जङ्गलमा डढेलो लागेपछि गाउँ पसे जनावर
म्याग्दीका ७५ भन्दा बढी सामुदायिक वनमा डढेलो लागेपछि बासस्थान र आहाराको अभावका कारण वन्यजन्तुले बस्ती पसेर किसानले लगाएको बाली नष्ट गरेका छन्।
म्याग्दीका ७५ भन्दा बढी सामुदायिक वनमा डढेलो लागेपछि बासस्थान र आहाराको अभावका कारण वन्यजन्तुले बस्ती पसेर किसानले लगाएको बाली नष्ट गरेका छन्।
हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजा शुक्रवार सार्वजनिक गरिएको छ। नतिजाअनुसार डोल्पाको संरक्षित क्षेत्रबाहिर पनि हिउँ चितुवाको उल्लेखनीय सङ्ख्या रहेको देखिएको छ।
चितवन राष्ट्रिय निकुञ्ज विश्वमै दुर्लभ एकसिङ्गे गैँडाको बासस्थानका लागि उर्वर क्षेत्रका रुपमा रहेको छ।
भरतपुर महानगरपालिका– ६ देवनगरस्थित वन्यजन्तु उद्धार केन्द्रलाई पर्यटकीय स्थल बनाएको भन्दै संरक्षणकर्मीले विरोध जनाएका छन्।
भक्तपुरमा वन्यजन्तुबाट सर्न सक्ने रोगको सम्भाव्यता र प्रभावबारे अध्ययन थालिएको छ।
चितवन राष्ट्रिय निकुञ्जले ‘मेघौली’ नाम गरेको भाले गैंडालाई कोशी टप्पु वन्यजन्तु आरक्षण केन्द्रमा पठाएको छ।
‘गत असोज ९ गते पुष्पा र अञ्जली नाम राखिएका पोथी गैँडालाई कोसीमा स्थानान्तरण गरिएको थियो। पोथी गैँडालाई जोडी मिलाउन भाले गैँडा स्थानान्तरण गर्न लागिएको हो। भाले गैँडा लगिएपछि प्रजनन प्रक्रिया सुरु हुन्छ’, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिल बहादुर पुर्जा पुन मगरले भने
मिड–विन्टर वाटर वर्ड सेन्सस २०२४ अन्तर्गत यस वर्ष कोशीटप्पु आरक्षलगायत कोशी नदी क्षेत्रमा गरिएको गणनामा यस वर्ष ५३ प्रजातिका पाँच हजार पाँच सय २७ को सङ्ख्यामा चरा फेला परेको छ।
महोत्तरीका गाउँनगर बस्तीमा नीलगाई, बँदेल, दुम्सी र बाँदरसहितका वन्यजन्तुले बाली सखाप पारेर हैरान बनाएपछि किसान परम्परागत साधनको सहारा लिन थालेका छन्।
मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली २०५२ र निर्देशिका २०५६ ले निकुञ्ज वा आरक्षको वन पैदावार उपयोगमा प्रतिबन्ध लगाएको छ। चरिचरन गराउन पनि प्रतिबन्ध छ। तर त्यहाँका वन्यजन्तुले पुर्याउने हानि भने सहनुपर्ने बाध्यता छ।
यो हिउँ चितुवा आजभन्दा ६ दिन अघि (गत मंगलबार) मोरङ जिल्लाको उर्लाबारीस्थित बाँसघारीमा घाइते अवस्थामा भेटिएको हो। हिमालमा जन्मिने, हुर्किने, रमाउने जनावर एकाएक तराईमा भेटिएपछि सबै आश्चर्यमा परेका छन्।
आज दिउँसो भाले चितुवाको मोरङको उर्लाबारी क्षेत्रबाट उद्धार गरिएको छ। उर्लाबारी नगरपालिका–१ स्थित झारसाँदीमा चितुवा भेटिएको थियो।
नेपालको पूर्वी भारतीय सीमा क्षेत्रमा वनजंगल मासिएपछि वन्यजन्तु संरक्षणमा चुनौती देखिँदैछ।
शनिबार बिदाको दिनको मौका पारेर राप्तीपीडित सामुदायिक वन उपभोक्ता समितिले दाउराका लागि वन खुला गरेको थियो। बिहानै पाका उमेरका धनबहादुर चलाउनेसहित स्थानीयहरू दाउरा ल्याउन जङ्गल गए।
राष्ट्रिय निकुञ्जबाट पीडित आदिवासी जनजाति र स्थानीय समुदायले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ नै खारेज गर्नुपर्ने माग गरेका छन्।