१० मंसिर २०८१ सोमबार
image/svg+xml

अज्ञात समूहको गोली प्रहारबाट सिरहामा दुई प्रहरी घाइते

सिरहाको कल्याणपुर ५ निर्दनामा प्रहरीमाथी अज्ञात समूहले गोली प्रहार गरेको छ। प्रहरीको चेक जाँचको क्रममा मोटरसाइकलमा आएका २ जनाले प्रहरीलाई लक्षित गरेर गोली प्रहार गरेका थिए।

सिरहामा मतदाता शिक्षा शुरु

आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी सिरहामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भएको छ।  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मत बदरको संख्या कमी ल्याउने उद्देश्यले जिल्ला निर्वाचन कार्यालय सिरहाले मतदाता शिक्षा कार्यक्रमका लागि जिल्लामा खटिने मतदाता शिक्षा स्वयंसेवकलाई तालीम दिन शुरु गरेको छ।

सिरहामा पतीद्वारा पत्नीको हत्या

सिरहाको धनगडीमाई नगरपालिका भवानीपुरमा पतीद्वरा पत्नीको हत्या भएको छ। स्थानीय ज्ञानेन्द्र चौधरीले पत्नी मञ्जु कुमारी चौधरीलाई हत्या गरेको ईलाका प्रहरी कार्यालय लहानका डिएसपी नरेश सुवेदीले जानकारी दिए। हत्यामा संलग्न चौधरीलाई पक्राउ गरी अवश्यक अनुसन्धान भैरहेको सुवेदीले बताए।

सिरहा नगरपालिकामा मेयरमा फोरम, उपमेयरमा एमाले विजयी

सिरहा नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ। प्रमुखमा फोरमका अशेश्वर यादवले ९२३४ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नविन कुमार यादवले ९०६३ मत प्राप्त गरेका हुन्।

सिरहाको भगवानपुर गाउँपालिकामा फोरम विजयी

सिरहाको भगवानपुर गाउँपालिकाबाट संघीय समाजवादी फोरम नेपाल विजयी भएको छ। यो गाउँपालिमा फोरमबाट अध्यक्ष पदका उम्मेदवार बेचनप्रसाद यादव ८५ मतअन्तरले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उग्रनारायण यादवलाई पराजित गरेको छ।

सिरहाको नवराजपुर गाउँपालिकामा कांग्रेस विजयी

सिरहाको नवराजपुर गाउँपालिकाबाट सिरहामा नेपाली कांग्रेसले जितको खाता खोलेको छ। नेपाली कांग्रेसबाट अध्यक्ष उम्मेदवार विश्वमोहन यादवले निकटतम प्रतिस्पर्धी संघीय समाजवादी फोरमका शिवउद्गार यादवलाई पराजित गरेका छन्।

सिरहाको विष्णुपुरमा फोरम र अर्नामामा माओवादी केन्द्र विजयी

सिरहाको विष्णुपुर गाउँपालिकाबाट संघीय समाजवादी फोरम नेपालले सिरहामा खाता खोलेको छ। यो गाउँपालिमा फोरमबाट अध्यक्ष पदका उम्मेदवार जागेश्वर यादवले ६ सय ६० मतको फराकिलो अन्तरले निकतम प्रतिस्पर्धी नेकपा एमालेका सत्यनारायण यादवलाई पराजित गरको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

सिरहा कांग्रेसमा देउवा र पौडेल पक्षबीच झडप

नेपाली कांग्रेसको जिल्ला कार्यालय सिरहामा कांग्रेस कार्यकर्ताबीच कुटाकुट भएको छ।

सप्तरी घटनाको आक्रोशमा सिरहामा दुई ट्रकमा आगजनी

सप्तरीमा प्रहरीको गोलीबाट मधेसी मोर्चाका तीनजना प्रदर्शनकारीको निधन भएपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सहितका नेताहरुलार्ई सुरक्षा घेरामा सुरक्षाकर्मीले सशस्त्र प्रहरी गण बरमझिया पुर्याएको थियो। सशस्त्र प्रहरीको गणबाट साँझ सुरक्षा घेरामै नेताहरुलाई ईटहरी पुर्याइएको थियो।

महायज्ञ उद्‍घाटन गर्न प्रधानमन्त्री पुगे सिरहा

प्रधानमन्त्री पुष्पकमल दहालले श्रीमदभागवत महायज्ञ उद्‍घाटन गरेका छन्। प्रधानमन्त्री दाहाल बालुवाटारमा नेपाली कांग्रेससँगको बैठक सकेर हेलिकप्टर मार्फत सिराहा आइपुगेका थिए। दाहालसँगै कांग्रेस नेता प्रदिप गिरी र कानुनमन्त्री अजय शंकर नायक पनि महायज्ञमा आएका थिए।

माओवादी कार्यकर्तामाथि सिरहामा गोली प्रहार

माओवादी कार्यकर्तामाथि सिरहामा अज्ञात समूहले गोली प्रहार गरेका छन्। मझलिया-४ अरङ्माका स्थानीय बासिन्दा ३० वर्षीय लालु खानलाई आज करिब ११ बजे मल्हनिया-२ मा गोली प्रहार भएको प्रहरीले जनाएको छ।

सिरहामा १७ हजार कुखुराको बीमा

सरकारले गत वर्षदेखि सञ्चालन गरेको बाली तथा पशुपक्षी बिमाअन्तर्गत सिरहामा १७ हजार कुखुरा र ५०० पशुको बीमा गरिएको छ।

सिरहा काँग्रेसमा देउवा प्यानल विजयी

नेपाली काँग्रेस सिरहाको १३ औं जिल्ला अधिवेशनमा रामचन्द्र यादवको प्यानल विजयी भएका छन्। शनिकार सम्पन्न दोस्रो चरणको निर्वाचनमा रामनरेश यादवलाई पराजित गर्दै सभापतिमा रामचन्द्र प्यानलसहित विजयी भएका छन्।

सिरहा काँगेस सभापतिका लागि दोस्रो चरणको मतदान

नेपाली काँग्रेस सिरहा सभापतिकालागि शनिबार पुनः मतदान हुँदैछ । शुक्रबार भएको मतदानमा कुनै पनि उम्मेद्वारले आवश्यक बहुमत ल्याउन नसकेपछि शनिबार पुनः मदतान हुन लागेको हो। पहिलो चरणको निर्वाचनमा सभापति पदमा तीनजना उम्मेदवार थिए ।

महसुल नबुझाउने सिरहाका ४१६ ग्राहकको लाइन काटियो

समयमा विद्युत्को महसुल नबुझाउने सिरहाका ४१६ जनाको विद्युत् लाइन काटिएको छ । लामो समयदेखि विद्युत् महसुल नबुझाएको भन्दै विद्युत् प्राधिकरण वितरण केन्द्रले ३६० जना र सिरहा वितरण केन्द्रले ५६ जना ग्राहकको विद्युत् लाइन काटेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्