१९ असार २०८१ बुधबार
image/svg+xml

क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोना विजयी

च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब बार्सिलोनाले विजयी भएको छ। बुधबार राति भएको खेलमा बार्सिलोनाले इंलिस क्लब म्यानचेस्टर युनाईटेडलाई १–० गोल अन्तरले जित निकालेकाे हाे।

चेल्सी र आर्सनल युरोपा लिग फुटबलको अन्तिम ८ मा

चेल्सी र आर्सनल युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन्। बिहीबार राति सम्पन्न प्रिक्वाटरफाइनलको दोस्रो लेगमा डाइनामो किभलाई ५–० ले हराउँदै समग्रमा ८–० को जितका साथ चेल्सीले क्वाटरफाइनलमा स्थान बनायो।

साल्केमाथि फराकिलो जितका साथ म्यानचेस्टर सिटी अन्तिम ८ मा

जर्मन क्लब साल्केलाई समग्रमा १०–२ गोलले पराजित गर्दै इङ्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। मंगलबार राति घरेलु मैदानमा सम्पन्न दोस्रो लेगमा सिटीले साल्केलाई ७–० को फराकिलो गोलअन्तरले पराजित गर्यो।

च्याम्पियन्स लिग : रोनाल्डोको ह्याट्रिक, युभेन्टस क्वाटरफाइनलमा

क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकमा इटालियन क्लब युभेन्टस च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। मंगलबार राति घरेलु मैदानमा सम्पन्न दोस्रो लेगमा स्पेनिस क्लब एथ्लेटिको मड्रिडलाई ३–० ले पराजित गर्दै समग्रमा ३–२ को नतिजाका साथ युभेन्टसले अन्तिम ८ मा स्थान बनायो।

पिएसजीलाई हराउँदै म्यानचेस्टर युनाइटेड च्यााम्पियन्स लिगको क्वाटरफाइनलमा

इङ्लिस क्लब म्यानचेष्टर युनाइटेड अवे गोलका आधारमा च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। बुधबार राति सम्पन्न प्रिक्वाटरफाइनलको दोस्रो लेगमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई ३–१ ले पराजित गर्दै युनाइटेड समग्रमा ३–३ को नतिजा सहित अवे गोलका आधारमा अन्तिम ८ मा प्रवेश गरेको हो।

रियल मड्रिड च्याम्पियन्स लिगबाट बाहिरियो

साविक विजेता रियल मड्रिड युरोपिएन च्याम्पियन्स लिग फुटबलबाट बाहिरिएको छ। युरोपको सर्वाधिक १३ पटकको विजेता रियल मंगलबार राति घरेलु मैदान सान्टियागो बर्नाबाउमा भएको प्रिक्वाटरफाइनलको दोस्रो लेगमा नेदरल्याण्ड्सको क्लब आयाक्ससँग ४–१ को हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको हो।

च्याम्पियन्स लिग : एथ्लेटिको मड्रिडद्वारा युभेन्टस पराजित

युरोपियन च्याम्पियन्स लिग अन्तर्गत प्रिक्वाटरफाइनलको पहिलो लेगमा इटालियन क्लब युभेन्टस स्पेनिस क्लब एथ्लेटिको मड्रिडसँग २–० ले पराजित भएको छ।

चेल्सीलाई स्तब्ध पार्दै म्यानचेष्टर युनाइटेड एफए कपको क्वाटरफाइनलमा

चेल्सीलाई स्तब्ध पार्दै म्यानचेष्टर युनाइटेड एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। सोमबार राति चेल्सीको घरेलु मैदानमा सम्पन्न खेलमा मिडफिल्डर पाउल पोग्बाको उत्कृष्ट प्रदर्शनमा युनाइटेडले चेल्सीलाई २–० ले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्यो।

च्याम्पियन्स लिग : आयाक्समाथि रियल मड्रिडको संघर्षपूर्ण जित

च्याम्पियन्स लिग फुटबल अन्तर्गत प्रिक्वाटरफाइनलको पहिलो लेगमा साविक विजेता रियल मड्रिडले नेदरल्याण्ड्सको क्लब आयाक्सलाई संघर्षपूर्ण खेलमा २–१ ले पराजित गरेको छ।

पुनरागमन जितका साथ बार्सिलोना कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा

बार्सिलोनाले स्पेनिस कोपा डेल रे फुटबलमा उत्कृष्ट पुनरागमन गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको छ। बिहीबार राति घरेलु मैदानमा सम्पन्न खेलमा बार्सिलोनाले लेभान्टेलाई ३–० ले पराजित गर्दै समग्रमा खेल ४–२ ले आफ्नो पक्षमा पार्दै अघिल्लो चरणमा स्थान बनायो।

बार्सिलोनालार्इ बराबरीमा राेक्दै टोटेनह्याम च्याम्पियन्स लिगको प्रि क्वाटरफाइनलमा

च्याम्पियन्स लिग फुटबलको समूह ‘बी’ बाट स्पेनिस क्लब बार्सिलोना विजेता र इङ्लिस क्लब टोटेनह्याम उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेका छन्।

युभेन्टस च्याम्पियन्स लिगको नकआउट चरणमा

इटालियन क्लब युभेन्टस स्पेनिस क्लब भ्यालेन्सीयालाई १–० ले पराजित गर्दै च्याम्पियन्स लिग फुटबलको प्रि क्वाटरफाइनलमा प्रवेश गरेको छ।

ब्याड्मिन्टनमा उत्साहजनक सफलता

इन्डोनेसियामा जारी १८ औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत ब्याडमिन्टनको पुरुष टिम इभेन्ट्समा नेपाल क्वाटरफाइनलमा प्रवेश गरेको छ।

इंग्ल्याण्डका लागि स्विडेन तगारो बन्ला? रुसले क्रोएसियालाई घर पठाउला? (भिडियो)

इंग्ल्याण्डका लागि स्विडेन तगारो बन्ला? आयोजक रुसले क्रोएसियालाई घर पठाउला? खेल पूर्वको समिक्षाकाे भिडियो सामग्री हेर्नुहोस् ।रुस विश्वकप २०१८ अन्तर्गत आज क्वाटर फाइनलका अन्तिम दुई खेल हुँदैछन् । साँझ पौने ८ बजे इंग्ल्याण्ड विरुद्ध स्विडेन र राति पौने १२ बजे रुस विरुद्ध क्रोएसिया भिड्दैछन्।

विश्वकप : स्पेनलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेपछि रुसमा खुसियाली

रुसको राजधानी मस्कोमा जारी विश्वकप फुटबलमा आइतबार स्पेन र रुसबीच भएको खेलमा रुस विजयी भएपछि रुसभरि खुशियाली छाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्