१० मंसिर २०८१ सोमबार
image/svg+xml

सांस्कृतिक सहरको अाधुनिक सपना

६ किमी हाराहारी क्षेत्रफलमा फैलिएको सिंगो भित्री सहर। सहर छिर्नेवित्तिकै भेटिन्छ, मौलिकता कला संंस्कृति । दुई तलेसम्मका एकैनासे घर। प्रत्येक घरको छानोमा झिंगटी र बाहिरपट्टि कलात्मक काठ र इँटा। चोकचोकमा नेवार समुदायको संस्कृति र रहनसहन झल्कने कलाहरू।

ख्वप सांस्कृतिक साँझ हुने

ख्वप मिडिया सर्कल भक्तपुरले ख्वप सांस्कृतिक साँझ गर्ने भएको छ । सर्कलका अध्यक्ष राजु मानन्धरले कला र कलाकारको संरक्षण र प्रवर्द्धन गर्न असार २ गते साँझ गर्न लागेको जनाए । साँझमा वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठलगायतले गीत गाउने कार्यक्रम रहेको छ ।

'सांस्कृतिक पक्षले आकर्षित गर्‍यौ'

ब्रिटिस सांसद विरेन्द्र शर्माले नेपालको धार्मिक सहिष्णुताको प्रसंशा गरेका छन्। संघीय संसदको निमन्त्रणामा नेपाल भ्रमणमा आएको ब्रिटिस संसदीय प्रतिनिधिमण्डलको टोलीका सदस्य शर्माले मंगलबार बिहान चन्द्रेश्वर महादेवमा पूजापाठ पछि यहाँको सांस्कृतिक पक्षले आफुलाई आकर्षित गरेको बताए।

जनकपुरका ‘सांस्कृतिक मियो’

केही वर्षयता ‘गंगा आरती’ र ‘स्वर्गद्वार’ले जनकपुर नगरको इज्जत जोगाइदिएको छ । हरेक दिन कम्तीमा दुई–तीन वटा शव जलाइने गंगासागर पोखरीस्थित ‘स्वर्गद्वार’ अचेल फेरिएको छ । उक्त स्थानको व्यवस्थापन र सौन्दर्यीकरणले जोकोहीलाई आकर्षित गर्छ।

नर्थ क्यारोलाइनामा साँस्कृतिक झाँकीसहित दोस्रो नेपाल दिवस मनाइयो

अमेरिकाको नर्थ क्यारोलाइना राज्यस्थित मोरिसभिल सहरमा अप्रिल २१, २०१८ का दिन नेपाल दिवस भव्य कार्यक्रमका साथ सम्पन्न भएको छ।

आर्थिक–सांस्कृतिक न्याय

२०७२ सालमा प्रधानमन्त्री भएसँगै केपी ओलीले ‘समृद्ध नेपाल, खुसी नेपाली’को नारा अघिसारे। राजनीतिक व्यवस्थाको परिवर्तनसँगै बढ्दो विकासको तीव्र जनआकांक्षाबीच आएकोनारा लोकप्रिय पनि बन्यो। फेरि प्रधानमन्त्री बनेका ओलीले ‘स्थायित्व, विकास र समृद्धि’को नारा अगाडि सारेका छन्।

दिक्तेलमा मुन्धुमी साँस्कृतिक विमर्श

खोटाङमा किराती मुन्धुमको विषयमा प्राज्ञिक बहसको आयोजना गरिएको छ। किराती इतिहास, संस्कृति, दर्शन, भाषा लगायतका विषयका बहसलाई घनिभूत र तथ्यपरक बनाउनका लागि किरात राई साँस्कृतिक कलाकार संघ केन्द्रीय समितिको आयोजनामा शनिबार दिक्तेलमा मुन्धुम साँस्कृतिक विमर्श गरिएको हो।

नवौँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला फागुनमा

एभरेष्ट नेपाल सांस्कृतिक समूहले नेपालको संस्कृतिलाई विश्वमाझ चिनाउन आगामी फागुनको तेस्रो सातादेखि नवौँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला गर्ने भएको छ।

