२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

अब पाठेघर मुख क्यान्सरविरुद्ध खोप नियमित

चालु आर्थिक वर्षमा पुरै किशोरीलाई समेट्न नसकेको पाठेघर मुखको क्यान्सरविरुद्धको खोप (एचपिपिभी) आगामी आर्थिक वर्षदेखि नियमित हुने भएको छ।

वेदेशिक रोजगारीमा ठगीका घटना बढेसँगै सचेत रहन सरकारको आग्रह

वैदेशिक रोजगारीका क्रममा विभिन्न देशको अवसर देखाउँदै ठगी गर्ने क्रम बढेपछि सचेत रहन सरकारले सबैमा आग्रह गरेको छ।

मूलपानी रंगशालाको डिपिआर प्रस्तुत

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले निर्माणाधीन मूलपानी क्रिकेट रंगशालाको युवा तथा खेलकुद मन्त्रालयसमक्ष सोमबार विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) प्रस्तुत गरेको छ।

फेरि आयो डेंगी

नेपालका विभिन्न जिल्लामा डेंगी संक्रमित फेला परेका छन्। डेंगीबाट बच्न सबै सचेत हुनुपर्ने बेला आएको विज्ञहरूले औंल्याएका छन्।

हिरासत छल्न अस्पताल भर्ना हुने परिपाटी रोक्न गृहको ३ बुँदे निर्देशन

गृह मन्त्रालयले अनुसन्धान तथा अभियोजनका लागि पक्राउ परेका व्यक्ति हिरासत छल्न अस्पताल भर्ना हुने परिपाटी रोक्न ३ बुँदे निर्देशन जारी गरेको छ।

खेलकुद ऐन संशोधनका लागि सुझाव माग

युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ संशोधनका लागि छलफल र सुझाव संकलन प्रक्रिया अगाडि बढाएको छ।

झापामा हात्तीपाइलेको औषधी खाएपछि एक वृद्धाको मृत्यु

जिल्लाको भद्रपुर नगरपालिका-१ का ६५ वर्षीया महिलाको हात्तीपाइले विरुद्धको औषधी सेवन गरेपछि स्वास्थ्यमा समस्या आएको थियाे। बिहीबार उनलाई अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

गोरखकाली रबर उद्योग सञ्चालनको माग

नौ वर्षदेखि बन्द रहेको गोरखकाली रबर उद्योग पुनः सञ्चालन गर्ने योजना कार्यान्वयनमा आउन सकेको छैन।

आज चार वटा संसदीय समितिको बैठक बस्दै

आज एकै पटक चार वटा संसदीय समितिको बैठक बस्दैछ। जसअनुसार बिहान ११ बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने छ।

५० करोडको लागतमा बुवाँखोलाको पानी लिफ्टिङ गरेर जन्तेढुङ्गामा निकालिने

खोटाङको जन्तेढुङ्गा गाउँपालिकामा बुवाँखोलाको पानी लिफ्टिङ गरेर बस्तीमा निकाल्ने आयोजनाको काम अघि बढाइएको छ।

श्रमिक समस्या सुन्न ‘श्रमाधान’ अभियान, सात काममा इन्द्रेणीका रङ्ग

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १३५ औँ विश्व मजदुर दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका श्रमिकका समस्या समाधानका निम्ति बुधबारदेखि विधिवत् श्रमाधान अभियान सुरु गरेको छ।

खोप लगाउन छुटेका बालबालिकालाई आगामी वैशाख ३१ गते लगाउने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आगामी वैशाख ३१ गते खोप लगाउने भएको छ।

श्रमाधान कल सेन्टर सञ्चालन तथा व्यवस्थापन निर्देशिका जारी

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमाधान कल सेन्टर (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि २०८१ जारी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्