२० आश्विन २०८१ आइतबार
image/svg+xml

जहाँ महिनावारी नबारे पुरस्कार पाइने

छाउपडी प्रथाले वर्षौँदेखि विकराल रूप लिन थालेपछि यहाँका स्थानीय तहहरूले आफ्नो क्षेत्रमा हुने छाउपडी प्रथा अन्त्य गर्नका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न थालेका छन्। छाउपडी प्रथा अन्त्य गर्नका लागि यहाँका स्थानीय निकाय पछिल्लो समय निकै सक्रिय बनेका छन्।

महिनावारी नबारे पैसा पाइने

पूर्वीचौकी गाउँपालिकाले आफ्नो गाउँपालिकाभरिमा रहेका छाउ अर्थात् महिनावारी नबार्ने महिलालाई पुरस्कारस्वरुप पैसा दिने भएको छ।

महिनावारी हुँदा तल्लो पेट दुखे के गर्ने ?

महिनावारीको बेला धेरै किशोरी या महिलाको एउटै गुनासो हुन्छ। ‘तल्लो पेट दुख्यो’, ‘पेट दुखेर स्कुल जानै सकिनँ’, ‘काममा जान सकिनँ’ यस्ता गुनासो हरेक घरमा सुनिन्छ। कोही त यति धेरै दुखाइबाट गुज्रिन्छन् कि मानौं भित्र कुनै ठुलै रोग छ।

छुई छोड्दै जुम्लाका महिला

हिमा गाउँपालिका–४ की सिद्धा शाही छुई (महिनावारी) भएको समयमा घरभित्रै बस्छिन्। अहिले छुई भएको समयमा गोठमा बस्दा हुुनसक्ने खतराबारे गाउँका महिलालाई सुझाउँछिन्। उनले भनिन्, ‘१३ वर्षको उमेरदेखि छुई भएको अहिले २७ वर्ष बित्यो, अधिकांश समय गोठमा बसें तर अहिले घरमै सुरक्षित रूपमा बस्न थालेकी छु।’

विद्यालयमै निःशुल्क सेनेटरी प्याड

जिल्लाको सुनकोसी गाउँपालिका–५ मुलखर्कस्थित चौतारा माध्यमिक विद्यालयले छात्राहरू महिनावारी हुँदा निःशुल्क सेनेटरी प्याड दिने व्यवस्था गरेको छ। महिनावारीको समयमा छात्राहरू विद्यालय नआउने क्रम बढ्दै गएपछि त्यसलाई रोक्न विद्यालयमै सेनेटरी प्याड वितरणको व्यवस्था गरिएको हो। सुनकोसी–५ को सहयोगमा विद्यालयमा एक हजार थान प्याडको व्यवस्था गरिएको छ।

हट्दै छाउपडी प्रथा, गोठबाट घरमा सरे महिला

हिमा गाउँपालिका ४ की सिद्धा शाही महिनावारी भएको समयमा घरभित्र बस्छिन्। त्यति मात्रै होइन महिनावारी भएको समयमा गोठमा बस्दा हुुन सक्ने खतराका बारेमा गाउँका महिलालाई सचेत गराउँछिन्। महिनावारी हुन थालेको २७ बर्षमा अधिकांश समय गोठमा बस्दै आएकी शाही अहिले घरमै सुरक्षित रुपमा बस्न थालेकी हुन्।

स्थानीय तहमा महिनावारी स्वच्छता नीति माग

रावाबेंसी गाउँपालिका–५ दुवेकोलमा क्रियाशील दौतरी शिक्षाकर्मी समूहले महिनावारी स्वच्छता नीति बनाई कार्यान्वयन गर्न माग गरेको छ।

‘दुई रुपैयाँको सिक्का राखेपछि निस्कन्छ स्यानिटरी प्याड’

दुई रुपैयाँको सिक्का राखेपछि उक्त मेसिनबाट प्याड आफैँ निस्कने गर्दछ। मन्त्रालयमा कार्यरत महिला कर्मचारी र काम विशेषले आउने जो कोही महिलाले समेत उक्त प्याड प्रयोग गर्न सक्नेछन्।

महिनावारी नियमित प्रक्रिया हो, विभेद अन्त्य गरौं: मन्त्री मगर

खानेपानी मन्त्री बीना मगरले समतामुलक समाज निर्माणका लागि महिलामाथि हुने सबै किसिमका विभेद र हिंसाको अन्त्य हुनुपर्ने बताएकी छिन्।

छुवाछूत रोक्ने साझा प्रतिबद्धता

तिला गाउँपालिका–६ की सपना बुढा छुवाछूतविरुद्धको अभियान्ता हुन्। उनी महिला महिनावारी हुनेदेखि समाजमा भइरहने छुवाछूतको चर्को विरोध गर्छिन्। महिला महिनावारी (छुई) हुँदा पोषण र आरामको आवश्यक पर्छ।

छाउले पारेको घाउ

घर–घरमा पुजिने देवी, जस्तैः लक्ष्मी, सरस्वती, सीता, दुर्गा पनि पक्कै महिनावारी भए तर उनीहरूलाई किन कहिल्यै घरपरिवार र समाजबाट अलग गरिएन ?

नाटकमा महिनावारी, गोठ, बलात्कार र गर्भपतन

उमेरले पन्ध्र वर्ष टेकेकी टिउकीलाई आमाबुवाको दबाबमा पोल्लो गाउँका पन्ध्र वर्षकै राईदासेसँग पठाइयो। उमेरले दुवै जना किशोरावस्थामा छन्। घरायसी काममा सघाउनु पर्ने भन्दै उमेर नपुग्दै विहे गरिदिए अभिभावकले। उच्च शिक्षा दिनुपर्ने पिरलो आमाबुवामा थियो। दुवै पक्षका अभिभावकले २० वर्ष नपुग्दै विवाह गर्नु गैरकानुनी भएपछि अनौपचारिक रुपमा विवाह गराए।

कलेजमा महिनावारीका २५० दिनको सकस !

‘आहा ! कस्तो राम्रो कलेज बिल्डिङ, गेट पनि दामी, गेट खोल्न–बन्द गर्न सुरक्षा गार्ड पनि राखेको रहेछ, म त यही कलेजमै पढ्छु।’ भर्खरै १२ कक्षा सकेर ब्याचलर कलेज खोज्दै हिँडेकी गंगाले मनमनै अठोट गरिन्। कलेजको कार्यालय छिरिन्, फर्म भरिन्। केही दिनपछि भर्ना हुने निधो गरिन्।

जब प्रियंकाले छात्रालाई महिनावारीबारे शपथ गराइन्... (फाेटाे फिचर)

‘म महिनावारी हुँदा विद्यालय छुटाउदिनँ, महिनावारी भन्न र प्याड प्रयोग गर्न लाज मान्दिनँ’ नायिका प्रियंका कार्कीले आधारभूत निम्न माध्यमिक विद्यालयकी छात्रा नजराना खातुनलाई उच्चारण गर्न लगाइन। धनुषाको भुग्राहास्थित विद्यालयमा आयोजित समारोहमा प्रियंकाले महिनावारी र प्याड प्रयोगबारे जानकारी गराउँदै छात्रालाई सपथकै शैलीमा प्रतिबद्धता गर्न लगाइन। प्रियंका प्याड, झोला, डस्टबिन बोकेर सोमवार धनुषा आएकी थिइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्