३० वैशाख २०८१ आइतबार
image/svg+xml

मेलम्ची पानीको गुणस्तरमा खानेपानी मन्त्रालय नै शसङ्कित, हल्लाको पछि नलाग्न कर्मचारीलाई आग्रह

खानेपानी मन्त्रालयले आफ्नै मातहतका पदाधिकारी तथा कर्मचारीहरूलाई माघ १ गतेबाट वितरण हुने मेलम्चीको पानीको गुणस्तरमा कुनै शङ्का नगर्न र हल्लाको पछि नलाग्न आग्रह गरेको छ। त्यो पनि सार्वजनिक सूचना सार्वजनिक गरेर।श

२४ सैँ घण्टा समान रूपमा खानेपानी उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले २४ सैँ घन्टा समान रुपले खानेपानी उपलब्ध गराउन निर्देशन दिएका छन्।

गोकर्ण–सुन्दरीजल सडकको कालोपत्र एक महिना पनि टिकेन

विस्तार सुरु भएको आठ वर्षमा कालोपत्र भएको गोकर्ण–सुन्दरीजल सडक एक महिना नबित्दै बिग्रिएर खाल्डाखुल्डी हुन थालेको छ। असारे विकास देखाउन गत असार अन्तिम साता कालोपत्र गरिएको यो सडकको गोकर्णेश्वर महादेव मन्दिर र नयाँपाटी पुल माथिको भाग भत्केर खाल्डाखुल्डी हुने क्रम बढेको छ।

जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक: ठेक्काको आठ वर्षपछि कालोपत्रको तयारी

जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार सुरु भएको आठ वर्षपछि कालोपत्र गर्न तयारी सुरु गरिएको छ।

याङ्री र लार्केको पानी वितरणका लागि पाइप विच्छ्याउन सुरु

दोस्रो चरणमा याङ्री र लार्केको पानी पनि ल्याउने तयारी भएसँगै पानी वितरणका लागि राजधानीमा ठूला पाइप विच्छ्याउन थालिएको हो। पहिलो चरणमा मेलम्चीको पानी वितरणका लागि सुन्दरीजलबाट चाबहिलसम्म विसं २०६९ मा एक हजार चार सय मिलिमिटरको पाइप विच्छ्याइएको थियो।

सात किमी सडक सात वर्षमा पनि कालोपत्र भएन

जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक बिस्तार सुरु भएको सात वर्षमा पनि पूरा नहुँदा धुलोले स्थानीयवासीको स्वास्थ्यमा समस्या हुन थालेको छ।

कृष्णप्रसाद भट्टराई सफल एवं कुशल राजनीतिज्ञ हुन्ः मन्त्री चौधरी

स्व भट्टराईको सालिकको शिलान्यास गर्दै चौधरीले भट्टराई सादा जीवन उच्च विचारका धनी एवं दुरदर्शी नेता रहेको बताएका हुन्। भट्टराईको सालिक शिलान्यास कार्यक्रममा मन्त्री चौधरीले स्व. भट्टराइले मेलम्चीको पानी काठमाडौँ लैजाने परिकल्पना गरेको स्मरण गर्दै सो पहल गरेकाले उनको सालिक यहाँ निर्माण गर्न लागिएको बताए।

धुलाम्य बन्यो जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक, स्वास्थ्यमा समस्या

रु ५८ करोड लागतमा भइरहेको काममा बेलाबखत समस्या आउने गरेकाले काममा ढिलाइ भएको विस्तार आयोजनाका अधिकारीले बताउने गरेका छन्।

गणेशमान सिंहको २४ औँ स्मृति दिवस मनाइँदै

नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रुपमा रहेका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थिए। विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेकाे आग्रहमा उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गरेका थिए।

अब उपत्यकावासीकाे घरघरमा दैनिकरूपमा मेलम्चीको पानी

मेलम्चीको पानी काठमाडौं आएसँगै काठमाडौं उपत्यकावासीको घरघरमा दैनिकरूपमा पानी आउने भएको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेडले चैतको दोस्रो साताबाट दैनिकरूपमा नै पानी वितरण गर्ने योजना बनाएको हो। अहिले सुरुङको परीक्षण भइरहेकामा अझै दुईतीन महिनासम्म संरचनाको परीक्षण हुनेछ। सुरुङको परीक्षणसँगै सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको परीक्षण हुने लिमिटेडका प्रमुख कार्यकारी निर्देशक मिलन शाक्यले बताए।

शिवरात्रिका दिन वाग्मतीमा सफा पानी बग्ने

मेलम्चीको पानी सुन्दरीजलमा आएसँगै शिवरात्रिका (बिहीबार) दिन वाग्मतीमा सफा पानी बगाउने योजना बनाइएको छ। सो दिनमा धेरै भक्तजन खोलामा नुहाउने भएकाले सफा पानी बगाउने योजना बनाइएको खानेपानी मन्त्रालयले जनाएको छ।

मेलम्ची पानी सुरुमा पुरानै वितरण प्रणालीबाट

सरकारले मेलम्चीको पानी सुरुआती चरणमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को पुरानै प्रणालीबाट वितरण गर्ने भएको छ। मेलम्चीको पानी सुन्दरीजल खसेसँगै नयाँ वितरण लाइन तयार नभइसकेकाले पुरानैबाट वितरण गरिने भएको हो।

साकार बन्दै मेलम्ची सपना

२०४८ सालको आम निर्वाचनमा नेता कृष्णप्रसाद भट्टराई काठमाडौं–१ बाट उम्मेदवार थिए। चुनावी प्रचारप्रसारका क्रममा खानेपानी समस्या बेहोरिरहेका मतदातालाई आफूतिर तान्न उनले ‘मेलम्ची ल्याएर राजधानी पखाल्छु’ भन्ने नारा अघि सारे। ठट्यौला भट्टराईको यो नारालाई धेरैले ठट्टाकै रूपमा लिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्