६ वर्षमा पूरा भयो विमानस्थल विस्तारको सपना : प्रमुख दाहाल
महानगर प्रमुख रेनु दाहालको निरन्तरको पहल र प्रयासपछि भरतपुर विमानस्थल विस्तार हुने भएको छ।
महानगर प्रमुख रेनु दाहालको निरन्तरको पहल र प्रयासपछि भरतपुर विमानस्थल विस्तार हुने भएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले कर्णालीको सम्भावनालाई राजनीतिक दलहरूले एजेन्डा मात्रै बनाएको आरोप लगाएका छन्।
विसं २०७४ अघि जाजरकोटमा दुई निर्वाचन क्षेत्र थिए। २०४८ सालमा भएको आम निर्वाचनमा क्षेत्र नं १ मा कांग्रेसका द्वारिकाप्रसाद प्रधान र क्षेत्र नं २ बाट एमालेका कृष्णबहादुर शाहीले जितेका थिए। त्यसपछि २०५१ मध्यावधि निर्वाचन हुँदा भने दुवै क्षेत्र कांग्रेसले जित्यो। त्यतिबेला क्षेत्र नं १ बाट झलकनाथ वाग्ले र क्षेत्र नं २ बाट दीपकजङ्ग शाह विजयी भए।
ललितपुर महानगरपालिकामा गत निर्वाचनमा जस्तै आसन्न निर्वाचनमा पनि उम्मेदवारले खानीपानीको समस्या समाधान र फोहरमैला व्यवस्थापनलाई प्रमुख एजेन्डाका रुपमा अघि सारेका छन्।
नेपाल–बंगलादेशबीच बंगलादेशको राजधानी ढाकामा मंगलबार हुने तय भएको सचिवस्तरीय व्यापार वार्तामा नेपालले करिब एक दर्जन एजेन्डा प्रस्तुत गर्ने भएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एंव पूर्व उपप्रधानमन्त्री कमल थापाले हिन्दु राष्ट्र र लोकतान्त्रिक राजासंस्था हुने गरि पार्टी एकिकरण हुने बताएका छन्।
पहिलो त हामीले बोलेअनुसार लिगको घोषणा गर्ने काम गर्छौ । विभिन्न समिति बनाउनुछ । त्यो काम गर्छौ । आर्थिक नियमावली र विभिन्न कार्यविधि बनाउनुछ । त्यो काम तुरुन्तै गर्छौ । साथमा ग्रासरुटको कार्यक्रम घोषणा गर्छौ।
नेपाली कांग्रेसले पदाधिकारी मनोनयनका लागि शुक्रवार छलफल गर्ने भएको छ। शुक्रवार दिउसो बस्ने निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुको बैठकमा पदाधिकारी मनोनयनका विषयमा छलफल हुने नेका केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए ।
बेलायतकी प्रधानमन्त्री टेरेसा मे ३ दिने चीन भ्रमणका लागि बुधबार बेइजिङ आइपुगेकी छन्। उनले शुक्रबार विभिन्न व्यवसायिक एजेन्डासहित चीनका राष्ट्रपति सी जिनपीङसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
प्रदेश नम्बर ३ को प्रदेश सभा बैठक अहिले हेटौंडामा बसिरहेको छ। यो सातै प्रदेश मध्ये पहिलो पटक बसेको प्रदेश सभा बैठक हो। प्रदेशसभाको पहिलो बैठकले सभामुख निर्वाचनको मिति तोक्ने र प्रदेशसभाको अन्तरिम कार्यविधि पारित गर्ने कार्यसूची रहेको छ।
नेकपा एमाले र माओवादी केन्द्रबीचको चुनावी तालमेलमा मुख्य सूत्रधारको भूमिका निर्वाह गरेका एमाले उपाध्यक्ष वामदेव गौतमको निवासमा एमाले पोलिट्ब्युरो बैठक बस्ने तयारी भएको छ। बैठकमा माअाेवादी केन्द्रसँग पार्टी एकता गर्नेबारे छलफल हुनेछ।
माओवादी केन्द्र केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ। बैठकमा पार्टी एकता र चुनाब समीक्षा हुने स्रोतले जनायो।
चुनाव नजिक आए पनि बाँके, नरैनापुरका नन्कौं अन्सारी हर्षित देखिँदैनन् । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिक आइरहेका बेला गाउँमा चुनावी गतिविधि बिस्तारै बढ्न थालेका छन् तर तिनले नन्कौंलाई छुन सकेका छैनन्।
काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र– ३ मा काठमाडौं महानगरपालिका वडा– ६, गोकर्णेश्वर नगरपालिका र कागेश्वरी नगरपालिका वडा– १, २ र ३ पर्छन् । स्थानीय निर्वाचनको मत परिणाम हेर्दा यो क्षेत्रमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।
निर्वाचनको समय छोट्टिँदै जाँदा रसुवाका उम्मेदवार भोट माग्न टोलटोलमा पुगेका छन् । वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले घरदैलो अभियान गर्दै कोणसभा गरेर निर्वाचनको प्रचारप्रसार गरिरहेका छन् । आउँदो निर्वाचनमा यहाँ वाम र लोकतान्त्रिक गठबन्धनबीच प्रतिस्पर्धा हुँदैछ।