२४ असार २०८१ सोमबार
image/svg+xml

लोकमानविरुद्धको महाभियोग प्रस्ताव अघि बढ्यो, समितिमा आउलान् कार्की?

सर्वोच्च अदालतबाट अयोग्य ठहर भएको अख्तियारका पूर्व प्रमुख लोकमानसिंह कार्की विरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव अगाडि बढ्ने भएको छ। बुधबार बसेको महाभियोग सिफारिस समितिले थप अनुसन्धान गर्न उपसमिति गठन गरेको छ।

‘महाभियोग अघि बढ्छ, रोकिँदैन’

सर्वोच्च अदालतको फैसलापछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुखबाट पदमुक्त भएका लोकमानसिंह कार्कीविरुद्ध संसद्मा पुगेको महाभियोग प्रस्तावलाई अघि बढाउनुपर्ने धारणा महाभियो सिफारिस समितिका सदस्यले राखेका छन् ।

लेखा र महाभियोग समितिमा सभापति छान्न कसरत

संसद्को सार्वजनिक लेखा र महाभियोग सिफारिस समितिको नेतृत्व छान्ने कसरत सुरु भएको छ। सभापतिविहीन भएको पाँच महिनापछि  सार्वजनिक लेखा समितिको सभापति चयन प्रक्रिया अघि बढेको हो। संसदीय  समितिहरूलाई मिनी संसद्का रुपमा लिइन्छ।

सदन नचल्दा महाभियोग प्रस्ताव अलपत्र, एमालेले कार्कीलाई जोगाउन खोजेको आरोप

प्रदेश सीमांकन फेरबदलसहितको संविधान संशोधन प्रस्ताव  विरोधमा प्रमुख विपक्षी दल एमालेले निरन्तर सदन अवरोध गरेका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रक्रिया अन्योलमा परेको छ।

महाभियोग प्रस्ताव छिटो टुंग्याउन माग

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावमाथिको छलफलमा भइरहेको ढिलाइप्रति सांसदहरूले असन्तुष्टि व्यक्त गरेका छन्।

महाभियोग प्रस्तावमा माथिको छलफल जारी

व्यवस्थापिका– संसद्को आजको बैठकमा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावमाथिको छलफल जारी रहेको छ।

महाभियोग प्रस्ताव तत्काल सिफारिस समितिमा पठाउन माग

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाभियोग प्रस्ताव तत्काल सिफारिस समितिमा पठाउन सांसदले माग गरेका छन्।

महाभियोग प्रस्तावमाथिको छलफल आइतबार सकिने

आगामी आइतबारसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथिको महाभियोग प्रस्तावमाथिको छलफल टुङ्गोमा पुग्ने भएको छ।

महाभियोग टुंगिन कम्तीमा दुई महिना

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा पेस भएको महाभियोगमाथिको छलफल कम्तीमा एक महिना लम्बिने भएको छ। २०७० सालमा प्रमुख आयुक्त नियुक्र कार्कीविरुद्ध नौवटा आरोप लगाउँदै सत्तासीन माओवादी केन्द्र र प्रमुख विपक्षी एमालेका गरी एक सय ५७ सांसद मिलेर कात्तिक ३ गते महाभियोगको प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएका थिए।

लाेकमान विरूद्ध संसदमा पेश भएकाे महाभियोग प्रस्तावमाथिको छलफल जारी

व्यवस्थापिका–संसद्को आजको बैठकमा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तविरुद्धको महाभियोग प्रस्तावमाथिको छलफल आज पनि जारी रह्यो ।उक्त प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद मोहनबहादुर बस्नेतले सदनमा प्रस्तुत महाभियोग प्रस्ताव विधिसम्मत रुपमा नआएको बताए। सत्तासाझेदार दललाई जानकारी नै नदिई महाभियोग प्रस्ताव सदनमा पेस भएको बताउँदै उनले प्रस्तावमा नै समस्या रहेको उल्लेख गरे।

परामर्श नगरेर अाएको महाभियोग गलतः कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले लोकमान प्रकरणबारे टिप्पणी गर्दै ’महत्वपूर्ण विषयमा दलसँग परामर्श नगर्नु गलत भएको’ बताएका छन् । उनले आफ्नो पार्टीले उचित समयमा उचित निर्णय लिने बताए ।

महाभियोगमा पछि नहट्न शीर्ष नेतालाई खबरदारी

सांसदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाभियोग प्रस्ताव पास गराउनबाट पछाडि नहट्न शीर्ष नेताहरूलाई खबरदारी गरेका छन्।

महाभियोग प्रस्तावबारे संसदमा बहस, कस्ले के भने ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्धको महाभियोग प्रस्ताव समसामयिक, वस्तुनिष्ट र सही रहेको टिप्पणी गरिएको छ ।

लोकमानविरुद्धको महाभियोग प्रस्तावमा छलफल हुँदै, मोर्चाद्वारा बैठक बहिष्कार

मधेसी मोर्चा सम्मिलित संघीय गठबन्धन आबद्ध सांसदहरुले संसद बैठक बहिष्कार गरेको छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्तावमा छलफल सुरु हुनै लाग्दा गठबन्धनका सांसदहरुले बैठक बहिष्कार गरेका हुन्।

महाभियोगविरुद्ध कार्की अदालत जाने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले संसद्मा विचाराधीन महाभियोग प्रस्ताव र सर्वोच्च अदालतको म्याद तामेलीविरुद्ध मुद्दा दर्ता गर्ने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्