१२ मंसिर २०८१ बुधबार
image/svg+xml

इरानी राष्ट्रपतिसँगको भेटघाट टुङ्गो लागेको छैन– ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी साता संयुक्तराष्ट्र संघ महासभाको बैठकका क्रममा इरानी राष्ट्रपतिसँग भेटघाट हुन सक्ने सम्भावना रहेको बताएका छन्। तर उनले भेटघाटको औपचारिक कार्यक्रम अझैसम्म तय भइनसकेको जानकारी दिए।

खाडी क्षेत्रको सुरक्षा हामी गर्छौं–इरान

संयुक्तराज्य अमेरिकाले आफ्ना गठबन्धन अरब राष्ट्रहरुको सहयोगका लागि भन्दै खाडी क्षेत्रमा आधुनिक उपकरण सहित थप सैनिक तैनाथ गर्ने घोषणा गरेसँगै इरानको यस्तो प्रतिक्रिया आएको हो।

सिरियामा हवाई आक्रमणमा परी १८ जनाको मृत्यु

पूर्वी सिरियामा इरान समर्थक सेना र नागरिक सेना आखाडालक्षित भएको हवाई आक्रमणमा परी १८ लडाकू मारिएका सिरियामा जारी द्वन्द्वलाई निरीक्षण गरिरहेका मानव अधिकारवादी समूहले जानकारी दिएको छ।

अमेरिकासँग वार्ताका लागि प्रतिबन्ध हटाउनुपर्ने पूर्व शर्तः इरानी राष्ट्रपति

अमेरिकासँग वार्ताका लागि इरानविरूद्ध उसले लगाएको प्रतिबन्धहरू हटाउनुपर्ने पूर्व शर्त तेहरानको रहेको इरानी राष्ट्रपति हसन रौहानीले मङ्गलबार बताएका छन् ।

इरानी ट्यांकर जफत गर्न अमेरिकाको पक्राउ पुर्जी

जिब्राल्टरले आफ्नो नियन्त्रणमा रहेको एउटा इरानी तेल ट्यांकरलाई रिहा गर्ने निर्णय गरेको भोलीपल्ट अमेरिकाले त्यसलाई जफत गर्न पक्राउ पुर्जी जारी गरेको छ।

अध्यागमनलाई झुक्याउँदै इरानी

विभागले राहदानी नक्कली हो कि सक्कली भनी छुट्याउन नसक्दा दुई इरानी नेपाल घुमेर भारत पुगे। भारतमै उनीहरुको राहदानी नक्कली भएको खुलेको हो।

इरानी विदेशमन्त्रीमाथि अमेरिकी प्रतिबन्ध, अमेरिका डरायो– इरान

संयुक्तराज्य अमेरिकाले इरानी विदेशमन्त्री मोहम्मद जावाद जरिफमाथि बुधबार प्रतिबन्धहरु लगाउने घोषणा गरेको छ। अमेरिकी प्रतिबन्धहरुमा विदेशमन्त्री जरिफको संयुक्तराज्य अमेरिकामा रहेको वा अमेरिकी संस्थाहरुको नियन्त्रणमा रहेको सम्पत्ति रोक्का गरिनुका साथै जरिफको अन्तर्राष्ट्रिय भ्रमणलाई सीमित गरिने छ।

इरानी विदेशमन्त्रीमाथि अमेरिकी प्रतिबन्ध

संयुक्तराज्य अमेरिकाले इरानी विदेशमन्त्री मोहम्मद जावाद जरिफमाथि बुधबार प्रतिबन्धहरु लगाउने घोषणा गरेको छ।

इरानद्वारा कब्जामा लिएका नौ जना भारतीयलाई रिहा

इरानले यही जुलाई १४ मा पानामाको ध्वजावहाक तेल ट्याङ्करलाई कब्जामा लिँदा नियन्त्रणमा लिएका १२ जना भारतीय नागरिकमध्ये नौ जनालाई रिहा गरेको भारतीय विदेश मन्त्रालयले शुक्रबार जनाएको छ।

भारतीय नागरिक रिहा गर्न भारतद्वारा इरानलाई आग्रह

बेलायती ट्याङ्करसँगै नियन्त्रणमा लिइएका भारतीय नागरिकलाई रिहा गर्न नयाँ दिल्लीले इरानसँग आग्रह गरेको छ।

चिनियाँ कम्पनीमाथि प्रतिबन्ध सच्याउन अमेरिकालाई चीनको आग्रह

इरानको आणविक कार्यक्रम आपूर्ति सञ्जालमा सम्लग्न रहेको आरोपमा चिनियाँ कम्पनीमाथि लगाएको प्रतिबन्ध सच्याउने वासिङ्टनसँग औपचारिक विरोध दर्ता गरिएको बेइजिङले शुक्रबार जनाएको छ।

मानवरहित विमान सुरक्षित फर्केको इरानको दाबी

अमेरिकाले इरानको मानवरहित विमान (ड्रोन) खसालेको भनी गरेको दाबी इरानको सशस्त्र बलले अस्विकार गरेको छ।

इरानले आणविक प्रतिवद्धताबाट विस्तारैे पछि हट्नुपर्छः खामेनी

इरानले सन् २०१५ मा अमेरिकासहित विश्व शक्ति राष्ट्रहरूसँग भएको सम्झौतामा गरिएका प्रतिवद्धतालाई क्रमशः छोड्दै जाने इरानी सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले मङ्गलबार बताएका छन्।

अमेरिकासँग वार्ता गर्न तयार रहेको इरानी राष्ट्रपतिको भनाई

इरानका विरुद्धमा लगाइएको नाकाबन्दी हटाउने हो भने इरान अमेरिकासँग वार्ताको टेबलमा बस्न तयार रहेको इरानी राष्ट्रपति हसन रौहानीले बताएका छन्। उनले भने– यदि अमेरिकाले इरानका विरुद्धमा लगाइएका नाकाबन्दीहरुलाई हटाउँछ भने हामी उनीहरुसँग वार्ताको टेबलमा बस्न तयार छौँ।

इरानले भन्योः बेलायती तेल ट्यांकरमा आक्रमण गरिएको छैन्

इरानको क्रान्तिकारी गार्ड (सेना)ले बेलायती तेल ट्यांकरलाई होर्मुज स्ट्रेटमा अबरुद्ध नगरेको स्पष्ट गरेको छ। बेलायती तेल ट्याँकरलाई इरानी गार्डले आक्रमण गरी नियन्त्रणमा लिन खोजेको भन्ने बेलायती भनाइमा सत्यता नरहेको पनि इरानले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्