२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

हिमाली जिल्लामा हिमपात

हिमाली जिल्लाका तल्लो क्षेत्रमा सामान्य हिमपात भए पनि माथिल्लो क्षेत्र (हिमाली भेग) मा भारी वर्षा भएको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरले जनाएको छ।

आजदेखि दश हिमाली जिल्लामा खोप अभियान सञ्चालन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १० हिमाली जिल्लामा १८ वर्षमाथिकालाई आजदेखि कोरोना भाइरस विरुद्धको खोप अभियान सञ्चालन गरिएको जनाएको छ।

विपदमा पनि काम लागेन हुम्दे विमानस्थल

सडक सम्पर्कबाट अलग्गिएका मनाङवासीलाई अत्यावश्यक आउजाउमा हवाई यातायात विकल्प थियो। तर जिल्लाको विमानस्थल उपयोग गर्नेतर्फ कसैको ध्यान गएको छैन। हेलिकप्टर चार्टर गरेर दिनहुँ महँगोमा दैनिक उपभोग्य वस्तु ओसारपसार भइरहेको छ।

थोराङला पास गराएर मनाङमा खाद्यान्न ढुवानी तयारी

बाढी पहिरोले सडक क्षतविक्षत पारेपछि हिमाली जिल्ला मनाङमा एकमहिना देखि खाद्यान्न आपूर्ति रोकिएको छ । बेसीसहर–चामे सडक तत्काल खुल्ने अवस्था नहुँदा खाद्य संकटको सम्भावना रहेको स्थानीयले बताएका छन् । कतिपय दैनिक उपभोग्य बस्तु अभाव भईसकेको उनीहरुको भनाई छ । तर, स्थानीय प्रशासनले अझैसम्म खाद्य अभाव नभएको बताएको छ ।

म्याग्दीका गाउँलाई शहरसँग जोड्न १३ पक्की पुल बन्दै

प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार विकास कार्यालय म्याग्दीले १०, सङ्घीय सरकारअन्तर्गतको सडक डिभिजन कार्यालय बागलुङले दुई र राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइमार्फत एक पक्की पुल निर्माण गर्न लागिएको पूर्वाधार विकास कार्यालयका प्रमुख नवराज पौडेलले जानकारी दिए।

हिमपातले सकस

हिमाली जिल्ला मनाङको नार र फु (करिब ११ हजार फिट उचाइ) गाउँका बासिन्दा यतिबेला रातिको समयमा माइनस १५ डिग्रीको चिसो खेपिरहेका छन्। दिउँसोमा पनि माइनस ७ डिग्री हुन्छ त्यहाँको तापक्रम। घाम लाग्दा दिउँसोमा चिसो केही कम हुने भए पनि बिहानबेलुका घरबाहिर निस्कन मुस्किल पर्छ।

लिमीवासीलाई हिउँदमा खाद्य सङ्कटको चिन्ता, ढुवानीको जिम्मा सीता र तारा एयरलाई

हिमाली जिल्ला हुम्लामा हिउँ पर्ने याम शुरु भएसँगै जिल्लाका स्थानीयवासीलाई खाद्य सङ्कटको चिन्ताले पिरोल्न थालेको छ।

हिमाली जिल्लामा औलो फैलियो

तराइको रोग भनेर चिनिने औलो केही वर्षदेखि यता हिमाली जिल्लाहरु मुगु र बाजुरामा फैलिएको राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्