२३ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

सिरहा काँगेस सभापतिका लागि दोस्रो चरणको मतदान

नेपाली काँग्रेस सिरहाका सभापतिका लागि मत खसाल्दै मतदाता ।

सिरहा–नेपाली काँग्रेस सिरहा सभापतिकालागि शनिबार पुनः मतदान हुँदैछ । शुक्रबार भएको मतदानमा कुनै पनि उम्मेद्वारले आवश्यक बहुमत ल्याउन नसकेपछि शनिबार पुनः मदतान हुन लागेको हो। पहिलो चरणको निर्वाचनमा सभापति पदमा तीनजना उम्मेदवार थिए ।

सभापतिमा रामचन्द्र यादव,  रामनरेश यादव र रामशुन्दर यादव उम्मेदवार थिए । रामचन्द सिरहा क्षेत्र नम्बर ४ बाट ०७० को संविधानसभा चुनावमा निर्वाचित भएका थिए ।  शुक्रबार सम्पन्न निर्वाचनको शनिबार घोषित परिणाम अनुसार रामचन्द्रलाई ४ सय ४२, रामनरेशलाई ३ सय २७ र रामशुन्दरलाई १ सय ४२ मत प्राप्त भएको छ । पहिलो चरणको मतदानमा ९ सय ९३ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

जिल्लामा १ हजार ४४ प्रतिनिधि रहेको  मुख्य निर्वाचन अधिकृत देवेन्द्र कोइरालाले बताए । शुक्रबार बालमन्दिर स्थित मतदान केन्द्रमा क्षेत्रगत हिसावले क्षेत्र नम्बर १ मा  १४३ , क्षेत्र नम्बर २ मा १८४, क्षेत्र नम्बर ३ मा १८६ , क्षेत्र नम्बर ४ मा १६०, क्षेत्र नम्बर ५ मा १२३ र क्षेत्र नम्बर ६ मा १९५ मतदाताले मत खसालेको कोइरालाले बताए।

नेपाली काँग्रेसको विधान अनुसार सभापतिका लागि ५१ प्रतिशत मत आवश्यक पर्छ । पहिलो चरणमा उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसके दोस्रो चरणको मतदान हुने ब्यबस्था रहेको कोइरालाले बताए । दोस्रो चरणको मतदानमा पहिलो चरणमा पहिलो र दोस्रो मत ल्याउने मात्र उम्मेदर रहने व्याबस्था छ ।
 

प्रकाशित: १६ पुस २०७३ ०४:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App