहाई मानिसले आफै गर्लफ्रेन्ड तथा व्वाईफ्रेन्ड खोज्नु भन्दा पनि स्मार्टफोनमा भएको डेटिङ एपको प्रयोग गरी सम्भावित पार्टनर खोज्न सहज हुने बताएका थिए।

पुनःर्निर्माण ढिलाइप्रति बेलायतमा गहिरो चिन्ता

लण्डन– बेलायतस्थित व्यवसायी, बुद्धिजीवी तथा गैरआवासीय नेपाली संघका वरिष्ठ पदाधिकारीहरुले नेपालमा भूकम्पपछिको पुनःनिर्माणमा भइरहेको ढिलाइप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। स्थानीय तहमा लामो समयदेखि जननिर्वाचित निकाय नभएका कारण पुनःर्निर्माण काममा गम्भीर असर परिरहेको भन्दै उनीहरुले भूकम्पबाट अत्यधिक प्रभावित जिल्लाहरुमा जतिसक्दो चाँडो स्थानीय निर्वाचन गराउन आह्वान गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्