१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml

पर्यटकलाई आकर्षित गराउँदै दगामका ‘होमस्टे’

आफूहरूले घरबासलाई दगाम सामुदायिक होमस्टे नामाकरण गरेको जनाउँदै उनले विसं २०६५ स्याङ्जाको शिरुबारी गाउँ अवलोकनपछि दगाममा घरबास कार्यक्रम सुरुआत गरेको अनुभव सुनाए।

गुठीचौरका होमस्टेमा रमाउँदै पर्यटक

जुम्लाको गुठीचौर गाउँपालिकामा ५३ होमस्टे छन। गुठीचौर गाउँपालिका वडा नम्बर १ कोल्ते र चोत्रा गाउँमा जुम्ला सदरमुकाम खलंगा हुँदै डोल्पा जाने आन्तरिक तथा बाह्य पर्यटकलाई मध्ये नजर गर्दै होमस्टे सञ्चालनमा ल्याइएको हो।

हिमाल चढ्न गएका होमस्टे व्यवसायीको निधन

होमस्टे एसोसिएसन १ नम्बर प्रदेशका उपाध्यक्ष तथा सूर्योदय नगरपालिकाको श्रीअन्तुस्थित मेची माध्यमिक विद्यालयका प्रधानाध्यापकसमेत रहेका धरणी घिमिरेको मकालु बेसक्याममै निधन भएको हो।

डोटीमा 'मगर गाउँ होमस्टे' को तयारी

डोटीको दक्षिणी भूभागमा रहेको बडिकेदार गाउँपालिकाका मगर समुदाय होमस्टेको तयारीमा जुटेका छन्।

तंग्रिन खोज्दै होमस्टे

कोरोना त्रासले झन्डै नौ महिनासम्म सुनसान बनेका होमस्टे यतिबेला पाहुना पाउँदा तंग्रिने प्रयासमा छन्। त्यसको उदाहरण हो, लम्जुङको घलेगाउँ होमस्टे। यो होमस्टेले मंसिरदेखि पाहुना स्वागत गर्न थालेको छ। पाहुना आउन थालेसँगै स्थानीयले आम्दानी पनि गर्न पाएका छन्।

तंग्रिन खोज्दै होमस्टे

आन्तरिक पाहुनालाई सत्कार गरेर कमाइ गरेका होमस्टे कोरोनाको कारणले गरिएको लकडाउनसँगै सुनसान बनेका थिए । तर संक्रमण कम हुँदै गएपछि गत मंसिरदेखि होमस्टेले पाहुना राख्न थालेका छन् ।

पाठ्यक्रममा लेप्चादेखि होमस्टेसम्म

भौतिक र सामाजिक विकासमा नवीन अवधारणा अवलम्बन गरिरहेको सूर्याेदय नगरपालिका शिक्षा क्षेत्रको गतिविधिमा एक खुट्किलो उक्लिएको छ। नगरले विद्यालयको आधारभूत तहका लागि स्थानीय लोपोन्मुख समुदायको संस्कृतिदेखि होमस्टेसम्म समेटिएको पाठ्यक्रम तयार गरेको छ।

लिगलिगकोटको होमस्टेः पाहुनालाई छुट्टै घर

लिगलिग पुग्ने पर्यटकले कहाँ बस्ने, के खाने भन्ने चिन्ता अब लिनु पर्दैन। गाउँमा आएका पर्यटकलाई सुरक्षित रुपमा राख्न, सँगै भान्सामा पाकेको खानेकुरा खुवाउन पालुङटार नगरपालिका वडा नम्बर २ खोल्लीका स्थानीयले शनिवारदेखि हामेस्टे सुरु गरेका छन्।

उकालीपानीमा होमस्टे सम्भाव्यता अध्ययन

ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं. ५ उकालीपानीमा होमस्टे (घरबास) सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न थालिएको छ।

हलेसीको माथिल्लो माल्खुमा होमस्टे

जिल्लाको त्रि–धार्मिकस्थल हलेसीमा पहिलोपल्ट होमस्टे सञ्चालनमा ल्याइएको छ। स्वदेश तथा विदेशबाट आउने पर्यटकलाई लक्ष्य गर्दै हलेसी तुवाचुङ नगरपालिका–७, महादेवस्थानको माथिल्लो माल्खुका युवा सुविन्द्र गिरीले होमस्टे सुरु गरेका हुन्।

हलेसीको माथिल्लो माल्खुमा होमस्टे

खोटाङको त्रि–धार्मिकस्थल हलेसीमा पहिलोपल्ट होमस्टे सञ्चालनमा ल्याइएको छ । स्वदेश तथा विदेशबाट हलेसी आउने पर्यटकलाई लक्ष्यीत गर्दै हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको माथिल्लो माल्खुका युवा सुविन्द्र गिरीले होमस्टे सुरु गरेका हुन् ।

अन्तुका होमस्टे साउनभर नखुल्ने

होमस्टे एसोसिएसन नेपालले देशभरका होमस्टेको सेवा पुनः चालू गर्न आग्रह गरेपनि इलामका व्यवसायीले साउनभर होमस्टे सञ्चालन नगर्ने भएका छन् । जिल्लामै धेरै होमस्टे रहेको अन्तु–समालबुङ क्षेत्रका व्यवसायी तथा सरोकारवालाको बुधबारको बैठकले होमस्टे तत्काल नखुलाउने निर्णय गरेको हो ।

चार महिनापछि अन्तुका होमस्टे खुल्दै

जिल्लाका होमस्टे चार महिनाको लकडाउनपछि खुल्ने भएका छन्। इलाम घुम्न आउने पाहुनाले आउँदो १५ गतेदेखि होमस्टेमा पुनः सेवा पाउने भएका हुन्।

घलेगाउँ

घलेगाउँमा २०५६ साल चैत २० गतेदेखि होमस्टे सुविधासहित ग्रामीण पर्यटनको अभ्यास गरिएको हो। १२ घरबाट होमस्टे शुभारम्भ गरिएकामा अचेल ४० घरमा होमस्टे गराइन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्