२२ असार २०८१ शनिबार
image/svg+xml
खेल

पिएसजीलाई हराउँदै म्यानचेस्टर युनाइटेड च्यााम्पियन्स लिगको क्वाटरफाइनलमा

काठमाडौं – इङ्लिस क्लब म्यानचेष्टर युनाइटेड अवे गोलका आधारमा च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। बुधबार राति सम्पन्न प्रिक्वाटरफाइनलको दोस्रो लेगमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई ३–१ ले पराजित गर्दै युनाइटेड समग्रमा ३–३ को नतिजा सहित अवे गोलका आधारमा अन्तिम ८ मा प्रवेश गरेको हो।

पहिलो लेगमा २–० ले पराजित भएको युनाइटेडले पिएसजीको घरेलु मैदानमा दोस्रो लेगमा उत्कृष्ट कमब्याक गर्न सफल भयो। युनाइटेडको जितमा रोमेलु लुकाकुले २ तथा मार्कुस रास्फोर्डले १ गोल गरे। पराजित टोलीका लागि जुआन बेर्नाटले एक गोल फर्काए।

खेल सुरु भएको दोस्रो मिनेटमा नै लुकाकुले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। १२ औं मिनेटमा एमबाप्पेको पासमा बेर्नाटले पिएसजीका लागि बराबरी गोल फर्काए। तर, ३० औं मिनेटमा फेरी लुकाकुले गोल गर्दै युनाइटेडलाई पुनः अग्रता दिलाए। रास्फोर्डले लामो दुरीबाट गरेको प्रहारलाई गोलरक्षक जियानलुइजी बुफोनले क्लियर गर्न नसक्दा त्यसमा लुकाकुले गोल गरेका थिए।

पहिलो हाफमा २–१ को अग्रता दिएको युनाइटेडले इन्ज्युरी समयमा पेनाल्टीमार्फत गोल गर्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो। युनाइटेडका खेलाडीले प्रहार गरेको बल डिबक्समा रहेका पिएसजीका खेलाडीको हातमा लागेपछि भार प्रणालीबाट युनाइटेडले पेनाल्टी पाएको थियो र त्यसलाई रास्फोर्डले गोल गर्न सफल भए।

पछिल्लो दुई संस्करणमा प्रिक्वाटरमाथि उक्लन नसकेको युनाइेटडका लागि प्रशिक्षक गुनर भाग्यमानि सावित भएका छन्। युनाइेटडले लगातार २१ अवे खेलमा जित निकाल्न सफल भएको छ।

त्यस्तै राति नै भएको अर्को खेलमा इटालियन क्लब रोमालाई हराउँदै पोचुगीज क्लब पोर्टो पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ। घरेलु मैदानमा सम्पन्न दोस्रो लेगमा भिडियो एसिस्टेन्ट रेफ्रिको सहायताले रोमालाई समग्रमा ४–३ ले हराउँदै पोर्टो अन्तिम आठमा प्रवेश गरेको हो। पहिलो लेगमा २–१ ले हार ब्यहोरेको पोर्टो बुधबार राति भारको सहयोगमा अन्तिम समयमा पेनाल्टी पाएपछि अन्तिम आठमा स्थान बनाउन सफल भयो। 

पोर्टोको जितमा फ्रान्सिस्को सोआरेस, मौसा मारेगा र एलेक्स टेल्सले गोल गरे। यता, रोमाका ड्यानियल रोसीले एक गोल फर्काए। पोर्टोले निर्धारित समय २–१ को जित निकाल्दा समग्रमा खेल ३–३ को बराबरी हुँदा खेल अतिरिक्त समयमा गएको थियो। अतिरिक्त समयको अन्तिम मिनेटमा एलेक्सले पेनाल्टीमा गोल गर्दै पोर्टोलाई जित दिलाए। पोर्टो सन् २०१४–१५ को सिजनपछि क्वाटरफाइनल पुग्ने पहिलो पोर्चुगीज टोली बनेको छ।

प्रकाशित: २३ फाल्गुन २०७५ ०४:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App