२ जेष्ठ २०८२ शुक्रबार
image/svg+xml

भाडामा बस्नेले होइन, घरधनीले नै बहालकर तिर्नुपर्छ : प्रमुख राई

नगर प्रमुख हर्कराज राईले जारी गरेको सार्वजनिक अपिलमा नक्सापास, बहालकर र जग्गा संरक्षणमा जोड दिइएको छ।

पोखरा महानगर भन्छः सर्वाेच्चको आदेश अनुसार बुधबारसम्म विद्यालय खोल्न भनेका हौं

शिक्षक आन्दोलनले सामुदायिक विद्यालयको पठनपाठन रोकिएपछि पोखरा महानगरपालिकाले आगामि बुधबारसम्म विद्यालय संचालन गर्न आग्रह गरेको छ। सर्वोच्च अदालतले तीनदिनभित्र विद्यालय संचालन गर्न भनेर सरकारलाई दिएको आदेशको समय मंगलबार सकिने भएकोले बुधबारदेखि विद्यालय संचालन गर्न अनुरोध गरेको महानगरले बताएको छ।

हेटौँडा उपमहानगरपालिका बालमैत्री स्थानीय तह घोषणा

उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले बिहीबार एक कार्यक्रमबीच हेटौँडालाई निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त उपमहानगरपालिका घोषणा गरेका हुन् ।

‘डेभिज फल्स’ ४७ वर्षपछि महानगर मातहत

पोखराको पर्यटकीय गन्तव्य पाताले छाँगो (डेभिज फल्स) कसले संचालन कसले गर्ने भन्ने विवादको टुंगो लागेसँगै पोखरा महानगरपालिकाले छाँगो संचालन गर्न थालेको छ। यसअघि पोखरा उपत्यका नगरविकास समितिको निर्णय अनुसार २०३४ सालदेखि स्थानीय छोरेपाटन माविले छाँगो संचालन गर्दै भएको आम्दानी लिँदै आएको थियो। ४७ वर्षपछि छाँगो पोखरा महानगर मातहत आएको छ।

छिमल्ने निहुँमा पुराना रुखलाई ठुटै पारियो

पोखरा महानगरपालिका–१४ मझेरीपाटनका विभिन्न ठाँउका वर, पिपल र समिका रुख ठुटै पारेर काटिएका छन्। करिब ६०–७० वर्ष पुराना ती रुख काटिएको स्थानीयले बताएका छन्। काटिएका ती रुखमध्ये केहीमा चौतारा पनि थिए।

नगरको शिक्षा नीति नमान्ने निजी विद्यालयमाथि कारबाही हुने

नगरपालिकाको शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन गर्न बसेको दुईपक्षीय बैठकमा निजी विद्यालयहरुले सहमति गरे पनि अझै कार्यान्वयन नगरेकाले कारबाहीको दायरामा ल्याउन बाध्य भएको चेतावनी दिइएको छ ।

भक्तपुर महोत्सव २०८१ को तयारी पूरा, कहाँ के-के हुँदैछ ?

पाँंच दिनसम्म हुने भक्तपुर महोत्सवसम्बन्धी सम्पूर्ण गतिविधिहरु लगभग तयार भइसकेको जनाएको छ । यसअनुसार सास्कृतिक कार्यक्रम अन्तर्गत २३ विभिन्न विधाका नाचहरुमा ६३ समूहले भाग लिनेछन् ।

कोदोखेतीले धानेको खोरियागाउँ

‘बाउबाजेदेखि यही कोदो रोप्दै आएका छौँ। अन्य बालीका लागि सिँचाइको सुविधा छैन। पिउने पानी त नभएर छ महिना समस्या हुन्छ’, स्थानीय हर्कबहादुर परियारले भने, ‘जेजति उब्जनी हुन्छ यही कोदोको जोहो गर्नुपर्ने बाध्यता छ।’

प्राङ्गारिक मल तथा बायोग्यास उद्योग: करोडौँ लगानी, उपलब्धि शून्य

प्रतिघण्टा एक हजार केजी मल उत्पादन गर्न सकिने क्षमताको प्राङ्गारिक मल उद्योग तथा गोबरग्यास उत्पादन गर्ने र त्यसलाई सिएनजी ग्याँसमा परिवर्तन गरेर एलपी ग्याँसकै रुपमा सिलिण्डर भरेर उपभोक्तालाई वितरण गर्नेगरी स्थापना गरिएको बायोग्याँस प्लान्ट अहिले अलपत्र छ।

दयनीय अवस्थामा गोरखकाली रबर उद्योग: दशौँ वर्षदेखि बाँदर र स्यालको रजाइँ

२०४१ साल जेठ ३० गते उद्योग विभागमा दर्ता भएर २०४२ सालमा तत्कालिन राजा वीरेन्द्रले शिलन्यास गरेको गोरखा नगरपालिका वडा नं १३ मझुवामा रहेको गोरखकाली रबर उद्योग लिमिटेडको आफ्नै कथा छ।

बृहत्तर जनकपुरमा चुलिँदै विवाद, खुम्चिँदै प्रतिष्ठा

परिषद् ऐन २०५५ को दफा ६ अनुसार संस्थाको सर्वोच्च निकायका रूपमा सञ्चालक परिषद् र अध्यक्ष छन्। परिषद्लाई सहयोग गर्न सचिवालय र कर्मचारी छन्। तर यी दुवै तहबीच हाल सामान्य सहकार्यको अवस्था पनि छैन।

पोखरा महानगरको राजश्वबारे लेखा समितिले अध्ययन थाल्यो

पोखरा महानगरपालिकाको सार्वजनिक लेखा समितिले पोखरा महानगरपालिकाले गुमाएको राजश्वबारे अध्ययन गर्न उप–समिति बनाएको छ।

विवादित छविका अधिकृत ठाकुरको मुद्दामा अदालतले दिएन अन्तरिम आदेश

बुधवार इजलास नम्बर ३ मा न्यायधिश महेन्द्रनाथ उपाध्याय र किरणकुमार पोखरेलको संयुक्त इजलासले उनको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

पोखराः विद्यार्थी खाजामा महानगरको १० रुपैयाँ थप

पोखरा महानगरपालिकाले महानगर भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खाजा खर्च वापत प्रति दिन १० रुपैयाँ थप्ने भएको छ। महानगरले संघ सरकारले प्रति दिन १५ रुपैयाँ दिने गरेकोमा त्यसमा १० रुपैयाँ थपिदिने भन्दै त्यसका लागि ४ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

ग्लोबल आइएमई र बडीमालिका नगरपालिकाबीच सम्झौता

ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबीच उद्यमशीलता र स्वरोजगारी प्रवद्र्धन गर्न पालिकाभित्रका उद्यमीलाई सरल रूपमा कर्जा प्रवाह गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्