५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

भाइरल ज्वरोले बालबालिका बिरामी पर्न थालेपछि विद्यालय बन्द

जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकाका बालबालिकालाई भाइरल ज्वरो र रुघाखोकी लाग्न थालेपछि धमाधम विद्यालय बन्द गर्न थालिएका छन्।

चिल्खायामा पनि फैलियो मौसमी भाइरल ज्वरो

कालिकोट तिलागुफा–१० रुडुगाउमा फैलिएको मौसमी भाइरल ज्वरो छिमेकी वडा चिल्खायामा पनि फैलिएको छ।

कनकासुन्दरीको देयारपाटामा भाइरल ज्वरोको संक्रमण, १ महिलाको मृत्यु

जुम्लाको कनकासुन्दरी गाउँपालिका-७ देयारपाटामा केही दिनदेखि फैलिएको भाइरल ज्वरोबाट १ जना महिलाको मृत्यु भएको छ भने ५३ जना विरामी परेका छन्। ज्वरोका कारण मृत्यु हुनेमा सोही गाउँपालिका-७ देयारपाटा गाउँकी ६१ वर्षीय दिपु उपाध्याय रहेकी छिन्।

बैतडीमा भाइरल ज्वरोको प्रकोप

वर्षाका कारण पानी दूषित हुँदा बिरामीको चाप बढेको हो। वर्षातको समयमा पानीका मुहान दूषित हुने भएकाले पानी शुद्धीकरण गरेर मात्रै प्रयोग गर्न तथा पानी उमालेर पिउन डा. श्रेष्ठको आग्रह थियो। पछिल्लो समयमा जिल्लामा भाइरल ज्वरो मात्रै नभएर टाइफाइड, स्क्रब टाइफस, कोरोनाका बिरामीहरुसमेत फेला पर्न थालेका छन्।

बैतडीमा बढे भाइरल ज्वरो र रुघाखोकीका बिरामी

जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा हाल भाइरल ज्वरोका बिरामी धेरै आउने गरेका छन्। जिल्ला अस्पताल बैतडीमा दैनिक एक सयको हाराहारीमा बिरामी उपचारको लागि आउने गरेका छन्।

ज्वरोको बिरामी बढेसँगै पठनपाठनमा समस्या

दाङमा भाइरल ज्वरोका बिरामी ह्वात्तै बढेका छन्। भाइरल ज्वरोका कारण विद्यालयको पठनपाठन प्रभावित बनेको छ।

तनहुँमा भाइरल ज्वरोका बिरामी बढे

तनहुँको सदरमुकाम दमौलीस्थित दमौली अस्पतालमा भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन्। अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये करिब १५ प्रतिशत भाइरल ज्वरोका बिरामी रहेको सो अस्पतालले जनाएको छ। अहिले दैनिक अस्पतालमा २०० देखि २५० जनासम्म अस्पतालमा आउने गरेका छन्।

मौसम परिवर्तनको असरः भाइरल ज्वरोका बिरामी बढ्दो

मौसममा आएको परिवर्तनका कारण ज्वरोका बिरामी बढ्दै गएका छन्, यो बेला सरसफाइ र खानपानमा विशेष ध्यान दिनुपर्छ।' मौसममा आएको परिवर्तनका कारण हाल दैनिक ३० जनासम्म ज्वरो रुघाखोकीका बिरामी स्वास्थ्य संस्थामा आउने गरेका श्रीकोट स्वास्थ्य चौकीका इञ्चार्ज वीरसिंह भाटले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्