व्यावसायिक क्षेत्रमा ‘चेक बाउन्स’ को पिरलो
कास्की प्रहरीले चेक बाउन्स कसुरमा अघिल्लो आर्थिक वर्षमा २९४ जना तथा चालु आर्थिक वर्षमा २२९ जना अभियुक्तलाई पक्राउ गरी कानुनी प्रक्रिया समेत चलाइसकेको छ। प्रहरीले चेक बाउन्सबारे परेका ठाडो उजुरीको संख्या भने यसमा गणना गरेको छैन। ठाडो उजुरीसमेत गणना गर्दा चालु आर्थिक वर्षको अहिलेसम्म चेक बाउन्सका मात्र आठहजार मुद्दा पुग्छन। ठाडो उजुरीका मुद्दा धेरै नै मिलिसकेको प्रहरीको भनाई छ।