१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

मिहिनेत र भाग्यले म मिस नेपाल : निकिता चाण्डक (अन्तर्वार्ता)

संयोगले मिस नेपालको आवेदन खुलेको थाहा पाएपछि आवेदन दिएकी थिएँ। लामो समय भारतमा बसेको हुँदा मेरो नेपाली पासर्पोट हेरेपछिमात्र मिस नेपालमा सहभागी हुनको लागि छनोट गरिएको थियो। मेरो मेहेनत र मोडलिङ करिअरले मिस नेपालको उपाधि जित्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ जस्तो लाग्छ। संघर्षले नै मलाई यहाँसम्म ल्याइ पुर्‍याएको हो।

वेलायती संसदीय निर्वाचनका नेपाली उम्मेदवार भन्छन् : चुनाैती छ तर म जित्छु (अन्तर्वार्ता)

जुन ८ मा हुने वेलायती संसदीय निर्वाचनमा एक जना नेपाली मूलका डा.बच्च कैलाश कैनी लेबर पार्टीबाट उम्मेदवार हुँदैछन्।

स्वास्थ्यमन्त्री थापा भन्छन्: डिनलाई डा. केसीको अवस्थाले छोएन (अन्तर्वार्ता )

सरकारले वार्ता समिति बनाएर वार्ता गरिरहेको छ। सुरुमा मन्त्रीस्तरीय समिति बनेको भए पनि मन्त्रिपरिषद्बाटै म्यान्डेट दिनुपर्छ भनेर भयो। वार्ताटोली निरन्तर वार्तामा खटिइरहेको र समाधान खोज्न प्रयासरत देखिन्छ । उहाँहरुले वार्ताको अपडेट प्रधानमन्त्रीलाई समेत गराइरहेको पाएको छु । यो विषयमा मेरो आफ्नो स्वाभाविक चासो र जिम्मेवारी पनि छ । मेरो भनाइ डा. केसीको जीवनरक्षाका सन्दर्भमा अरू सबै विषय गौण हुन्छ र उहाँको जीवनरक्षाका लागि जे पनि गर्न तयार हुनुपर्छ।

कुर्सी बचाउन भारतसँग सम्झौता गरे : डा.भट्टराई (अन्तर्वार्ता)

नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई यतिबेला वेलायत यात्रामा छन्। पार्टी संगठन कामले लण्डन आएका उनीसँग नागरिकन्युजका चिरन शर्माले सरकारका १०० दिन, महाअभियोग प्रस्ताव तथा नेपाली नेताको भारत झुकाव सहितका विषयमा कुराकानी गरेका थिए। कुराकानीको सम्पादित अंशः

'सामाजिक सञ्जालमा भारतीय राष्ट्रपतिको विरोध अनुपयुक्त' (अन्तर्वार्ता)

हामीले विगतका कुरामात्र गरेर समस्याको समाधान निस्कँदैन। समस्याहरु टेबलमा राख्ने र त्यसको यथार्थ विश्लेषणको आधारमा समाधान खोज्ने प्रयास भएको छ।

अन्तर्वार्तामा प्रयोग पहिरनका कारण चीनमा एक पत्रकार बर्खास्त

चीनमा एक टेलिभिजन पत्रकारले बाढीपीडितसँग अन्तरवार्ता लिने क्रममा प्रयोग गरेको समान कै कारण आफ्नो जागिर गुमाउन परेको छ।

संक्रमणको नाममा जिम्मेवारीबाट पन्छिन मिल्दैन : आचार्य (अन्तर्वार्ता)

निवर्तमान महालेखापरीक्षक भानुप्रसाद आचार्य पूर्वअर्थसचिव पनि रहिसकेका छन्। राजा ज्ञानेन्द्रको निरंकुश शासनका बेला आर्थिक अपारदर्शिता तथा अराजकताबीच पनि वित्तीय स्थायित्व राख्न सफल अर्थसचिव भनेर चिनिने आचार्यले उमेर हदले महालेखापरीक्षक कार्यालयबाट बिदा लिएका छन्। पछिल्ला वर्षमा वित्तीय अराजकता आर्थिक अनुशासहीनता तथा चरम भ्रष्टाचारबीच महालेखापरीक्षक रहेर नजिकबाट नेपालको सार्वजनिक खर्च व्यवस्थापन प्रणालीलाई हेरेका उनीसँग ४ दशकको विभिन्न सरकारी सेवाको अनुभव पनि छ । महालेखापरीक्षकको कार्यालयको सुधार, आर्थिक अनियमितताको चक्र तथा पछल्ला वर्षमा देशको सार्वजनिक खर्च व्यवस्थापन प्रणाली कता जाँदैछ लगायत विषयमा नागरिकका कुबेर चालिसेले गरेको कुराकानीको सम्पादित अंश:

'पक्षधरबाटै संघीयता धरापमा पर्नेछ' [अन्तर्वार्ता]

अहिले मानिस बढी नै उद्वेलित छन्। दस–बाह्र वर्षअघि एकजना समाजशास्त्रीले नेपाली समाजलाई कसरी हेर्छौ भनेर मलाई सोधेका थिए। जवाफमा मैले नेपाली समाज परिवर्तित, गतिशील छ भन्दाभन्दै पनि एउटा शब्द प्रयोग गरेको थिएँ– आन्दोलित छ। यसको अर्थ थियो– सामाजिक आन्दोलन निरन्तरको प्रक्रियामा छ तर राजनीतिक आन्दोलन भने आवधिक छ।

भारतको विरोध र ‘ओली राष्ट्रवाद’ले देश हित गर्दैनः राजेन्द्र महतो

काठमाडौं– सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले सकारसँग सार्थक वार्ता कुरेर बसेको बताएका छन्। वार्ताको संख्या थप्ने तर उपलब्धि नहुने अवस्थामा वार्तामा बस्न उनले इन्कार गरे। सरकार र मधेसी मोर्चाबीच चलेको पछिल्लो ‘पत्र व्यवहार’ ले वार्ताको सम्भावना बढेको त देखिन्छ तर दुबै तर्फबाट वार्तामा बस्न ठोस पहल गरिएको भने देखिदैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्