३१ वैशाख २०८१ सोमबार
image/svg+xml

अवकाश उमेर ६०, प्रवेश उमेर सीमा महिला ३७, पुरुष ३२

लामो रस्साकस्सीपछि सरकारले संघीय निजामती सेवाको गठन सञ्चालन र सेवाका सर्त सम्बन्धमा बनेको विधेयक संसद्मा दर्ता गरेको छ।

आफ्नो मान्छे डिसअर्डर

अवकाश लिएको भोलिपल्ट कोही व्यक्ति विदेशमा सधैँका निम्ति बस्न जाने तयारी हुन्छ। यहाँ खुट्टा उचालिसकेको व्यक्तिले राम्ररी काम गर्न सक्ने अवस्था हुँदैन। यहाँ बसुन्जेल समय काटिरहेको हुन्छ र अवकाशपछि गइहाल्छु भन्ने मानसिकता देखिन्छ।

कुमारी बैंक अवकाश कोषमा सञ्चित बचतको लाभांश वितरण

कुमारी बैंकले अवकाश कोषमा सञ्चित बचतको लाभांश वितरण गरेको छ। कोषले गत २०८० असार मसान्तसम्मको सञ्चित बचतबाट ७८ प्रतिशत रकम (४ करोड १७ लाख रूपैयाँ) वितरण गरेको हो।

'ड्रागन’ खेती बन्दै छ सरकारी अधिकृतको अवकाश पछिको आम्दानीको स्रोत

अवकाश पछिको आम्दानी सुरक्षा गर्ने उद्देश्यका साथ धान खेती छोडेर उनले गत वर्षबाट ड्रागनफ्रुट खेती रोजेका छन्।

फेरि बिथोलियो कर्मचारी विधेयक

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार विभिन्न शक्ति समूहरूले आफ्नो स्वार्थ पूरा गर्न विभिन्न किसिमबाट वियधेकमा राखिएका बुँदामा चलखेल गर्न थालेका छन् ।

६० वर्ष पुर्‍याइँदै कर्मचारीको अवकाश उमेर

सरकारले ल्याउन लागेको संघीय निजामती सेवा ऐनको मस्यौदामा कर्मचारीको अवकाश उमेर ६० वर्ष प्रस्ताव गरिएको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले बताएका छन्।

राजनीतिक दलदलमा प्रहरी: कार्यकालमा दलीय सेवा अवकाशपछि नेता

नेपाल प्रहरीमा राजनीतिक हस्तक्षेप हुने गरेको आरोप जबर्जस्त छ। हरेक बढुवामा मुद्दा नपरेको बिरलै हुन्छ। यस्तै सरुवामा त उच्चतम राजनीतिक चलखेल हुने गरेको तथ्य ‘ओपन सेक्रेट’ नै छ।

सेनाभित्र विभिन्न सुधार गरेर बिदा हुँदै प्रधानसेनापति थापा

सेनाको नेतृत्वमा तीन वर्षे कार्यकाल पूरा हुनुभन्दा एक महिनाअघि घर बिदा बस्ने प्रचलन रहेको छ। सोही प्रचलनअनुसार प्रधानसेनापति थापा मंगलबारदेखि घर बिदा बस्न लागेका छन्। २०३६ सालबाट अधिकृत क्याडेटबाट नेपाली सेनामा प्रवेश गरेका थापाले विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै २०७५ भदौ २४ गते नेपाली सेनाको प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका थिए।

आगामी वर्ष एक हजार २ सय ८० शिक्षकको अनिवार्य अवकास हुने, कुन जिल्लामा कति ?(विवरणसहित)

किताबखानाले शिक्षा नियमावली २०५९ को नियम १२६ उपनियम(घ) बमोजिम जिल्ला अन्तर्गत सामुदायिक विद्यालयहरुमा कार्यरत मिति २०७८ साउन १ गतेदेखि २०७८ पुस मसान्तसम्म अनिवार्य अवकाश हुने शिक्षकहरुको नामावली जिल्लामा पठाएको छ।

अवकाशप्राप्त स्वास्थ्यकर्मीलाई तयारी रहन सेनाको निर्देशन

जंगी अड्डामा बसेको विशेष बैठकले कोरोनाको बढ्दो संक्रमण र यसको नियन्त्रण तथा रोकथाममा भूमिका खेल्न अवकाश प्राप्त स्वास्थ्यकर्मीको आवश्यकता पर्नसक्ने भन्दै यस्तो निर्देशन दिएको हो। सेनाले २०७२ पछि अवकाश पाएका तीन सय २० भन्दा बढी स्वास्थ्यकर्मीलाई यस्तो निर्देशन दिएको हो।

को बन्लान् नयाँ गभर्नर ?

चिरन्जिवी नेपालको कार्यकाल सकिनैलाग्दा मुलुकको नयाँ गभर्नर को बन्ला भन्ने विषयमा चर्चा चुलिएको छ। गभर्नर नेपाल चैत ५ मा अवकाश हुँदैछन्।

अस्पतालकाे शय्याबाटै डिआइजी राजेन्द्रमानको अवकाश

२०७४ सालमा तत्कालीन आइजिपी प्रकाश अर्यालका पालामा उनी डिआइजीमा बढुवा भएका थिए। डिआइजीको फुली ग्रहण गरे पनि उनी त्यसलाई चिन्न सक्ने अवस्थामा भने थिएनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्