१३ आश्विन २०८१ आइतबार
image/svg+xml

विश्वकप क्रिकेटको ४४ वर्ष

इङ्ल्यान्डमा जारी १२औं संस्करणको विश्वकपमा उपाधि भिडन्त गर्ने राष्ट्रको तय भइसकेको छ। यसपटकको विश्वकपमा साबिकको विजेता अस्ट्रेलिया र बलियो दाबेदार मानिएको भारतले सेमिफाइनलभन्दा माथिको यात्रा तयगर्न सकेनन्।

नेपाल र मलेसिया भिड्ने

सिङ्गापुरमा आयोजना हुने आइसिसी टी–ट्वान्टी विश्वकप एशिया छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले शनिबार मलेसियासँग खेल्ने भएको छ।

सट्टेबाजहरू चुर्लुम्म डुबे

जारी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबार सम्पन्न भारत र न्युजिल्यान्डबीचको पहिलो सेमिफाइनल खेलमा भारत पक्षबाट सट्टेबाजी गर्नेहरू चुर्लुम्म डुबेका छन्। दुई पटकको विश्वविजेता भारतलाई न्युजिल्यान्डले पराजित गरेपछि भारतको पक्षबाट बाजी राख्नेहरूको चिल्लीबिल्ली भएको हरिवनका एक युवाले बताए। ‘क्रिकेटमा भारत निकै बलियो टिम हो, त्यसैले भारतको पक्षबाट बाजी राख्ने धेरै हुन्छन्,’ ती युवाले भने, ‘भारतले जिते एक तथा अर्को टिमले जिते पाँच गुणासम्म बढी रकमको बाजी राखिएको थियो।’

त्रिभुवन विश्वविद्यालय : प्राविधिक धारमा विद्यार्थी बढ्न सकेन

प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावी मैदानमा उत्रँदा हाल कायम रहेको ८६ प्रतिशत साधारण र १४ प्रतिशत प्राविधक उच्च शिक्षाको संरचनालाई परिवर्तन गरी ६० प्रतिशत प्राविधिक र ४० प्रतिशत साधारण शिक्षा उपलब्ध गराउने व्यवस्था गरिने अजेन्डालाई अघि सारेका थिए। ओली प्रधानमन्त्री बनेको १७ महिनामा उच्च शिक्षामा खासै केही परिवर्तन हुन सकेको छैन।

'मिसन पत्रकारिताले हैरान बनायो'

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध भ्रम फिजाउन केही सञ्चारमाध्यमले मिसन पत्रकारिता गर्न थालेको बताएका छन्। त्रिभुवन विश्वविद्यालयको ६०औं वार्षिकोत्सव कार्यक्रममा सहभागी हुँदा जमिनमा ओछ्याइएको रातो कार्पेटबारे सञ्चारमाध्यमहरूले प्रकाशन गरेको समाचारलाई लिएर प्रधानमन्त्रीले मिसन पत्रकारिताबाट आफू हैरान भएको बताएका हुन्।

अष्ट्रेलियालाई हराउँदै इंग्ल्याण्ड २७ वर्षपछि फाइनलमा, उपाधि भिडन्त न्युजिल्याण्डसँग

सेमीफाइनलमा अष्ट्रेलियालाई पराजित गर्दै आयोजक इंग्ल्याण्डले एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि न्युजिल्याण्डसँग भेट पक्का गरेको छ। पहिलो सेमीफाइनलमा भारतलाई पराजित गर्दै न्युजिल्याण्ड यसअघि नै फाइनलमा प्रवेश गरिसकेको छ।

प्रधानमन्त्रीले भनेः पत्रकारले हैरान बनाए, धन्य छ मिसन पत्रकारिता !

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार आफु सहभागी भएको त्रिभुवन विश्वविद्यालयको प्राज्ञसभा कार्यक्रममा ओछयाइएको रातो कार्पेट पानीले भिजेको तर त्यसलाई लिएर पनि आफूविरुद्ध संचार माध्यमले समाचार बनाएको उल्लेख गर्दै असन्तुष्टि व्यक्त गरेका छन्।

स्टार्क र आर्चरबीच बलिङ भिडन्त

विश्वकप उपाधि रक्षाको लक्ष्यका साथ इङ्ल्यान्ड भ्रमणमा निस्किएको साबिक विजेता अस्ट्रेलिया बिहीबार दोस्रो सेमिफाइनलमा आयोजकको चुनौती पन्छाउँदै उपाधियात्रामा थप एक कदम अघि बढ्न चाहन्छ।

न्युजिल्यान्ड लगातार दोस्रो पटक फाइनलमा

सन् २०११ को विजेता भारतलाई स्तब्ध बनाउँदै न्युजिल्यान्ड लगातार दोस्रो पटक विश्वकपको फाइनलमा प्रवेश गरेको छ।

व्यवस्थापन संकायमा अधिक विद्यार्थी

विश्वद्यालयमा अन्य संकायभन्दा व्यवस्थापन संकायमा विद्यार्थीहरुको चाप बढ्दै गएको देखिएको छ। सबै क्षेत्रमा कुशल व्यवस्थापकको माग हुन थालेपछि व्यवस्थापनमा विद्यार्थीको आकर्षण बढेको हो। तीन वर्ष अघिसम्म त्रिविको दीक्षान्त समारोहका लागि योग्य ठहरिएका विद्यार्थीको ग्रेसलिस्टमा अधिक विद्यार्थी शिक्षाशास्त्र संकायका हुने गरेकोमा हाल सो स्थान व्यवस्थापन संकायले लिएको छ।

गल्ती गर्ने विश्वविद्यालयका कर्मचारीलाई कडा कारबाही : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती गर्ने त्रिभुवन विश्वविद्यालयका कर्मचारीमाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन्।

त्रिविसेवा पदाधिकारीलाई कारबाहीको माग

त्रिवि सेवा आयोग पदाधिकारीले आफन्तलाई पास गराउन परीक्षार्थीका प्राप्तांकमा पाँच पटकसम्म केरमेट गरी नतिजा फेरबदल गरेको तथा फेल भएका परीक्षार्थीलाई ३० अंकसम्म थपेर मेरिटमा पारिएको तथा मेरिटमा परेका परीक्षार्थीको नम्बर घटाएर फेल गराइएका छन्।

टिकट चेकर बने ‘राँचीका राजकुमार’

भारतलाई दुई पटक विश्वकप क्रिकेटको उपाधि दिलाउन सफल महेन्द्रसिंह धोनी ‘राँचीका राजकुमार’ का रूपमा पनि परिचित छन्। गत आइतबार मात्र ३८औं वर्षका जन्मदिन मनाएका धोनीले भारतलाई एकदिवसीय र ट्वान्टी–२० क्रिकेटको उपाधि दिलाएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्