५ आश्विन २०८१ शनिबार
image/svg+xml

मोटरसाइकल दुर्घटनामा वडाध्यक्ष गम्भीर घाइते

बैतडीको पुर्चौडी नगरपालिका वडा नं.४, भटनाका वडाध्यक्ष एवम् नगरपालिकाका प्रवक्ता गौतमप्रसाद भट्ट मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका छन्। बुधबार साँझ नगरपालिकाबाट घर जाने क्रममा  मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ।

मोटरसाइकल चोरी गर्ने गिरोहका पाँच पक्राउ

मोटरसाइकल चोरी गर्ने गिरोहका पाँच जनालाई बारा प्रहरीले सोमबार पक्राउ गरेको छ। नेपाल–भारतको विभिन्न ठाउँबाट मोटरसाइकल चोरी गरी नेपाल तथा भारतमा बिक्री गर्ने ती गिरोहका व्यक्तिलाई पक्राउ गरेको प्रहरी प्रवक्ता रञ्जितसिंह राठौरले जानकारी दिए।

बाबुुराम पाण्डे हिरो लक्की ड्र विजेता

नेपालका लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङको हिरोडपति नयाँ वर्ष योजना लक्की ड्रअन्तर्गत बुटबलका बाबुुराम पाण्डेले एक लाख नगद जितेका छन् ।

माइतीघरमा कारसँग मोटसाइकल ठोक्कियाे, एकको मृत्यु

माइतीघरमा कारसँग मोटरसाइकल ठोक्किदा एक जनाको ज्यान गएको छ। शुक्रबार राती थापाथलिबाट माइतीघर आइरहेको बा १७ च ४३८४ कारसँग पछाडिबाट आइरहेको बा ७२ प ९५७१ नम्बरको मोटरसाइकल ठोक्किदा बानेश्वर बस्ने २३ वर्षका आयुष राज पाण्डे र मोटरसाइकलको पछाडि बस्ने सन्तोष भण्डारी गम्भीर घाइते भएका थिए।

मोटरसाइकलको ठक्करबाट ५ बर्षीया बालिकाको मृत्यु

पृथ्वी राजमार्ग अन्तर्गत म्याग्दे गाउँपालिका १ तल्लो गुणादीमा मोटरसाइकलले ठक्कर दिँदा पाँच बर्षीया बालिकाको मृत्यु भएको छ। पोखराबाट दमौली जाँदै गरेको ३–०२–००६ प २५२६ नम्बरको मोटरसाइकलले सडक छेउमा हिडिरहेकी स्थानीय निशा आलेलाई ठक्कर दिँदा मृत्यु भएको हो।

मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

प्रहरीले मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त जगाती र ठिमी भक्तपुरले भक्तपुरका बिभिन्न स्थानमा चोरी भएका मोटरसाइकलहरुको खोजी तथा अनुसन्धान गर्दै जाने क्रममा मोटरसाइकल चोरी, बिक्रीवितरण तथा चोरीका मोटरसाइकल प्रयोग गर्ने ६ जनालाई पक्राउ गरेको हो।

मोटरसाइकलमा दुई हेलमेट योजना तत्काल कार्यान्वयन नहुने

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा दुई पांग्रे सवारीमा यात्रुले पनि अनिवार्य हेलमेट लगाउनुपर्ने योजना तत्काल कार्यान्वयन नहुने स्पष्ट पारेको छ।

मोटरसाइकलमा बस्नेलेसमेत हेलमेट लगाउनुपर्ने

काठमाडौं उपत्यकामा दुई पांग्रे सवारी साधन मोटरसाइकल र स्कुटरको पछाडि बस्नेले समेत हेलमेट लगाउनुपर्ने भएको छ।

मोटरसाइकलको पछाडि बस्नेलेसमेत हेलमेट लगाउनुपर्ने (भिडियाे)

काठमाडौँ उपत्यकामा दुई पांग्रे सवारी साधन मोटरसाइकल र स्कुटरको पछाडि बस्नेले समेत हेलमेट लगाउनुपर्ने भएको छ। आइतबार महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै दुई पांग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) पछाडि बस्नेले समेत हेलमेट लगाउनुपर्ने नियम सुरु गर्न लागेको जानकारी दिएको हो।

काठमाडौं मल अगाडि पानी ट्यांकरले ठक्कर दिँदा युवतीको मृत्यु

काठमाडौँ मल आगाडि पानी ट्यांकरले एक मोटरसाइकललाइ ठक्कर दिएको छ। ठक्कले मोटरसाइकलमा सवार युवतीको घटनास्थलमै मृत्यु भएको छ।

कतै तपाइँको मोटरसाइकल असुरक्षित ठाउँमा त पार्किङ छैन ?

चोरहरुले पार्टपूर्जा परिवर्तन गरेर मोटरसाइकल चलाउने गरेकाले तपाइँको मोटरसाइकल भेटिने सम्भावना कम छ। काठमाडौँ उपत्यकामा मोटरसाइकल चोरी गरेर पार्टपूर्जा परिवर्तन गर्ने चोरहरु सक्रिय छन्।

भारतीय मोटरसाइकलमा सवार नेपाली महिलाको मृत्यु

जिल्लाको दक्षिणी भारतीय सीमावर्ती गाउँमा मोटरसाइकल दुर्घटना हुँदा शनिबार दिउँसो एक महिलाको मृत्यु भएको छ।

चोरीको मोटरसाइकलसहित पक्राउ

चोरी भएको बा७८प ४८२० नम्बरको मोटरसाइकलसहित प्रहरीले काठमाडौं बसुन्धारा बस्ने दोलखा देउराली गाउँपालिका–८ का २२ वर्षीय मोहनलाल श्रेष्ठलाई पक्राउ गरेको छ।

दुर्घटनामा दुईको मृत्यु

पृथ्वी राजमार्गअन्र्तगत धादिङको गल्छी गाउँपालिका–४ बेल्खु खोलामा बुधबार दिउँसो सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। चितवनबाट काठमाडौंतर्फ जाँदै गरेको बा९७प २५३८ नम्बरको मोटरसाइकल र काठमाडौंबाट नवलपरासीतर्फ आउँदै गरेको बा४ख ५१०३ नम्बरको माइक्रो बस आपसमा ठोक्किएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्