७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

छत्तीसगढमा माओवादी विद्रोहीसँगको भिडन्तमा २२ भारतीय सुरक्षाकर्मीको मृत्यु

भारतको छत्तीसगढमा माओवादी विद्रोहीको आक्रमणमा परी २२ सुरक्षाकर्मीको मृत्यु भएको छ। माओवादी विद्रोहीले सुरक्षाकर्मीको गस्ती टोलीमाथि गरेकाे आक्रमणमा परि उनीहरूकाे मृत्यु भएकाे हाे।

कंगोमा विद्रोहीद्वारा गरिएको आक्रमणमा परी २९ जना गाउँलेको मृत्यु

उत्तरी कंगोको किभमा युगाण्डाका विद्रोहीहरुले गरेको आक्रमणमा परी कम्तीमा पनि २९ जना नागरिकको ज्यान गएको बताइएको छ। युगाण्डीयन विद्रोही समूह अलाइड डेमाक्र्याटिक फोर्स (एडिएफ) ले कंगोको किभ प्रान्तको बेनी भन्ने स्थानमा शुक्रबार सो आक्रमण गरेको बताइएको थियो।

अमेरिकी विदेशमन्त्री पोम्पेओले अफगान सरकार र तालिबान वार्ता टोलीसँग छुट्टाछुट्टै वार्ता गर्ने

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले कतारको दोहामा अफगानिस्तानको सरकार र विद्रोही तालिबानहरुको शान्ति वार्ता टोलीसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन्।

विद्रोहीको आक्रमणबाट अफगानिस्तानमा १३ सुरक्षाकर्मीको मृत्यु

तालिवानी विद्रोहीको आक्रमणमा परी अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा कम्तीमा १२ सैनिक र एक प्रहरीको मृत्यु भएको प्रहरीले बुधबार जानकारी गराएको छ।

क्षेप्यास्त्र आक्रमणमा ७० सैनिक मारिए

यमनमा हुथी विद्रोहीको क्षेप्यास्त्र आक्रमणमा परी शनिबार करिब ७० जना सैनिक मारिएका छन्। यमनको मरिब प्रान्तमा रहेको मस्जिदमा विद्रोहीहरूले आक्रमण गर्दा उनीहरूको मृत्यु भएको त्यहाँका अस्पतालले जनाएका छन्।

थाइल्याण्डमा सात जना विद्रोही लडाकू गिरफ्तार

थाई सेना र प्रहरीको संयुक्त गोप्य कारबाहीमा शुक्रबार राति उनीहरु पक्राउ परेका परेका हुन्। थाइल्याण्डका उपप्रधानमन्त्री जनरल प्रवित वोङसुआनले याला प्रान्तमा विद्रोहीको आक्रमणमा १५ जना सर्वसाधारण नागरिकको ज्यान गएपछि सुरक्षाफौजले कारबाही अगाडि बढाएको जानकारी दिनुभयो। स्वायत्तताको माग राखी याला प्रान्तमा वर्षौंदेखि सशस्त्र विद्रोह चलिरहेको छ।

थाइल्याण्डमा सात जना विद्रोही लडाकू गिरफ्तार

थाइल्याण्डको दक्षिणी क्षेत्रमा आमहत्यामा संलग्न रहेको आरोपमा सात जना विद्रोही लडाकूलाई गिरफ्तार गरिएको थाई सेनाले जनाएको छ। थाई सेना र प्रहरीको संयुक्त गोप्य कारबाहीमा शुक्रबार राति उनीहरु पक्राउ परेका परेका हुन्।

कंगोका पूर्वविद्रोही नेतालाई ३० वर्ष जेल

रुवान्डामा जन्मिएका ४६ वर्षीय पूर्वविद्रोही एन्टागान्डा रुवान्डा र लोकतान्त्रिक गणतन्त्र कंगोमा भएका कैयौं सशस्त्र द्वन्द्वमा सहभागी भएका थिए।

थाइल्यान्डमा विद्रोहीद्वारा १५ सर्वसाधारणको हत्या

थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चाले आक्रमणकारीलाई न्यायको कठघरामा ल्याइने प्रतिबद्धता व्यक्त गरेका छन्।

दक्षिणी थाइल्याण्डमा विद्रोहीद्वारा १५ जना सर्वसाधारणको हत्या

दक्षिणी थाइल्याण्डमा सक्रिय शंकास्पद मुस्लिम विद्रोहीको आक्रमणबाट कम्तीमा १५ जनाको मृत्यु भएको थाई सेनाले जनाएको छ । थाइल्याण्डको दक्षिणी क्षेत्रमा विगत १५ वर्षदेखि रक्तपातपूर्ण सङ्घर्ष भइरहेको छ ।

विद्रोहीको आक्रमणमा १२ जना मारिए

अफगानिस्तानको उत्तरी बदाखसान प्रान्तको नासाई जिल्लामा शनिबार तालिबान विद्रोहीको आक्रमणमा कम्तीमा १२ जना मारिएका छन्।

लिबियामा १६ जना विद्रोही लडाकू मारिए

संयुक्तराष्ट्रबाट मान्यताप्राप्त सरकारी फौजको कारबाहीमा दक्षिणी त्रिपोलीमा कम्तीमा १६ जना विद्रोही लडाकू मारिएका छन्।

विद्रोहीको कारागारमा भएको आक्रमणमा सयको मृत्यु

साउदी अरब नेतृत्वको सेनाले गरेको हवाई आक्रमणमा परी यमनमा पछिल्लो समयमा १०० जना मारिएको रेडक्रसको अन्तर्राष्ट्रिय समितिले आइतबार जनाएको छ। हुथी विद्रोहीहरुले ड्रोन र मिसाईलहरु संकलन गरे राखेको सूचनाका आधारमा गठबन्धन सेनाले उक्त स्थानमा आक्रमण गरेको थियो। हुथी विद्रोहीका अनुसार विद्रोहीहरुले कारागारको रुपमा उपयोग गर्दै आइरहेको भवनमा आक्रमण भएको हो।

वासिङ्टन र तालिबानबीच वार्ता जारी

संयुक्त राज्य अमेरिका र अफगान विद्रोही समूह तालिबानबीच कतारको दोहामा वार्ता जारी रहेको छ। अफगानिस्तानमा १८ वर्षदेखि जारी सशस्त्र एवं हिंसात्मक द्वन्द्वको शान्तिपूर्ण समाधान खोज्न केही महिनादेखि अमेरिका र तालिबान समूहबीच वार्ता जारी रहेकै बेला आठौं चरणको वार्ताअन्तर्गत शनिबारबाट पुनः वार्ता सुरु भएको छ।

अफगानिस्तानमा २४ जना विद्रोही मारिए

अफगानी सुरक्षा फौजको कारबाहीमा उरुग्जान प्रान्तमा कम्तीमा २४ जना तालिबान लडाकू मारिएको सेनाले जनाएको छ। सेनाले प्रहार गरेको क्षेप्यास्त्रबाट अरु १७ जना लडाकू घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्