५ आश्विन २०८१ शनिबार
image/svg+xml

व्यापारी झुक्याएर ४० लाख ठग्ने पक्राउ

काठमाडौं उपत्याकामा ठगी गर्दै हिँड्ने एक जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ। ठगिएका व्यापारीहरुले उजुरी गरेका आधारमा प्रहरीले काठमाडौंको टोखाबाट कैलालीका वासुदेव मैनालीलाई पक्राउ गरेको हो।

फेसबुक र भाइवरबाट सन्देश पठाई ठगी गर्ने पक्राउ

चिट्ठा पर्यो भन्दै भाइवर, फेसबुकमा सन्देश पठाउँदै आइएमइमार्फत लाखौँ ठगी गर्ने तीन जनालाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ। पक्राउ पर्नेमा खोटाङका इन्द्रबहादुर पुरी, टीकाराम भुजेल र लेखबहादुर खड्का छन्।

पहेलो धातुसहित एक महिनामा १३ पक्राउ

सर्वसाधारणलाई ठगी गर्ने उदेश्यले काठमाडौ उपत्याभित्र पहेलो धातुको कारोवार बढेको छ। प्रहरीले एक महिनामा त्यसको कारोबार गरेको आशंकामा १३ जनालाई पक्राउ गरेको छ।

सस्तो खोज्दा ठगी गिरोहले फँसायो

सस्तो मूल्यमा सुन दिन्छु भनी नक्कली सुन दिइ ४० लाख रुपैयाँ ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुले एक किलो नक्कली सुन दिइ उक्त रकम ठगी गरेको प्रहरीले जनाइएको छ।

मलेसिया रोजगारी :  स्वास्थ्य परीक्षण गर्ने बायोमेडिकललाई अदालतद्वारा सफाइ

रोजगारीका लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्दै आएको बायोमेडिकललाई सोमबार काठमाडौं जिल्ला अदालतले सफाइ दिएको छ।  कामदारसँग अतिरिक्त शुल्क लिएको आरोप लगाउँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जेठ २ गते मलेसिया रोजगारीसम्बद्ध बायोमेडिकल, भिएलएन/ओएससी तथा आइएससीका सञ्चालकविरुद्ध ठगी मुद्दा चलाएको थियो।

बेलायती नागरिक ठग्ने वेब सर्फरका सञ्चालकविरूद्ध ३२ करोड ठगीको मुद्दा

बेलायती नागरिक दिनेश विमलनाथनलाई वेब सर्फर कम्पनीको ५१ प्रतिशत शेयर दिने भन्दै मोटो रकम असुल गरेका इन्टरनेट सेवा प्रदायक कम्पनी वेब सर्भरका सञ्चालक सुरेन्द्र क्षेत्रीबिरुद्ध प्रहरीले आइतवार ३२ करोड ठगीको मुद्दा अदालतमा दर्ता गर्ने भएको छ।

संगठनको आडमा मेडिकल कलेजको ठगी

त्रिभुवन विश्वविद्याल (त्रिवि) बाट सम्बन्धन प्राप्त मेडिकल कलेजहरूले संगठनको आडमा विद्यार्थीमाथि ठगी गरेको पाइएको छ। मन्त्रिपरिषद्को निर्णयलाई अवज्ञा गर्दै विभिन्न शीर्षकमा चर्को शुल्क असुलेर ती कलेजहरूले विद्यार्थीमाथि ठगी गरेको पाइएको हो।

श्रीमानलाई जेलमुक्त गराइदिने लोभ देखाई बलात्कार

कारागारबाट छुटाउन पहल गर्छु भन्दै एक बन्दीकी श्रीमतीसँग लाखौँ रुपैयाँ ठगी गर्नुका साथै बलात्कार गरेको आरोपमा सप्तरीको छिन्नमस्ता गाउँपालिका निवासी राष्ट्रिय जनता पार्टीका एक नेता पक्राउ परेका छन्।

क्यानडा पठाइदिने भन्दै १ करोड ३७ लाख ठग्ने पक्राउ

क्यानडा पठाइदिने भन्दै विभिन्न युवासँग १ करोड ३७ लाख ठगी गरेर फरार गोकर्णेश्वर नगरपालिका–१ निवासी ३८ वर्षीया सङ्गीता अधिकारी रायमाझीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ।

होलसेलमा तरकारी किनेर अर्गानिक भन्दै बिक्री

कृषि फ्रेसले बल्खुको होलसेलमा खरिद गरेको तरकारी उपभोक्तालाई अर्गानिक भनी बिक्री गर्दै आएको पाइएको छ। उसले आफ्नै फार्ममा अर्गानिक तरकारी उत्पादन गरेको दाबी गर्दै उपभोक्तालाई बिक्री गर्दै आएको छ।

ठग पम्पलाई इन्धन नदिन आयल निगमको निर्देशन

उपभोक्तालाई कम परिमाणमा इन्धन दिएर ठगी गर्ने पेट्रोलपम्पहरुलाई इन्धन उपलब्ध नगराउन नेपाल आयल निगमले मातहतका डिपोहरुलाई निर्देशन दिएको छ।

नक्कली सुन दिई ४० लाख ठगी गर्ने ६ पक्राउ

कार्तिक १६ गते नक्कली सुनलाई सक्कली सुन हो भनी ठगी गरेको उजुरी केन्द्रीय अनुसन्धान व्युरोमा प्राप्त भएपछि ठगी कार्यमा संलग्न व्यक्तिको खोजी गर्ने क्रममा उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

भद्रकाली आयल स्टोरलाई दुई लाख जरिवाना, कारोबार रोक्का

दिनुपर्ने भन्दा कम परिमाणमा इन्धन बिक्री वितरण गरेको भन्दै सरकारले गोठाटारस्थित भद्रकाली आयल स्टोरलाई २ लाख रुपैयाँजरिवाना गरेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले आज गरेको अनुगमनका क्रममा सो आयल स्टोरले प्रतिलिटरमा २५ देखि ३५ एमएल इन्धन ठगी गरेको पाइएको थियो।

जापान पठाउने भन्दै ठगी गर्ने कोइराला पक्राउ

वैदेशिक रोजगारीका लागि जापान पठाइदिने भन्दै युवाहरुबाट रकम असुल गर्ने गरेको अभियोगमा दोलखाका ३७ वर्षीय दिनेश कोइरालालाई प्रहरीले पक्राउ गरेको छ।

चर्को मूल्य लिएर ठगी गरेको भन्दै ‘द कोरियन सप’मा शिलबन्दी

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्तासँग चर्को मूल्य लिई ठगी गरेको भन्दै जमलस्थित द कोरियन सपमा शिलबन्दी गरेको छ। विभागको टोलीले शुक्रवार गरेको अनुगमनका क्रममा उक्त पसलका सञ्चालकले ५०० प्रतिशतसम्म बढी मूल्य लिएर सामान बिक्री गरेको पाइएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्