१२ मंसिर २०८१ बुधबार
image/svg+xml

बोक्सी आरोपमा अझै मारिँदैछन् नारी

दाङको दंगिशरण गाउँपालिका ३ की टंकी रावत बिरामी परिरहन्थिन्। औषधिमूलो गर्दा समेत बिसेक नभएपछि उनी रोग निको पार्न धामीकहाँ पुगिन्। धामीले टंकीलाई बोक्सी लागेको र उनकै सासू बोक्सी भएको बताइदिए।

पुलका खाँबा हेर्दै नदीमा हेलिँदाको आधा दशक

चालक गाडी चलाइरहेका हुन्छन् तर, तिनका मुटुले ठाउँ छोडिसकेको हुन्छ। गाडीमा सवार यात्रुको होश ठेगानमा हुँदैन। चालकले सकी नसकी गाडीको स्टेयरिङ चलाइरहेको देख्नेहरुका मनमा प्रश्न उब्जन्छ, “चालकले गाडी चलाइरहेका छन् कि नदी?”

दाङमा शनिबार पनि कार्यालय खोलेर सेवा दिइने

आगामी भदौ महिनादेखि शनिबार पनि दाङ जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाह गर्ने तयारी गरेको छ । प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले व्यस्त दैनिकी भएका नागरिकको सेवालाईमध्यनजर गर्दै शनिबार पनि कार्यालय खोलेर सेवा दिने तयारी गरेको जानकारी दिए।

दाङमा ठेकेदारलाई राज्यले तिर्नुपर्ने रकम ५० करोड

घोराहीका निर्माण व्यवसायी पदमराज शर्माले घोराही बजारमा चार लेन सडक र घोराही–लमही सडक खण्डको कटुवा खोलामा पुल निर्माणका दुई ठेक्का लिए । दुवै योजना निर्माणाधीन छन् ।

दाङमा बस दुर्घटना हुँदा १ को मृत्यु, ३२ घाइते

दाङमा शुक्रबार विहान रात्रीबस दुर्घटना हुुँदा एकजनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्।

रोकिएन पश्चिम दाङको झाडापखाला, बिरामी संख्या १२ सय पुग्यो

शनिबारदेखि पश्चिम दाङमा फैलिएको झाडापखालाका कारण बिरामी हुनेको संख्या बाह्र सय पुगेको छ। शान्तिनगर गाउँपालिकाको पातेटाकुरामा फैलिएको झाडापखालाका कारण आइतबार बेलुकासम्म बिरामी हुनेको संख्या एघार सय ७३ पुगेको शान्तिगर स्वास्थ्य चौकीका प्रमुख हरि पुनले जानकारी दिए। सिंगो गावैँभरी फैलिएको झाडा पखालाका कारण मानवीय क्षेतीभने भएको छैन। ‘बिरामीहरु थपिने क्रम अधिक छ’, उनले भने, ‘तर मानवीय क्षेती भने अहिलेसम्म भएको छैन।’

दाङमा दुर्घटना हुँदा दुई बालकको मृत्यु

दाङको राप्ती गाउँपालिका वडा नं २ को लालमटियामा पूर्वबाट पश्चिमतर्फ गइरहेको लु१ख ९५०६ नंको ट्रकको ठक्करबाट आज बिहान एक बालकको मृत्यु भएको छ।

दाङ देउखुरीमा ‘प्रभुको राज्य'

लमही बजारको छेउमा चारतले ठूलो घर छ । डेढ महिनाअघि यसै घरमा ठूलो बोर्ड झुण्ड्याएर घोषणा गरियो ‘प्रभुको राज्य’ । बोर्डमा लेखिएको थियो ‘यहोवा (परमेश्वर)’को राज्य । बाइबल अध्ययनकर्ताका अनुसार ‘यहोवा’ भनेको परमेश्वर हो ।

दाङमा १५ जना औलो रोगका बिरामी फेला

दाङमा नौ महिनाको अवधिमा १५ जना औलोरोगका बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

दाङको बन्द खुल्यो

पाँच नम्बर प्रदेशको राजधानी रुपन्देही तोकिएको बिरोधमा दाङमा हुँदै आएको बन्द खुलेको छ। शनिवार बेलुका बसेको विभिन्न राजनीतिक दल सम्मिलित संघर्ष समितिको बैठकले बन्द हड्तालका कार्यक्रम स्थगित गरेको हो।

दाङ चौथो दिन पनि ठप्प

राजधानी माग गर्दै यहाँ भैरहेको आन्दोलनको चौथो दिन शनिवार पनि दाङ पूर्ण रुपमा बन्द रह्यो। शनिवार पनि यातायातका साधनहरु चल्न पाएनन्। बजार उद्योग धन्दा समेत ठप्प पारिए। देउखुरीको लमहीमा गरिएको आन्दोलनका कारण महेन्द्रराजमार्ग अवरुद्ध हुँदा लामो यात्रामा निस्केका यात्रुहरुको विचल्ली भएको छ। आन्दोलनकारीहरुले राजमार्ग अवरुद्ध गर्दा सैयौँ सवारी साधन बाटोमै रोकिएका छन्।

दाङमा देउवा, महरा र पोखरेलको पुत्ला जलाईयो

पाँच नम्बर प्रदेशको माग गर्दै शुक्रबार दाङमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी नेता तथा दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधीसभा सदस्य कृष्णवहादुर महरा र दाङ क्षेत्र नम्बर २ प्रदेशसभा १ बाट निर्वाचित एमाले नेता शंकर पोखरेलको पुत्ला जलार्ईएको छ।

आमहड्तालको तेस्रो दिन पनि दाङ पुरै ठप्प

प्रादेशिक राजधानी माग गर्दै गरिएको अनिश्चितकालीन आमहड्तालको तेस्रो दिन पनि दाङको जनजीवन प्रभावित बनेको छ।

दाङको बन्द झनै कडा

पाँच नम्बर प्रदेशको अस्थायी मुकाम रुपन्देही तोकिएपछि दाङमा आन्दोलन झनै कडा बनेको छ । बिहिबार पनि बिहानै देखि दाङ ठप्प पारिएको छ । बन्दका कारण यातायातका साधन, शिक्षण संस्था, उद्योगधन्दा बजार समेत पूर्णरुपमा ठप्प भएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्