१९ असार २०८१ बुधबार
image/svg+xml

बुहारीको तिलहरी

मैपतीका सँगैका दौंतरीहरू कोही एसएलसीसम्म, कोही आइएसम्म पढेर ऊबेला सजिलै पाइने मास्टरी जागिर खाएर, हुलाकी जागिर खाएर गाउँमा ‘सर’को परिचयले हिँडडुल गरेर खान्छन्। मैपतिले भने खासै पढेनन् स्कुले विद्या।

भक्तपुरमा आज दिनभर दान कार्यक्रम चल्यो

भक्तपुरमा आज सोमबार दिनभर दान कार्यक्रम चलेको छ। भक्तपुर नगरपालिका वडा नं १ मा अवस्थित जयकीर्ति महाविहार (थथुबही) परिसर भुइख्यमा दिनभर दान कार्यक्रम चलेको हो। विशेष गरेर भक्तपुर नगरका विभिन्न वडावासीहरू दान कार्यक्रममा सहभागी भएका थिए।

माघे सङ्क्रान्ति: इलाम माइबेनीमा धार्मिक मेला

इलामको प्रसिद्ध धार्मिक स्थल माइबेनीमा माघे सङ्क्रान्ति अवसरमा मेला लागेको छ। मेलामा इलाम, झापा, पाँचथर ताप्लेजुङसहित सीमावर्ती भारतका दार्जिलिङ, सिलिगुडी लगायत स्थानबाट समेत हजारौँ भक्तजन भेला भएका छन्।

मकरस्नान गर्न कालीगण्डकी किनारमा भक्तजनको घुइँचो

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिन आज मकर सङ्क्रान्ति स्नान गर्नका लागि पवित्र कालीगण्डकी नदीमा बिहानैदेखि भक्तजनको भीड लागेको छ।

कक्फेक्वा तङनाम पर्व मनाउँदै लिम्बु समुदाय

लिम्बु समुदायले आज कक्फेक्वा तङ्नाम मनाउँदै छन्। लिम्बु समुदायले माघे सङ्क्रान्तिलाई कक्फेक्वा तङ्नाम आफ्नो परम्परागत विधिबाट मनाउने गर्दछन्।

मधेसमा तिलासँक्रायत

मधेस प्रदेशमा आज तिलासँक्रायत पर्वको उमङ्ग छ। माघ सङ्क्रान्तिका दिन मनाइने यो पर्वमा घरघरै ‘लाई’ (तील, चिउरा, मुरी र जुनेलाका सख्खरको खुँदोमा मिलाएर बनाइएका लड्डु) खाने, ख्वाउने परम्परा छ।

देवघाट धाममा बिहानैदेखि भक्तजनको घुँइचो (तस्बिरसहित)

चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल देवघाटधाममा माघे सङ्क्रान्तिको अवसरमा भक्तजनको घुँइचो लागेको छ।

चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछ: राष्ट्रपति

माघी पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गरेका छन्।

किन खाइन्छ माघे सङ्क्रान्तिमा घिउ-चाकु र कन्दमूल?

पोषण तत्त्वको हिसाबले तिलको तेलमा करिब ७५ प्रतिशत ओमेगा फ्याट पाइने हुनाले उच्च रक्तचाप र मुटुका बिरामीहरूका लागि अन्य तेलभन्दा यो तेल उत्तम मानिन्छ।

संसदीय दलका नेताहरूलाई राष्ट्रपतिको निम्तो, ११ बजे पुग्दै छन् नेताहरू

‘शुभकामना आदानप्रदानका लागि राष्ट्रपति ज्यूले निम्ता दिनु भएको हो, अरू कुनै विषय होइन’, राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले नागरिकन्यूजसँग भने।

‘वनको तरुल वनमै, बजारका तरुल घरमा’

“वनको तरुल वनमै रह्यो, माघे सङ्क्रान्तिमा कसले ल्याउँछ रु, हामी बुढाबुढी भयौ, भीरमा गएर ल्याउन सक्दैनौँ, युवाहरु छैनन्, उ बेला हात पाखुरामा तागत थियो, अहिले घरबाट बाहिर निस्किने परान पनि छैन ।”

ल है भोलिदेखि उपत्यकामा मेलम्चीको पानी!

भोलि प्रधानमन्त्री पुष्पकमल दाहालले एक कार्यक्रमबिच पानी वितरणको शुभारम्भ गर्ने कार्यक्रम तय गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्