९ मंसिर २०८१ आइतबार
image/svg+xml

‘लायकु प्रवेशद्वार’को आधुनिक निर्माण रोक्न पुरातत्त्वको चौथो निर्देशन

पुरातत्त्व विभागले बनेपाको ऐतिहासिक लायकु प्रवेशद्वारको प्राचीनता मासेर भएको आधुनिक निर्माण रोक्न चौथो पटक लिखित निर्देशन दिएको छ।

एबिसी पदयात्रामा पाहुना खचाखच

अन्नपूर्ण बेस क्याम्प (एबिसी) पदमार्गको प्रवेशद्वार मानिने घान्द्रुकभन्दा माथि आधार शिविरसम्म अहिले स्वदेशी तथा विदेशी पाहुनाको भीडभाड छ।

रोकिएन नदी दोहन

कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार भेरीगंगा नगरपालिकाको छिन्चु बजार र आसपासका गाउँको पानीको मुख्य स्रोत छिन्चु खोला हो।

पर्यटकीय सम्भावनाले भरिपूर्ण गुराँस गाउँपालिका

बाह्रै महिना सिरोटो हावा चलिरहने पर्यटकीय सम्भावनाले भरिपूर्ण गुराँस गाउँपालिकाबाट प्राकृतिक सौन्दर्यतासँगै विभिन्न हिमाल अवलोकन गर्न सकिन्छ।

सुदूरपश्चिमको प्रवेशद्वारले मुहार फेर्दै

वर्षौंदेखि कुरूप अत्तरिया चोकले यसपटक मुहार फेर्न थालेको छ। सुदूरपश्चिम प्रदेशका सबै जिल्लाको प्रवेश द्वार रहेको अत्तरिया चोक यसअघि दुर्घन्धित हुनुका साथै खाल्डा खुल्डीले कुरूप अत्तरिया अब भने ‘चिटिच्याट्ट’ हुने भएको छ।

नेपाल प्रवेशद्वारमा एक सय दश फिट अग्लो राष्ट्रीय ध्वजास्तम्भ

पाँच वर्ष अगाडि आफूले धर्ना र प्रदर्शन गरी ३ महिनासम्म बन्द गराएको वीरगन्जको नाकामा पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवले एक सय दश फिट अग्लो टावर स्थापना गरी राष्ट्रिय झण्डा फहराएका छन् ।

मापदण्डविपरीत प्रवेशद्वार

बर्दिया र कैलालीको सिमानामा पर्ने चिसापानीस्थित पूर्वपश्चिम राजमार्गमा प्रवेशद्वार (गेट) सडक अतिक्रमण गरी निर्माण भइरहेको पाइएको छ।

मझुवागढी जान पदमार्ग

पर्यटन प्रवर्धनका लागि खोटाङको धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी जाने प्रवेशद्वार र पदमार्ग उद्घाटन गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी तथा कालिका भगवती मन्दिर जाने पदमार्ग र प्रवेशद्वार उद्घाटन गरिएको हो।

सामाजिक सुरक्षाको रकमबाट १०४ वर्षीया वृद्धाले निर्माण गरिन् प्रवेशद्वार

सामाजिक सुरक्षा भत्ताको रकमले बैतडीकी एक वृद्धाले मन्दिरको प्रवेशद्वार निर्माण गरेकी छन्। मेलौली नगरपालिका–१, आगर बसाडीकी १०४ वर्षीया चाखुडी चन्दले भत्ताको रकमबाटा प्रवेशद्वार बनाएकी हुन्।

खप्तड प्रवेशद्वार बगलेगमा चैतदेखी ‘होमस्टे’

खप्तडको प्रवेशद्वारको रुपमा रहेको बगलेगमा चैत महिनादेखी ‘होमस्ट’ संचालन गरिने भएको छ। पूर्विचौकी गाउँपालिका–२ र होटल ब्यवसायी संघ डोटीको संयुक्त पहलमा होमस्टे संचालन हुन लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्