३० वैशाख २०८१ आइतबार
image/svg+xml

अस्वीकार्य अग्निपथ

भारत सरकारले युवालाई चार वर्षका लागि भारतीय सेनामा भर्ना गरी तीमध्ये ७५ प्रतिशतलाई घर पठाउने पक्का गरेको छ। यस योजनालाई ‘अग्निपथ’ र यो समूहमा भर्ना हुनेलाई ‘अग्निवीर’ भनिन्छ।

समृद्धिको खोजीमा नेपाल

नेपाली युवा हजारौंको सङ्ख्यामा आफ्नो देश छाडेर हिँडिरहेका छन्। ती कति बाध्यताले त कति बाहिरी चमकधमक देखेर पनि गएका हुन्।

दुबईमा युवा अलपत्र पार्ने म्यानपावरलाई कारबाही गर्न दूतावासको सिफारिस

वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (युएई) पठाएर अलपत्र पार्ने एक म्यानपावर कम्पनीमाथि कानुनी कारबाही गर्न दूतावासले सिफारिस गरेको छ।

आइएलओ–सेल परियोजनासँगको सहकार्यमा नीति संवाद

नेपाली युवा उद्यमी मञ्चले आइएलओ–सेल परियोजनासँगको सहकार्यमा नीति संवाद सम्पन्न गरेको छ।

नेपाली युवा टोलीको सहज जित

समीर तामाङको दुई गोल प्रेरणामा नेपालको यु–२३ टोलीले चीनको छिङ हाई युसुको युवा टोलीसँगको मैत्रीपूर्ण फुटबलमा ५–१ को जित निकाल्यो।

रुस–युक्रेन युद्धः मारिँदैछन् नेपाली, परराष्ट्रमन्त्री रुस जाने तयारीमा

रुस–युक्रेन युद्धमा धमाधम नेपाली नागरिक मारिन क्रम बढेको छ। गैह्रकानुनी रुपमा रुसी सेनामा भर्ती भएर युद्धमा सहभागि भएका नेपाली युवा धमाधम मारिरहेका खबर आउन थालेका छन्।

अमेरिका जाने ‘तल्लो बाटो’

अमेरिका जाने ‘तल्लो बाटो’को यात्रा अवधिभर प्रायः घरपरिवारसँग टेलिफोन सम्पर्क हुँदैन। यस्तो अवस्थामा आफ्नो परिवारको सदस्य कहाँ पुगिरहेको छ, मर्‍यो कि बाँच्यो भन्नेसम्म पनि थाहा नहुने अवस्था रहेको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसपी कृष्ण पंगेनीले बताए।

‘राजनीति’ सकिन्छ भन्ने प्रधानमन्त्री भारतको ‘अग्निपथ’ कार्यान्वयनमा किन भए सक्रिय?

तर अहिले प्रधानमन्त्री स्वयंले अग्निपथमा नेपाली युवाको भर्ना खुलाउन चाहेको स्रोतको दाबी छ। ‘अग्निपथ’ योजनामा नेपाली युवाको भर्ना खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल अहिले आफै सक्रिय भएका छन्।

वैदेशिक रोजगारीः ६ महिनामा पाँच सय ३९ जनाको मृत्यु

वैदेशिक रोजगार बोर्डका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा वैदेशिक रोजगारीका क्रममा पाँच सय ३९ जनाको मृत्यु भएको छ।

नेपाल युवा उद्यमी मञ्च एक्काइसाैं वर्षमा

नेपाली युवा उद्यमी मञ्चले २० औं वार्षिकोत्सव मनाएको छ। मञ्च नेपालभरका युवा उद्यमशीलता र नवप्रवर्तनको प्रवर्द्धनमा दुई दशकदेखि समर्पित छ।

यी हुन कुवेतमा अलपत्र परेका नेपाली युवा, स्वदेश फर्काउन अपिल

११ महिनाअघि कुवेतस्थित ‘द ब्लु सी ट्रेडिङ को डब्लुएलएल’ कम्पनीमा क्लिनर पदमा काम गर्न गएका युवा अलपत्र परेका हुन्।

अवैध ढंगले विदेशी सेनामा नेपाली

विदेशी सेनामा नेपाली नागरिक भर्ना भएकोप्रति ध्यानाकर्षण भएको भन्दै परराष्ट्र मन्त्रालयले साउन १६ गते विज्ञप्ति सार्वजनिक गर्यो।

कुवेतमा ८३ नेपाली युवा अलपत्रः ६ महिनादेखि तलब पाएनन्, अधिकांशको पासपोर्ट खोसियो

वैदेशिक रोजगारीका क्रममा गत मंसिर ३ गते कुवेत पुगेका ८३ नेपाली युवा अलपत्र परेका छन्। कामको खोजीमा कुवेत पुगेका उनीहरूको पासपोर्ट रोजगारदाताले खोसिदिएका छन्। उनीहरूले ६ महिनादेखि तलब पाएका छैनन्। कुवेत पुगेलगत्तै आफूहरू समस्यामा परेको भन्दै उनीहरूले गुनासो गरेका छन्।

वाग्नर समूहमा नेपाली युवा!

भारतले गोर्खा भर्तीमा रोक लगाएको झोकमा नेपाली युवा रूसी निजी सेना वाग्नर समूहमा भर्ती भएको बेलायतबाट प्रकाशित द टेलिग्राफ पत्रिकाले लेखेको छ।

नेपाली युवाद्वारा युरोपको सर्वोच्च शिखर एलब्रसको सफल आरोहण

नेपाली युवा प्रकाशराज पाण्डेले युरोपको सर्वोच्च शिखर माउन्ट एलब्रस हिमाल सफल आरोहण गरेका छन। यही जुन २९ तारिखका दिन बिहान ९ बजे उनले रुसमा रहेको उक्त हिमाल आरोहण गरेका हुन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्