८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

११ महिनासम्म परीक्षाफल नदिने नालायक त्रिवि

त्रिभुवन विश्वविद्यालय (त्रिवि)अन्तर्गतको बिपी कोइराला मेमोरियल कलेज चावहिल, काठमाडौंमा मानविकी तथा सामाजिक शास्त्रतर्फ स्नातक तह दोस्रो वर्षमा अध्ययनरत सिन्धुपाल्चोककी रेनुका नेपाल दोस्रो वर्षको परीक्षा दिने तयारीमा छन्।

सरकार, तिमी माफिया भयौं !

राज्यबाट कुनै पनि सहयोग र सुरक्षा नपाएर विरक्तिएका युवाहरू फेरि दुःखको पोको बोकेर विदेशिनुपरेको वास्तविक कथा। त्यति मात्र हैन। तुलसीपुरका श्याम वलीको सरकारी कलेजमा पढ्नका लागि गर्नुपरेको सङ्घर्षको कथा।

लोक सेवाले प्रकाशित गर्‍यो विभिन्न परीक्षाफल

लोक सेवा आयोगले विभिन्न विज्ञापन नम्बरमा लिएका लिखित परीक्षाहरूको परीक्षाफल प्रकाशित गरेको छ।

कक्षा १२ को नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ। गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षाफल प्रकाशित गरिएकाे हाे।

आन्तरिक मूल्यांकनबाट परीक्षाफल सार्वजनिक गर्दै स्थानीय तह

कोभिड–१९ का कारण परीक्षा हुन नसक्दा शैक्षिक कार्यतालिका नै प्रभावित हुने अवस्था आएपछि खोटाङका स्थानीय तहले २०७७ सालको शैक्षिक नतिजा प्रकाशनका लागि आ–आफ्नै विधि अपनाउने तयारी गरेको छ ।

१२ को परीक्षाफल प्रकाशितः ४७ जनाको ४ जिपिए

कक्षा १२ को परीक्षामा ४७ जना विद्यार्थीले जिपिए ४ ल्याएका छन्। गत वर्ष कक्षा ११ को नियमित परीक्षामा कुल तीन लाख १० हजार तीन सय १६ विद्यार्थीमध्ये कसैले पनि जिपिए ४ ल्याएका थिएनन्। तर यस पटक होमसेन्टर कायम गरिएपछि कक्षा १२ मा पहिलो पटक ४७ जनाले जिपिए ४ ल्याएको परीक्षा नियन्त्रक कृष्ण शर्माले बताए। राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा १२ को परीक्षाफल सोमबार प्रकाशित गरेको छ।

एसईईको परीक्षाफल सार्वजनिक, यसरी हेर्नुहोस् आफ्नो रिजल्ट

माध्यमिक शिक्षा परीक्षा (एसईई) तहको नतिजा प्रकाशन भएको छ। संघीय संरचना अनुसार गरिएको परीक्षामा कुल चार लाख ७५ हजार तीन जना विद्यार्थी सहभागि भएका थिए। जसमा छात्रा तर्फ दुई लाख ३८ हजार पाँच सय ५८ र छात्र तर्फ दुई लाख ३६ हजार चार सय ४५ परीक्षार्थी सहभागि थिए।

कक्षा ११ को परीक्षाफल प्रकाशित, 'सी ग्रेड' ल्याउने धेरै

कक्षा ११ को परीक्षाफल प्रकाशित भएको छ। राष्ट्रिय परीक्षा वोर्डले आज परीक्षाफल प्रकाशन गरेको हो। ग्रेडिङ तर्फ कुल पाँच लाख ४८ हजार ४ सय ४५ विद्यार्थीले परीक्षा दिएका थिए। नियमित तर्फ तीन लाख ३२ हजार ८ सय ९१ ले सहभागिता जनाएका थिए भने आंशिक परीक्षा दिने ग्रेडिङ तर्फ १ लाख ७६ हजार ४९ हजार रहेका थिए।

स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाफल

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७५ साल वैशाख महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर तह एमए प्रथम वर्षको ग्रामीण विकास विषयको परीक्षाको परीक्षाफल बुधबार प्रकाशित गरिएको छ।

एसईई परीक्षाफलको त्रुटि छानबिनका लागि समिति गठन

माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को परीक्षाफलमा देखिएका प्राविधिक त्रुटिबारे छानबिन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख डा तुलसीप्रसाद थपलियाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।

परीक्षाफलमा देखिएको त्रुटिमाथि छानबिन हुने

माध्यमिक शिक्षा परीक्षा (एसइइ) को परीक्षाफलमा देखिएको प्राविधिक त्रुटिका विषयमा छानबिन हुने भएको छ।

एसइई परीक्षाफलमा प्राविधिक त्रुटि, एक दिनपछि जोडियो प्राक्टिकल नम्बर

राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयले हिजो सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को परीक्षाफलमा विद्यार्थीको प्राक्टिकल प्राप्तांक नै नजोडी सार्वजनिक भएको पाइएको छ।

एसईईको परीक्षाफल सार्वजनिक, यसरी थाहा पाउनुहोस् नतिजा

गत चैत महिनामा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शनिबार अवेर नतिजा सार्वजनिक गरेको हो।

परीक्षाफल प्रकाशित

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७५ साल वैशाखमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष (२०७४ मौका समेत) को मैथली र जेन्डर स्टडी विषयको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्