७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

लाइन सिफ्टिङ तथा केबल परिवर्तनका लागि विद्युत् सेवा अवरुद्ध

नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी वितरण केन्द्रको मूलपानी फिडर र डाँछी फिडर तथा रत्नपार्क वितरण केन्द्रको अनामनगर फिडरअन्तर्गत पर्ने विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध गरिएको छ।

इमानदार नै दण्डको सिकार !

सामान्य अवस्थामा अर्थात् लागत अनुमानभन्दा १५ प्रतिशतसम्म घटेर आफ्नो मालसामान वा सेवाको मूल्य लागत अनुमानको पाँच प्रतिशत राखे पुग्छ भने सोभन्दा बढी कम कबोल अंक भएको बोलपत्र वा दरभाउपत्र पेस गरेमा १५ प्रतिशतभन्दा बढी घटेको रकमको आधा अतिरिक्त कार्य सम्पादन जमानत राख्नुपर्ने हुन्छ।

पक्राउ परेर बिरामी हुनेलाई सरकारी अस्पतालमा राख्न रास्वपाको माग

रास्वपाले आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क कार्यक्रमको डुप्लिकेशनबाट अलग गर्नुपर्ने, इमर्जेन्सी स्वास्थ्य सेवालाई राज्यको पूर्ण दायित्वभित्र पारिनुपर्ने माग गरेको छ।

मन्त्री आवास निर्माणपछि हराउँदै मगर गाउँको परिचय

सङ्घीयमन्त्रीका लागि ९६ रोपनीसहित प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि २७ रोपनी १२ आना जग्गामा आवास निर्माण भएपछि मगर गाउँको परिचय नै आवास क्षेत्र बन्दै गएको छ।

सिटिजन्स बैंक र शंखरापुर हस्पिटलबीच समझदारी

सिटिजन्स बैंक र जोरपाटीको शंखरापुर हस्पिटलबीच बैंकका ग्राहकलाई विशेष छुट दिने सम्बन्धमा हस्ताक्षर भएको छ।

मुख्यमन्त्री निवासमा सर्दै उपेन्द्र यादव

मन्त्री निवास पुल्चोकमा आवास नपाएपछि उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव ललिपुरस्थित भैंसेपाटीमा मुख्यमन्त्रीका लागि बनाइएको सम्पर्क कार्यालयमा सर्ने भएका छन्।

अछाममा जिप दुर्घटना हुँदा एकको मृत्यु, १३ घाइते

अछामको चौरपाटी गाउँपालिका ५ लुगांस्थित भित्री सडकमा आज बिहान जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।

पदक विजेता एरिकालाई मनास्लुको सम्मान

चुच्चेपाटीस्थित मनास्लु वर्ल्ड कलेजले १९औं एसियाली खेलकुदको करातेमा ऐतिहासिक पदक जित्न सफल एरिका गुरुङलाई सम्मान गरेको छ।

डा.कार्कीको प्रश्नः मुख्यमन्त्रीहरूको आवास वरपरका जनताको बाटो किन फराकिलो भएन?

संसद्को शून्य समयमा बोल्दै उनले ५ वर्षदेखि स्थानीयले बाटो चाहियो भन्दै आवाज उठाउँदा समेत सरकारले नसुनेको बताएकी हुन्।

मन्दिरैमन्दिरको गाउँ पिठातोला

बझाङमा सयौं त्यस्ता तीर्थस्थल र पर्यटकीयस्थल छन्। त्यसैमध्ये एउटा सानो टोल छ, पिठातोला। जहाँ प्रशस्त मठमन्दिर र पाटीपौवा भेटिन्छन्।

यसरी मनाए साकेला गाउँपालिका अध्यक्षले जन्मदिन...

खोटाङको साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राईले यो वर्षको जन्मदिन रचनात्मक र सिर्जनशील तरिकाले मनाए।

लयमा फर्कियो गोरखा दरबारको पर्यटन

विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएको गोरखा दरबार र सँगै रहेको गोरखकाली मन्दिर पुनःनिर्माण भएपछि पूर्ववत् स्वरुपमा फर्किएको छ।

तमोरको पानी ताँखुवा, तेलिया र पेरेवादिनमा पुर्‍याइँदै

छथर जोरपाटी गाउँपालिकाको वडा नं ३, ४ र ५ मा तमोर नदीबाट खानेपानी लिफ्टिङ गरेर पुर्‍याइने भएको छ।

जीर्ण पाटीको संरक्षण गर्दै ‘तनहुँका घले’

तनहुँको सदरमुकाम दमौलीस्थित सेती र मादीको संगमस्थलनजिकै दमौलीघाटमा लोपोन्मुख अवस्थामा पुगेको पाटी संरक्षणमा तनहुँका आइतबहादुर घले मर्मतसम्भारमा लागेका छन्।

३४ वर्षपछि फेरियो लामपाटीको छाना

विश्व सम्पदासूचीमा रहेको पाटन दरबार क्षेत्रमा अवस्थित ऐतिहासिक सम्पदा लामपाटीको ३४ वर्षपछि छाना फेरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्