१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

असुरक्षित बस्ती नसार्दा जोखिम बढ्यो

केरौंजामा मंगलबार पहिरो गयो। त्यो पहिरोमा तीन जनाको मृत्यु भयो। केही दिन अघि पनि त्यहाँ पहिरो गएको थियो। भूकम्पले छियाछिया केरौंजालगायत बस्तीलाई सुरक्षित ठाउँमा सार्न अघिल्लो बर्खाताका प्राविधिकसहितको टोलीले सिफारिस गरे पनि अहिलेसम्म कार्यान्वयन भएको छैन।

राष्ट्र बैंक ऐन संशोधन विधेयक पारित, वित्तीय सुशासन जोखिममा

काठमाडौं— व्यवस्थापिका संसदको अर्थ समितिले मंगलबार नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक पारित गरेको छ । संस्थागत अनुगमन तथा नियमनमा सम्झौता भई वित्तीय सुशासनमा नकारात्मक असर पर्न सक्ने सम्भावनालाई नजरअन्दाज गर्दै केन्द्रीय बैंकका डेपुटी गभर्नर र कार्यकारी निर्देशकले सेवा निवृत्त भएको तीन वर्षपछि अन्य बैंक, वित्तीय संस्थामा काम गर्न पाउने प्रावधानसहित उक्त विधेयक पारित भएको छ ।

आफूखुसी औषधि छाडे जोखिम

काठमाडौं-चावहिलका ५० वर्षीय भरत न्यौपाने कोलस्ट्रोलसम्बन्धी समस्याले ग्रस्त थिए। उनी मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलको सिफारिसमा औषधि प्रयोग गर्दै थिए । दैनिक १० किमि अनिवार्य हिँड्न थाले।

विमानस्थलको भेलले गाउँ जोखिममा

जब आकाशमा कालो बादल मडारिन थाल्छ, इलाम नगरपालिका–५ की रनमाया तामाङको मुटुले ठाउँ छोडिहाल्छ। भेल आएर कतिबेला घरसँगै बगाएर लैजाला भनेर पिरोलिन्छिन् र बाल–बच्चा, घर–परिवारलाई सचेत गराउँछिन् उनी। भेलले बगाउने भयले पोहोरको बर्खाका रातहरू पनि अनिदै बिते।

जोखिम बढे'नि तान्छ डलरले

सोमबार मारिएका १२ नेपालीमध्ये ११ जना वैध तरिकाले त्यहाँ पुगेका थिए भने एक जना मात्र अवैध रुपमा। यो संयोग मात्र हो, नत्र वैध रुपमा भन्दा दलालको प्रलोभन र आकर्षक तलबको मोहमा अवैध बाटो अपनाएर अफगान पुग्ने नै बढी छन्।

भूकम्प पीडितको मानवअधिकार जोखिममा

राष्ट्रिय मानवअधिकार आयोगले भूकम्पपीडितको आधारभूत मानवअधिकार जोखिममा रहेको निष्कर्ष निकालेको छ। आयोग  सदस्य गोविन्द शर्मा पौड्याल नेतृत्वको उच्चस्तरीय टोलीले गोरखा, धादिङ, नुवाकोट र रसुवामा गरेको अनुगमनपछि पीडितको अवस्था जोखिमपूर्ण रहेको प्रतिवेदन सार्वजनिक गरेको हो।

भूकम्प पीडितको आधारभूत मानव अधिकार जोखिममा

ष्ट्रिय मानव अधिकार आयोगले भूकम्प पीडित नागरिकको आधारभुत मानव अधिकार जोखिममा रहेको प्रतिवेदन सार्वजनिक गरेको छ।

मधुमेहको जोखिम बढ्दो

काठमाडौं- सुस्वादु खानकी र ऐयासी जीवनशैलीका कारण नेपालमा मधुमेहको जोखिम बढ्दै गएको चिकित्सकले -औंल्याएका छन्। विभिन्न स्तरमा भएका अध्ययन र वरिष्ठ चिकित्सकहरुको क्लिनिकल अभ्यास अनुभवका आधारमा नेपालमा मोटोपन मधुमेहको प्रमुख कारण भएको उल्लेख गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्