पहिचानको राजनीति सामाजिक सांस्कृतिक क्षेत्रमा फैलँदै

सरल रूपमा भन्नु पर्दा पहिचान भनेको समानता र भिन्नता हो अर्थात् हामी र अरूबीच फरकको कुरा हो । यो रातारात बन्दैन । यो समयको कसीमा घोटिएर बाक्लिन्छ । यो मानव संसार सुन्दर, रमाइलो र मान्छेको अस्तित्वको निरन्तरता यही भिन्नताले सम्भव भएको हो ।

सोनाम ल्होछारको अवसरमा वृहत सांस्कृतिक कार्यक्रम हुने

नुवाकोटको विदुर नगरपालीका – ९ कोलनीमा बृहत सोनाम ल्होछार सांस्कृतिक कार्यक्रम हुने भएको छ। ‘सोनाम ल्होछारको प्रबद्र्धन हाम्रो सांस्कृतिक अभियान, ताम्सालिङ प्रदेशको स्थापना राष्ट्रको साझा पहिचान’ भन्ने मुल नाराको साथ साथ कार्यक्रम गर्न लागिएको हो।

अभियानको सांस्कृतिक घोषणापत्र

झन्डै तीन दशक बितिसक्यो, अझै देशमा नेपालीले चाहेको एउटा निर्दिष्ट राजनीतिक परिपाटीले संस्थागत रूप लिन सकिरहेको छैन । आधुनिक नेपालका निर्माताले यस महाद्वीपका साझा परम्परा संरक्षणको अभियानसहितको साझा संस्कृतिले सुसज्जित यस सिंगो हिमाच्छादित पवित्र राष्ट्र निर्माणको महान् योजनालाई यो अवधिभन्दा कम समयभित्रै हजारौँ स्थानीय परम्परा विरोधी बाह्य शत्रुको नाश गर्दै सफल बनाएका थिए ।

‘महान् सांस्कृतिक सुधारक’

किरात धर्म तथा साहित्य उत्थान संघका संस्थापक महासचिव डा. चन्द्रकुमार सेर्मा मुन्धुमविद्–ज्योतिर्विद् हुन् । ‘किरात ज्योतिष: एक अध्ययन’ शीर्षकमा विद्यावारिधि गरेका सेर्मा मुन्धुम दर्शन र अध्यात्म ज्ञानका अध्येता हुन् । महागुरु फाल्गुनन्दलाई राष्ट्रिय विभूतिको सम्मान दिलाउन लागिपर्ने उनीसँग फाल्गुनन्दको १३३ औँ जन्मजयन्तीका सन्दर्भमा नागरिककर्मी हिमाल लम्सालले गरेको कुराकानी:

सांस्कृतिक सामन्तवाद र त्यसका असर

स्थायी सत्ताले दरवार र धर्म छाडेर 'कम्युनिस्ट' सँग राप्रपाले गरेको तालमेल पचाएन भने 'राष्ट्रवाद' को असली प्रतिनिधि एमालेलाई नै ठहर्‍यायो। माओवादी र कांग्रेस तालमेललाई अवसरवादी र अप्राकृतिक तालमेल भन्ने बुझ्यो।

कीर्तिपुरलाई सांस्कृतिक नगर बनाउने प्रतिबद्धता

कीर्तिपुर नगरपालिकालाई सांस्कृतिक नगर बनाउने कीर्तिपुरका सबैजसो मेयरका उम्मेदवारले प्रतिबद्धता व्यक्त गरेका छन्। नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार रमेश महर्जनले नेवार जातिको दाफा संस्कृतिलाई संरक्षण गर्न विशेष कोष बनाउने प्रतिबद्धता जनाएका छन्। उनले भने, ‘दाफा बाजाका बारेमा सैद्धान्तिक र प्रयोगात्मक ज्ञानगुन आर्जन गर्न यस विषयलाई विद्यालयको पाठ्यक्रममा नै समावेश गर्ने सोचअनुरुप काम गर्नेछु।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्