हिमपहिरोमा हराएका चिनियाँ पर्यटकको शव भेटियो
अन्नपूर्ण आधारशिविर (एबिसी)बाट पोखरा फर्किदै गर्दा हिमपहिरोमा परि बेपत्ता भएका एकजना चिनियाँ पर्यटकको शव फेला परेको छ। सशस्त्र प्रहरीले ती पर्यटकको शव फेला पारेको हो।
अन्नपूर्ण आधारशिविर (एबिसी)बाट पोखरा फर्किदै गर्दा हिमपहिरोमा परि बेपत्ता भएका एकजना चिनियाँ पर्यटकको शव फेला परेको छ। सशस्त्र प्रहरीले ती पर्यटकको शव फेला पारेको हो।
पर्यटनको राजधानी बनेसँगै पोखरा क्षेत्रको विकास निर्माणको ढोका खुल्ने, अपुरा पुर्वाधारले पूर्णता पाउने र पर्याप्त लगानी भित्रिने व्यावसायीको अपेक्षा थियो। पोखराको पर्यटन क्षेत्र २४ सै घण्टा खुल्ने, पोखरा क्षेत्रमा पूर्वाधार निर्माणका लागि सरकारले बजेटमा प्राथमिकता दिने, पोखरा आएका पर्यटकको बसाई अवधि र खर्च गर्ने क्षमता बढ्ने भन्दै व्यावसायी निकै हौसिएका थिए।
अघिल्लो सिजन (सेप्टेम्बर–नोभेम्बर) कमजोर तरिकाले गुजारेको पर्यटन क्षेत्रमा यतिबेला भने केही सुधार देखिएको व्यावसायीले बताएका छन्। मार्च– जुनसम्मको समयलाई पर्यटन व्यावसायीले विदेशी पर्यटक भित्रिने सिजन मान्छन्। यो समयमा पदयात्राका लागि विदेशी पर्यटक नेपाल आउने भएकोले व्यावसायीले महत्व दिन्छन्। लामो समयसम्म चल्ने भएकोले यो सिजन महत्वपूर्ण रहेको उनीहरुको भनाई छ।
अघिल्लो सिजन (सेप्टेम्बर–नोभेम्बर) मा पाहुनाको आगमन नहुँदा व्यावसायी निरास थिए। तर, वर्षको पहिलो सिजनको मुखैमा रहेका व्यावसायी आगामि सिजनमा अघिल्लो पटकको तुलनामा बढी संख्यामा विदेशी पर्यटक भित्रिनेमा आशावादी छन्।
सन् २०२५ मा स्वदेशी र विदेशी गरि २० लाख पर्यटक पोखरा भित्र्याउने लक्ष्य सहित ‘पोखरा भ्रमण वर्ष २०२५’ को शनिबार विधिवत् घोषणा गरिएको छ।
पोखरामा स्वदेशी र विदेशी गरि सन् २०२५ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित ‘पोखरा भ्रमण वर्ष २०२५’ को घोषणा तयारीमा जुटेको पोखरा महानगरपालिकाले पर्यटक भित्र्याउनका लागि योजना सार्वजनिक गरेको छ। त्यसका लागि पोखरामा राष्ट्रियस्तरका विभिन्न प्रतियोगिता तथा समिट गर्ने तथा २०२५ भित्रै पर्यटन क्षेत्रलाई लक्षित गरी ‘टुरिजम ईन्भेष्मेन्ट समिट’ को समेत आयोजना गर्ने महानगरले बताएको छ।
पर्यटकीय राजधानी पोखराको सडकमा यतिबेला फोहोरको डंगुर देख्न सकिन्छ। नियमित रुपमा फोहोर व्यवस्थापन गरिरहेको ठाउँमा स्थानीयको अवरोध भएपछि केहीदिनदेखि पोखरा सहरको फोहोर उठेको छैन। पर्यटकीय सहर पोखराको मुख्य र भित्री सडकको चोकचोकमा यतिबेला फोहोरको थुप्रो लागेको छ। चोकचोकमा फोहोरको थुप्रो थपिँदै जाँदा यहाँ दूर्गन्ध फैलिन थालेको छ।
२० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित ‘पोखरा भ्रमण वर्ष २०२५’ को घोषणा तयारी थालिएको छ। आन्तरिक र बाह्य गरि सन् २०२५ मा २० लाख पर्यटक भित्र्याउने र पोखरामा पाहुनाको आकर्षण थप्नका लागि विभिन्न प्याकेज पनि दिने तयारी गरेको पोखरा महानगरपालिकाले बताएको छ।
सन् २०२५ को पहिलो महिना जनवरीमा विदेशी पाहुनाको आगमनमा सामान्य मात्र सुधार देखिएको छ। सन् २०२४ को जनवरीको तुलनामा यो पटक विदेशी पर्यटकको आगमनमा १ प्रतिशत मात्र वृद्धि देखिएको पर्यटन बोर्डले बताएको छ।
नेपालको पर्यटन क्षेत्रले चिनियाँ पर्यटनबाट धेरै नै अपेक्षा गरेको छ। तर, कोरोना भाइरस संक्रमण सुरु भएपछि चिनियाँ पाहुनाको आगमन बढी नै प्रभावित भएको थियो। कोरोना त्रासले ओरालो लागेको चिनियाँको आगमन उकासिने क्रममा सन् २०२४ मा बल्ल नौ प्रतिशतमा उक्लेको छ। ‘भर्खरै मात्र चीन सरकारले सन् २०२५ लाई ‘नेपाल भ्रमण वर्ष’ घोषणा गरेको छ। अब भने यो वर्ष चिनियाँ पाहुना आउनेमा आशावादी हुन सकिन्छ।
सन् २००९ मै नेपाल भित्रिएका मध्ये ४० प्रतिशत पर्यटक पोखरा भित्रिएको तथ्यांक रहेकोमा सन् २०२५ लागिसक्दा त्यो वृद्धि बढीमा ४५ प्रतिशत मात्र पुगेको व्यावसायीको भनाई छ। त्यसको अर्थ डेढदशक अवधिमा पोखरामा विदेशी पाहुनाको आगमनमा ५ प्रतिशत मात्र सुधार भएको उनीहरुको भनाई छ।
विश्वभरका होटल र पर्यटकीय गन्तव्यबारे जानकारी दिने साईट ‘ट्रिप एडभाइजर’ ले सन् २०२५ का उत्कृष्ट गन्तव्यको सूँचीमा नेपालको काठमाडौंलाई समेटेको छ। त्यस्तै पर्यटकले घुम्नैपर्ने सांस्कृतिक गन्तव्यमा पनि काठमाडौंलाई पारेको छ भने एकल (सोलो) पर्यटकको रोजाइको उत्कृष्ट गन्तव्यको सूँचीमा पनि काठमाडौं परेको छ।
नेपाल भित्रिएका पर्यटकमध्ये सार्क मुलुकका सदस्य राष्ट्रबाट भित्रिएका पर्यटकको मात्र हिस्सा ३६ प्रतिशत रहेको छ। वर्षभरि भित्रिएका विदेशी पाहुनामध्ये झन्डै ५६ प्रतिशत पाहुना त एशियाली मुलकका मात्र छन।
मुख्य सिजन पाहुनाको कम आगमनमै गुजारेका पर्यटन व्यावसायीले पछिल्लो केहीदिनदेखि थोरै भएपनि राहतको सास फेर्न पाएको महसुस गरेका छन्। व्यावसायीलाई अफसिजनको यो बेला राहतको सास फेराउने माध्यम बनेका छन यहाँ आयोजित विभिन्न मेलामहोत्सव, जसले पोखरामा स्वदेशी र केही विदेही पाहुनालाई आकर्षण गरेका छन। केही पुराना र कतिपय नयाँ यी कार्यक्रमका कारण आन्तरिक पाहुना पोखरामा बढी भित्रिएको व्यावसायीको भनाई छ।
भैरहवामा भईरहेका अन्तर्राष्ट्रिय उडान एकमहिनामै रोकिएपछि त्यसको असर आन्तरिक उडानमा पनि परिसकेको छ। अहिले पोखरा–भैरहवा उडान गरिरहेका आन्तरिक हवाई कम्पनिले उडान संख्या कटौती गरिसकेका छन्। बुद्ध एयरले उडान कटौती गरेर एउटामा झारेको छ भने यतीले उडान नै रोकेको छ। त्यत्ति मात्र नभई भैरहवा हुँदै विदेशी पर्यटक पोखरा भित्रिने अपेक्षा गरेका पोखराका पर्यटन व्यावसायी भैरहवासम्मका अन्तर्राष्ट्रिय उडान कटौती भएपछि निराश बनेका छन्।