१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

साताको शेयर : दुई अर्ब २८ करोडको कारोवार

धितोपत्र बजारमा यस साता कूल १७२ कम्पनीका ७४ लाख ३८ हजार ८४८ कित्ता शेयर दुई अर्ब २८ करोड ७३ लाख ८७ हजार ६३६ रुपैयाँ मूल्यमा खरीद बिक्री भएका छन्।

धितोपत्र बजार : नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेपाल स्टक एक्सचेन्जका अनुसार शेयर कारोवारमापक नेप्से परिसूचक २.७५ अङ्कले बढेर एक हजार २४८.४८ मा पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचकसमेत ०.८६ अङ्कले बढेर २६९.९६ मा पुगेको छ। परिसूचक बढे पनि कारोबार रकममा भने अपेक्षित सुधार आउन सकेन।

प्यासेन्जर वाक थ्रु गेट र लगेज एक्सरे मेसिन राखिने

रसुवागढी नाकामा प्यासेन्जर वाक थ्रु गेट र लगेज एक्सरे मेसिन राखिने भएको छ। सामग्री आइसकेको र यसको प्राविधिक परीक्षणपछि इनस्टल गरिने रसुवागढी भन्सार कार्यालय रसुवाले जनाएको छ।

सडक खन्दै गरेको एक्साभेटर पुरियो, चालकको मृत्यु

पालुङटार हुँदै दूधपोखरी मार्गको सडक खन्दै गरेको एक्साभेटर पुरिँदा चालकको ज्यान गएको छ।

शेयर बजारः नेप्से सामान्य अङ्कले घट्यो

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.७४ बिन्दुले घटेर एक हजार २६३.८४ बिन्दुमा झरेको छ। यस्तै सेन्सेटिभ परिसूचकसमेत आज ०.७१ बिन्दुले घटेर २७२.५३ मा झरेको छ।

धितोपत्र बजारः नेप्सेको उकालो यात्रा कायमै

धितोपत्र बजारमा नेप्से परिसूचकको उकालो यात्रा आज पनि जारी रह्यो। मङ्गलबार ३.३९ अङ्कले उकालो लागेको शेयर कारोवार मापक नेप्से परिसूचक बुधबार ६.२० अङ्कले वृद्धि भई एक हजार २६५.५७ मा पुगेको छ।

शेयर बजार : नेप्सेमा तीन अङ्कको वृद्धि

आइतबार दोहोरो अङ्कले आरोलो लागेर बन्द भएको शेयर बजार कारोवार मापक नेप्से परिसूचक आज भने तीन अङ्क बढीले वृद्धि भएको छ।

मौद्रिक नीतिले काम गरेन : नेप्से दोहोरो अङ्कले घट्यो

मौद्रिक नीतिपछि उकालो लाग्ने अपेक्षा रहेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पुनःदोहोरो अङ्कले ओरालो लागेको छ। पूँजीगत लाभकरलगायतका विषयमा रहेको विवाद समाधान नभएको भन्दै लगानीकर्ताले शेयर खरीद मात्रै गर्न चोहको र बेच्ने कमै मात्र भेटिएपछि बजारमा नकारात्मक प्रभाव परेको हो।

नेप्से उकालो यात्रामा

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ५.९४ बिन्दुले बढेर एक हजार २७७.१७ बिन्दुमा पुगेको छ। ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९२ ले बढेर २७४.४१ बिन्दुमा पुगेको छ

शेयर बजार : नेप्सेमा सामान्य सुधार

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.४८ विन्दुले बढेर एक हजार २७१.२३ विन्दुमा पुगेको छ। यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१९ विन्दुले बढेर २७३.५० मा पुगेको छ।

राष्ट्र बैंकले स्टकको शेयर बिक्री गर्ने

केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गरी प्रति शेयर १०० रूपैयाँ अंकित दरका १७ लाख २९ हजार ९ सय ८९ कित्ता शेयर लिलाम बढाबढको माध्यमबाट बिक्री गर्ने भएको हो।

शेयर बजारः चार अङकले घट्यो नेप्से

साताको पहिलो दिन नै आज शेयर बजारमा कारोवारमापक नेप्से परिसूचक ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.४५ बिन्दुले घटेर एक हजार २५६.०४ बिन्दुमा पुगेको हो।

साताको शेयर बजारः अढाई अर्बमाथिको कारोबार

धितोपत्र बजारमा यस साता कूल १७७ कम्पनीको एक करोड ६० लाख ९९ हजार ९६३ कित्ता शेयर कारोवार भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्