२४ असार २०८१ सोमबार
image/svg+xml

एआइजी पाललाई ‘पक्रन’ प्रहरीभित्रै षड्यन्त्र

प्रधानमन्त्री शेरबहादुर देउवाको हस्तक्षेप नभएको भए यति बेला उनी निलम्बित भई थुनामा परिसकेका हुन्थे। महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत एआइजी पाललाई सर्लाहीको ‘कुमार पौडेल इन्काउन्टर प्रकरण’ मा मुद्दा लगाउन खोजिएको हो।

निकालौं अविश्वासको निकास

सर्वत्र अविश्वासका भूमरीबीच सर्वोच्च अदालतले एक ऐतिहासिक तथा साहसिक फैसला गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको नेतृत्वमा बसेको ५ सदस्यीय (विश्वम्भर श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीसमेत) संवैधानिक इजलासले फागुन ११ गते संसद् पुनस्र्थापनाको पक्षमा फैसला गरेर अदालतको साख फेरि जोगाएको छ ।

घरबहाल छुट गर्ने बुटवलका घरधनीलाई सम्मान

कोरोना कहरले नागरिकको दैनिक असज भएको बेला बुटवलमा घरभाडा मिनाहा र छुट दिएका ६० जनालाई सम्मान गरिएको छ । बुटवल उद्योग बाणिज्य संघ रुपन्देही र नेपाल घरबहाल सरोकार संघ रुपन्देहीले लकडाउनका अवधिमा १० प्रतिशतदेखि शतप्रतिशतसम्म घरबहाल मिनाहा तथा छुट गरेका घरधनीहरुलाई सम्मान गरिएको हो ।

तीन महिनाको घरभाडा र बहालकर छुट दिने घोषणा

देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि करिब सवा ६ अर्बको बजेट प्रस्तुत गरेको छ । महानगरको छैटौं नगरसभामा बुधबार महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले आर्थिक वर्ष २०७७/७८ का लागि ६ अर्ब १९ करोड ७१ लाख ७८ हजारको बजेट प्रस्तुत गरेकी हुन्। यो बजेट अघिल्लो वर्षको भन्दा ८५ करोड ६८ लाखले कम हो ।

व्यापारीसँग कोठा भाडा नलिन घरधनीलाई आग्रह

उदयपुर सदरमुकाम त्रियुगा नगरपालिकाले चैतदेखि असारसम्मको घरबहाल कर नलिने निर्णय गरेको छ । नगरपालिकाले कोरोना भाईरस (कोभिड–१९) महामारीका कारण चैत ११ देखि सुरु लकडाउन जेठ ५ गतेसम्म थप्ने सरकारको निर्णयसँगै व्यापारी व्यवसायीलाई राहतस्वरुप ४ महिनाको घरबहाल कर नलिने निर्णय गरेको हो ।

सरकारले नै तिरेन गुठी संस्थानको १६ अर्ब ७२ करोड बहाल

सरकार आफैंले गुठी संस्थानको भोगचलन गरेका जग्गाको अर्वौं रकम नतिरेको खुलासा भएको छ।

बिजुलीको पैसा बढी लिने घरधनीलाई कारवाही

नेपाल विद्युत् प्राधिकरणले घर बहालमा बस्ने व्यक्तिसँग बिजुलीको पैसा धेरै उठाउने घरधनीलाई कारवाही गर्ने भएको छ। काठमाडौं उपत्यकामा डेरा लिएर बस्नेहरुले घरबेटीले बिजुलीको पैसा प्राधिकरणले तोकेको महसुल दरभन्दा बढी लिएको गुनासो गरेपछि प्राधिकरणले यस्तो कदम चाल्ने तयारी गरेको हो।

कर तिर्दैनन् महानगरका घरधनी

२०६८ सालको राष्ट्रिय जनगणनाअनुसार काठमाडौं महानगरपालिकाभित्र एक लाख ६१ घर छन्। तीमध्ये ९५ प्रतिशतभन्दा धेरै घरधनीले घर डेरामा लगाएका छन्। तर, अधिकांश घरधनीले भने महानगरलाई तिर्नुपर्ने घरबहाल वापतको कर तिर्न आनाकानी गरिरहेका छन्।

दुर्घटनामा एकको मृत्यु

काठमाडौँ महानगरपालिका–७ गौरीघाटको मैंजुबहालस्थित सडकमा मंगलवार बिहान मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका–७ गौरीघाट मैंजुबहालका २४ वर्षीय पारस थपलिया रहेका छ।

श्रीलङ्काका अपदस्त प्रधानमन्त्री विक्रमासिङ्घेकाे पुनर्बहाली

श्रीलङ्काका अपदस्थ प्रधानमन्त्री रनिल विक्रमासिङ्घे प्रधानमन्त्रीमा पुनर्बहाली भएका छन्। राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राजनीतिक सङ्कट सुरु भएको ५१ दिनपछि विक्रमासिङ्घेलाई पुनर्बहाली गरेका हुन्।

काठमाडाैं महानगर : घर बहाल कर घट्याे, डेरा भाडा बढेकाे बढ्यै

काठमाडौं महानगरपालिकाले यस वर्ष घर बहाल कर २ प्रतिशतले घटाएको छ। तर काठमाडौंका घरधनीले कर बढेको भनेर अन्धाधुन्ध डेरा भाडा बढाइरहेका छन्। देशव्यापी करवृद्धि भइरहेका बेला काठमाडौं महानगरले भने घर बहालसहित केही सेवामा कर घटाएको छ। महानगरले कर घटाएपनि घरधनी भने कर बढेको बहाना बनाएर पढ्न राजधानी आएका विद्यार्थीको ढाड सेक्नेगरी भाडा बढाउन प्रतिस्पर्धा गरिरहेका छन्।

सर्वोच्चबाट पुनर्बहाली भएपनि नेप्सेका प्रमुख साउदले हाजिर हुन पाएनन्

सर्वोच्च अदालतको अन्तरिम आदेशबाट पुरानै जिम्मेवारीमा फर्कन लागेका नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई कार्यालयमा उपस्थित हुन रोक लगाइएको छ। नेप्से सञ्चालक समितिका अध्यक्ष लक्ष्मण न्यौपानेले उनलाई कार्यालय नआउन सूचित गरेको बताइएको छ।

पुनर्बहाली माग गर्दै सर्वोच्चमा

केपी शर्मा ओली नेतृत्वको सरकारले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गरेपछि पुनःबहालीको माग गर्दै निवेदन लिएर सर्वोच्च धाउने बढेका छन्।

पुनर्बहाली हुन निलम्बित कर्मचारीको सक्रियता

पुर्नबहाली हुन कोहलपुर नगरपालिकाका निलम्वित कर्मचारी ढालबहादुर डाँगीले सक्रियता देखाएका छन्। सेवाग्राहीबाट घुस लिएको आरोपमा २०७३ मंसिर ८ गते नगरपालिकाका मुखिया डाँगी र मध्यस्थता संयोजक दुर्गालाल बिश्वकर्मालाई अख्यितार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरको टोलीले पक्राउ गरेको थियो।

उपप्रधानमन्त्री पोखरेलद्वारा पदबहाली

नवनियुक्त उपप्रधानमन्त्री ईश्वर पोखरेलले सिंहदरबारको पुतलीबगैँचास्थित रक्षा मन्त्रालयमा आइतबार पदबहाली गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्