३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml

तीन पुस्तादेखिको कटुवाल पेसा धान्दै मनबहादुर

गोरखाको बारपाक सुलिकोट गाउँपालिका–६ स्थित माइकोट कोर्थोकका मनबहादुर दर्जीले कटुवाल पेसा गर्दै आएको करिब तीन दशकभन्दा बढी भइसक्यो। हजुरबुबा र बुबाले गरेको पेसालाई पछ्याउँदै उनी पनि उमेरमै कटुवाल पेसामा जोडिए।

बुढ्यौलीमा एक्लोपन हटाउन गोठमै मितेरी साइनो...

जीविकोपार्जनका लागि धवलागिरि गाउँपालिका–५ मल्कबाङको भेडीगोठमा काम गर्न आएका घलेले घुम्ती गोठमै भैँसीपालन गर्दै आएका तुलाचनसँग मीत लगाएका हुन्।

वैशाख १२

यत्तिले अझै पुगेको छैन,आम व्यवस्था र कार्य शैलीको,प्रबलीकरण गर्नुपर्नेछ,टाल्नुपर्ने छ व्यवस्थामा भएका छिद्रहरू,उठ्नु छ/उठाउनु छ यो देशको सान, उठेझैं सगरमाथाको उचाइ!

गोरखा भूकम्प स्मृति दिवस मनाइँदै

विसं २०७२ वैशाख १२ गते शनिबार ११ बजेर ५६ मिनेटमा (आजकै दिन) गोरखाको बारपाक केन्द्रविन्दु भएर ७ दशमलव आठ म्याग्निच्युटको गोरखा भूकम्प गएको थियो। उक्त दिन र त्यसपछि आएका भूकम्पले ठूलो धनजनको क्षति भएको थियो। आज त्यही दिनको सम्झनामा विभिन्न सचेतनामूलक कार्यक्रम गरिँदैछ। काठमाडौँलगायत देशका विभिन्न क्षेत्रसहित भूकम्पको केन्द्रविन्दु बारपाकमा समेत स्मृति दिवस कार्यक्रम हुँदैछन्।

४ करोड ३७ लाखमा ‘चिटिक्क’ बन्यो मण्डली स्कुल

चार करोड ३७ लाखमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नं ७ बालुवामा मण्डली आधारभूत विद्यालयको भवन निर्माण भएको छ।

बारपाक–लाप्राक सडक अलपत्रः कार्यालयलाई टेर्दैनन् ठेकेदार

सडक निर्माण छिटो पुरा गर्न आफुले पूर्वाधार कार्यालय, जिल्ला प्रशासन र निर्माण ब्यवशायीलाईपनि बारम्बार भन्ने गरेको उनले बताए। निर्माण ब्यवशायीले काम हुन्छ भन्ने तर नगर्ने गर्दा बारपाक लाप्राक सडक अलपत्र छ।

नेपाली सेनाद्वारा विद्यालयमा घेराबार

बारपाक सुलिकोट गाउँपालिका ६ को माईकोट माध्यामिक विद्यालयमा नेपाली सेनाले घेराबार लगाइदिएको छ।

७ वर्षमा ८ किलोमिटर सडक कालोपत्रे नगर्नेलाई म्याद थपिँदै

२०७२ असार ३१ गते ठेक्का लागेको यो सडक सम्झौता गरेको सात वर्षमा पनि निर्माण कम्पनीले पूरा गर्न सकेको छैन। उक्त सडक खण्डमा अझै २० प्रतिशत भन्दा बढी काम बाँकी छ। सम्झौता भएको मितिले दुई वर्षभित्र सक्नुपर्ने योजना यही गतिमा काम हुने हो भने पूरा गर्न अझै दुई वर्ष लाग्छ।

गोरखा बजार र बारपाकको ढल व्यवस्थापन अन्यौलमा

पहिलो पटक ‘मेगा प्रोजेक्ट’ को रुपमा सञ्चालन गर्न लागिएको गोरखा बजार र बारपाक (ठूलोगाउँ) को ढल व्यवस्थापनको काम अन्यौलमा पुगेको छ।

बारपाक सुलिकोट गाउँपालिकामा माओवादी केन्द्र विजयी

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्।

बारपाक सडकको काम छाडेर ठेकेदार बेपत्ता

बाह«किलोदेखि बारपाकसम्मको सडक दुईवर्ष अघि कालोपत्रे भईसक्नु पर्ने हो। तर, अहिले पनि सडकमा बुङ्बुङ्ती धुलो उँड्छ। निर्माण व्यवसायीले समयमै काम नगर्दा सडक अलपत्र छ। पक्की सडकामा यात्रा गर्ने बारपाकीको सपना निर्माण व्यवसायीकै कारण पुरा हुन सकेको छैन।

बारपाक सुलिकोट गाउँपालिका सर्वोत्कृष्ट

गोरखा जिल्लाका स्थानीय तहहरुमध्ये बारपाक सुलिकोट गाउँपालिका सर्वोत्कृष्ट गाउँपालिका बन्न सफल भएको छ ।

बारपाक जोड्ने पक्किपुल दरौँदीको बाढीले भत्कियो

गोरखाको बारपाक र अजिरकोट गाउँपालिका ४ बालुवा जोड्ने दरौँदी नदीमाथिको पक्किपुल भत्किएको छ।

दरौंदीले जेसिभी बगायो, बारपाक सडक अवरुद्व

ब्याकुलोडर बाढीले बगाएर तीनसय मिटर तल पुर्‍याएको सवारी धनी ताराबहादुर खड्काले बताए। खोलाले धार परिर्वतन गर्दा मेसिन बगाएको उनले बताए। यस्तै लगातारको वर्षापछि दरौंदी नदीमा आएको बाढीले बारपाक सडक अवरुद्व भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्