१७ असार २०८१ सोमबार
image/svg+xml

आहा–रारा गोल्डकपः आर्मी क्वाटरफाइनलमा

पोखरा रङ्गशालामा बुधवार भएको खेलमा आर्मीले राइजिङ स्टार क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो।

पेनाल्टी सुटआउटबाट धनगढी फाइनलमा

रोमाञ्चक पहिलो क्वालिफायरमा सोमबार दशरथ रंगशालामा पोखरा थन्डर्सले निर्धारित, अतिरिक्त समय र पेनाल्टी सुटआउट गरी तीन पटकसम्म अग्रता लिए पनि जोगाउन सकेन। धनगढीले उत्कृष्ट पुनरागमन गर्दै लगातार दोस्रोपल्ट उपाधि भिडन्त तय गर्‍यो।

थप रोचक बन्दै प्लेअफ होड

धनगढी ६ खेलबाट १२ अंकसहित शीर्ष स्थानमा यथावत् छ। तर, धनगढीले समान ६ खेलबाट ११ अंक जोड्दै दोस्रो स्थानमा रहेको पोखरा थन्डर्सविरुद्ध अंकदूरी बढाउने अवसर भने गुमाउन पुग्यो।

थ्री स्टार जोगिँदा एपिएफ रेलिगेसनमा

कप्तान विक्रम लामाको पेनाल्टी गोलमा थ्री स्टार क्लबले जावलाखेल युथ क्लबमाथि १–० को जितसहित सहिद स्मारक ‘ए’ डिभिजनको हैसियत जोगाउँदा विभागीय क्लब एपिएफ शीर्ष डिभिजनबाट घटुवा भएको छ।

बराबरीमा रोकियो न्युक्यासल

न्युक्यासल युनाइटेड इङ्लिस प्रिमियर लिगमा शनिबार रेलिगेसन क्षेत्रबाट जोगिन संघर्ष गरिरहेको लिड्स युनाइटेडसँग २–२ गोलको बराबरीमा रोकिएको छ।

पेनाल्टी असफल हुँदा सिटीलाई धक्का

रियाद महारेजले अन्तिम समयमा प्राप्त पेनाल्टीको सदुपयोग गर्न नसक्दा म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिग उपाधिरक्षाको लक्ष्यमा धक्का लागेको छ। आइतबार सम्पन्न खेलमा सिटी वेस्टह्यामसँग २–२ को बराबरीमा रोकिएको हो।

फाइनलमा सालाह–माने आमनेसामने

क्यामरुनका तीन खेलाडी लगातार पेनाल्टी सुटआउटमा गोल गर्न असफल भएपछि इजिप्टका कप्तान सालाह पेनाल्टी हान्न जान परेन। यसअघि निर्धारित समय र अतिरिक्त ३० मिनेटमा पनि दुवै टोली गोल गर्न असफल भएका थिए। पेनाल्टी सुटआउटमा इजिप्टका गोलकिपर मोहम्मद अवोउ गावाल नायक साबित भए। उनले हरोल्ड मौकान्डी र जेम्स ली सिलिकीको प्रहार रोकेका थिए। क्यामरुनका क्लिन्टन नेजईको प्रहार बाहिरिएको थियो।

चेल्सीको जितमा गोलकिपर नायक

चेल्सी र साउथह्याम्पटनबीचको निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटतर्फको प्रतिस्पर्धाबाट चेल्सी ४–३ ले विजयी भएको हो। चेल्सीलाई अघिल्लो चरणमा पुर्‍याउने क्रममा गोलकिपर केपा अरिजाबालागा नायक बने।

रोनाल्डोले गरे दाईको कीर्तिमान बराबरी

फ्रान्सविरुद्ध पेनाल्टीबाट बुधबार दुई गोल गरेका रोनाल्डोले राष्ट्रिय टोलीका लागि १ सय नवौं गोल पूरा गर्दा अली दाईको कीर्तिमानसँग बराबरी भएको हो।

बार्सिलोनाले अझै आत्मविश्वास गुमाएको छैन

लियोनल मेसीले अन्तिम समयमा गरेको पेनाल्टी गोलमा रियाल सोसिडाडमाथि कठिन जित हात पारे पनि बार्सिलोनाका प्रशिक्षक क्विके सेटियनले आफ्नो टोलीले अझै आत्मविश्वास नगुमाएको बताएका छन्।

हिमालयन शेर्पा सेमिफाइलमा

गोर्खा ब्वाइजलाई पेनाल्टी सुटआउटमा निराश पार्दै हिमालयन शेर्पा क्लब धनगढीमा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ।

पेनाल्टी सुटआउटबाट सुनौलो संगम बाहिर

कप्तान मोहन थापा पेनाल्टी सुटआउटमा गोल गर्न चुकेको दिन सुनौलो संगम क्लब धनगढीमा जारी चौथो नेपाल आइस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको पहिलो चरणबाटै बाहिरिएको छ।

पेनाल्टी सुटआउटमा कञ्चनजंघा भाग्यशाली

बागमती एफसीलाई पेनाल्टी सुटआउटमा निराश पार्दै भारतकोे कञ्चनजंघा फुटबल क्लब धनगढीमा जारी चौथो नेपाल आइस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको क्वार्टरफाइनल प्रवेश गरेको छ।

हिमालयन शेर्पा फाइनलमा

च्यासललाई २–१ गोलअन्तरले हराउँदै हिमालयनल शेर्पा क्लब पूर्वी मकवानपुरको बागमती गाउँपालिका ८, फापरबारीमा जारी तेस्रो बागमती गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्