३ वैशाख २०८२ बुधबार
image/svg+xml ३:३२ पूर्वाह्न

इलाम उपनिर्वाचन : आज मध्यरातिदेखि भारतीय सीमा ‘सिल’

इलाम क्षेत्र २ मा यही वैशाख १५ गते हुन लागेको उपनिर्वाचनका लागि आज मध्यरातिदेखि नेपाल–भारत सीमा ‘सिल’ गरिने भएको छ।

भारतीय सीमाक्षेत्रका पुल निर्माणमा भइरहेका अवरोध हटाउन छलफल

नेपाली काँग्रेसका नेता एवं पूर्वउपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र भारतको बिहार मुझप्परपुरका लोकसभा सदस्य एवं भारतीय जनता पार्टीका नेता अजय निषादबीच भारतको मुझप्परपुरमा मङ्गलवार छलफल भएको हो।

सीमा क्षेत्र उजाड हुँदा लोपोन्मुख वन्यजन्तु भारततिर

नेपालको पूर्वी भारतीय सीमा क्षेत्रमा वनजंगल मासिएपछि वन्यजन्तु संरक्षणमा चुनौती देखिँदैछ।

लागु औषध तस्करीमा सुरक्षाकर्मी

कैलालीको पूर्वी क्षेत्र लागु औषधको हब बनिरहेका बेला सुरक्षाकर्मी नै लागुऔषध ओसारपसारमा संलग्न रहेको पाईएको छ। इलाका प्रहरी कार्यालय टीकापुरले लागु औषध सहित एकजना सशस्त्र प्रहरीमा कार्यरत हवल्दार सहित दुईजनालाई पक्राउ गरेको छ।

अब सीमामा एकतर्फी गस्ती गर्दैनौं : एसएसबी

भारतीय सीमा सुरक्षा बल (एसएसबी) नेतृत्वले पूर्वी नेपालमा अब आफूहरूले एकतर्फी गस्ती नगर्ने बताएको छ।सीमामा एकतर्फी गस्तीका कारण आफूहरूले ज्यादती खेप्नुपरेको त्यस क्षेत्रका नेपालीले गुनासो गरेपछि एसएसबीले अब संयुक्त रूपमा मात्रै सीमाको गस्ती गर्ने ‘पुरानै प्रतिबद्धता’ दोहोर्‍याएको हो।

सीमानाका तीन दिन बन्द

यही वैशाख १० गते बारा क्षेत्र नं २ मा हुन गइरहेको उपनिर्वाचनलाई ध्यानमा राखि आजदेखि तीन दिनसम्म जिल्लासित जोडिएका भारतीय सीमानाका बन्द गरिने भएको छ।

सीमावर्ती क्षेत्रबाट हतियार ल्याउनेसहित तीन जना सार्वजनिक

भारतीय सीमावर्ती क्षेत्रबाट हतियार खरीद गरि आपराधिक गतिविधी गर्ने नाइकेसहित तीन जनालाई शुक्रबार प्रहरीले सार्वजनिक गरेको छ।

पाकिस्तानी र चिनियाँलाई सीमामै रोक्न भारतको दबाब

‘पाकिस्तानी र चिनियाँले सीमावर्ती नेपाली भूमिमा अवैध गतिविधि गरी भारततर्फ पस्ने गरेका छन्। उनीहरूलाई भारत छिर्न नदिन सशस्त्र प्रहरी बल नेपालको भूमिका हुनुपर्छ,’ भारतीय सीमा सुरक्षा बलका महानिर्देशक सुजोयलाल थाउसेनलाई उद्धृत गर्दै सशस्त्र प्रहरी बलका एक उच्च अधिकारीले भने ।

भारतीय सीमानाकासहित सात स्थानमा सहायता कक्ष

भारतसँग सीमा जोडिएको झुलाघाट, दशरथचन्द राजमार्गको पाटन, खोडपे तथा महाकाली राजमार्गको गोकुलेश्वर, खोचलेक, सतबाँझ र सदमुकामस्थित गोठलापानीमा सहायता कक्ष सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सीमामा सक्रियता बढाउँदै सशस्त्र प्रहरी

कल्भर्ट निर्माणका लागि भएको विवाद क्षेत्र न अहिलेसम्म समाधान भयो, न त भारतीय पक्षले गोली चलाएको विषय नै स्वीकार गर्‍यो। मुलुकमा चर्चाको विषय बनेको उक्त घटनालगत्तै घटनास्थल छेउमै सशस्त्र प्रहरी बलले बिओपी स्थापना गरेर सीमा क्षेत्रको सुरक्षा र निगरानी भने बढाएको छ।

सीमा नाकामा नेपालीलाई भारतीय सुरक्षाकर्मीको फरक ब्यवहार

‘किनमेल र अन्य कामका लागि रुपैडिहा जाने प्रायः नेपाली नागरिकले भारतीय सुरक्षाकर्मीबाट दिनहुँ कुटाई खानु परेको छ। पीडितले नेपाली सुरक्षाकर्मीलाई घटनाबारे जानकारी गराएपनि एसएसबीको ज्यादती रोकिएको छैन।’

भारतीय एसएसबीका जवानले नेपालीमाथि सदाबहार ज्यादती

सीमावर्ती क्षेत्रमा बसोबास गर्ने सर्वसाधारण एसएसबीका जवानले जुनसकै बेला दुःख दिन सक्ने त्रासमा हुने गर्छन्।

भारतीय एसएसबीले रोक लगाएपछि सयौँ यात्रु अलपत्र

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपाली यात्रुलाई भारत प्रवेशमा रोक लगाएपछि सयौँ यात्रु सीमा क्षेत्रमा अलपत्र परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्