२३ भाद्र २०८१ आइतबार
image/svg+xml

रमेश कर्पको भारतीय कम्पनीसँग साझेदारी

टाइल्स उत्पादन गर्न नेपालको व्यापारिक समूह रमेश कर्पले भारतको कजारिया सेरामिक्ससँग साझेदारी गर्ने भएको छ।

'दुई वर्षपछि विद्युतमा आत्मनिर्भर हुन्छौँ'

‘२ वर्षपछि हामी विद्युतमा आत्मनिर्भर हुन्छौं। मैले भनिराखेको छु–५ वर्षपछि हामी वार्षिक २ खर्ब रुपैयाँ बराबरको विद्युत निर्यात गर्छौं। त्यो आन्तरिक खपत बढाएर हो। आन्तरिक खपत बढाउनका लागि जनचेतनाको अभिवृद्धि र पूर्वाधार विकासमा हामीले जोड दिएका छौं।’

यार्सागुम्बा ह्विस्की जापान निर्यात

नेपाली बजारमा विदेशी मदिराको वर्चस्व रहेको अवस्थामा यहाँको एक मदिरा उत्पादक कम्पनीले यार्सागुम्बा ह्विस्की विदेश निर्यात सुरु गरेको छ।

आयल निगमको नमूना पेट्रोल पम्प

नेपाल आयल निगम लिमिटेडले आफ्नै लगानीमा बाँकेको नेपालगन्ज उपमहानगरपालिका आदर्शनगरमा नमूना पेट्रोल पम्प सञ्चालनमा ल्याएको छ।

टेलिकमको ब्रान्ड एम्बेसडरमा महजोडी

महजोडीको रूपमा चिनिएका कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई नेपाल टेलिकमले ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ।

श्रीराजदेवीको नयाँ कीटाणुनाशक बजारमा

श्रीराजदेवी इन्टरनेसनल प्रालिले भोलाभेला नामक नयाँ कीटाणुनाशक औषधि नेपाली बजारमा बिक्री सुरु गरेको छ।

नागरिक लगानी कोषको भवन हस्तान्तरण

सहरी विकास तथा भवन निर्माण विभागले नागरिक लगानी कोषको नवनिर्मित भवन हस्तान्तरण गरेको छ कोषको २९औं वार्षिकोत्सवको अवसरमा २०७५ चैत ४ गते अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पूर्वपट्टिरहेको कोषको ६रोपनी जमिनमा सो भवनको तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले शिलान्यास गरेका थिए।

मन्डेकाजी जर्मनी जाँदै

१३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण विजेता कराते खेलाडी मन्डेकाजी श्रेष्ठले जर्मनीमा हुने चिम्निज ओपन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्नेछन्।

नेपाल फाइनान्सको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

नेपाल फाइनान्सले प्रभु क्यापिटललाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। सो नियुक्तिसम्बन्धी सम्झौतामा नेपाल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलिया तथा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन्।

गल्फसँग पनि जोडियो केल्मी

फुटबलबाट नेपाली खेलकुद क्षेत्रमा खेलपोसाक प्रदान गर्दै आएको केल्मी नेपाल पछिल्लो समय अन्य खेलसँग पनि जोडिँदै आएको छ।

निगमले पूर्वाधार निर्माणमा फड्को मार्दैछ

नेपाल आयल निगम मुलुकमा इन्धनको आयात तथा बिक्री वितरण गर्न स्थापना भएको सरकारी स्वामित्वको कम्पनी हो। निगमको प्रबन्ध निर्देशकमा सुरेन्द्रकुमार पौडेल नियुक्त भएर आएपछि इन्धन भण्डारणका लागि पूर्वाधार निर्माणलाई उच्च प्राथमिकताका साथ अघि बढाएका छन्।

‘हामी स्टिल र सिमेन्टमा आइएसओ स्ट्यान्डर्डकै उत्पादन गर्न सक्षम छौं’

मुलुकमा ठूला व्यावसायिक घरानाको संख्या धेरै छैन। त्यसै त सानो मुलुक र सानै अर्थतन्त्र भएको, त्यसमाथि भीमकाय अर्थतन्त्र बोकेका दुई छिमेकी मुलुक भारत र चीनबीच बसेर उद्योग सञ्चालन गर्नु कम चुनौतीको विषय होइन। छिमेकीकै कारण नेपालमा उद्योगधन्दा खोल्नु र चलाउनुभन्दा व्यापारमा लाग्नु बुद्धिमानी हो भन्ने व्यवसायी पनि कम छैनन्। त्यसैले होला पछिल्लो समय मुलुकमा उद्योगभन्दा व्यापारमा रमाउनेको संख्या बढिरहेको छ।

‘पोहोर मंसिर भन्दा यसपालि कम विद्युत् ट्रिपिङ’

प्राधिकरणको तथ्यांअनुसार, विद्युत्को माग सबैभन्दा बढी हुने काठमाडौं उपत्यकामा यस वर्ष मंसिरमा तीन सय ४७ पल्ट ट्रिपिङ भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्