१२ श्रावण २०८१ शनिबार
image/svg+xml

जनताको चाहना पूरा गर्न एकजुट हौँ :राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले समयअनुसार नेपाली जनताको विकासको चाहना पूरा गर्न सबै एकजुट हुनुपर्ने बताएका छन्।

देवघाटमा पुरातत्व विभागद्वारा पञ्चदेवल निर्माण

विभिन्न प्रमाणका आधारमा त्यस समयमा निर्मित मठमन्दिर र देवालयको शैली, ढाँचा र शिल्पीको पहिचान गर्न उत्खनन् गरिएको पुरातत्व विभागले जनाएको छ।

‘मिनी ट्रक’ दुर्घटनामा दुई जनाको मृत्यु

तनहुँको देवघाट गाउँपालिका–२ कोटबैदी भोक्टेनीस्थित भित्री सडकखण्डमा मिनी ट्रक दुर्घटना हुँदा दुई जना मृत्यु भएको छ।

देवघाट धाममा बिहानैदेखि भक्तजनको घुँइचो (तस्बिरसहित)

चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल देवघाटधाममा माघे सङ्क्रान्तिको अवसरमा भक्तजनको घुँइचो लागेको छ।

देवघाटधाम क्षेत्रको सरसफाइ

माघे सङ्क्रान्ति पर्व पनि नजिकिँदै गएकाले देवघाट क्षेत्रलाई सुन्दर र सफा राख्न सफाइ अभियान चलाइएको उनले जानकारी दिए।

देवघाटधाममा गण्डकी परिक्रमा महोत्सव

तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटधामको धार्मिक महत्व उजागर तथा वैदिक सनातन धर्मसंस्कृतिको प्रचारप्रसार गर्ने उद्देश्यले सन्त महात्माको अगुवाइमा आज गण्डकी परिक्रमा महोत्सव हुँदैछ।

देवघाटमा ढुंगेधारा निर्माण

पवित्र धार्मिक तीर्थस्थल देवघाटमा ढुंगेधारा निर्माण गरिएको छ। भरतपुर महानगरपालिका-१ को आँपटारी चोकदेखि देवघाट जाने बाटाको बीच क्षेत्रमा ढुंगेधारा निर्माण गरिएको हो। ढुंगेधारा निर्माण गरिएको ठाउँ मान्छेको मृत्यु भएपछि शव लैजाँदा विश्राम गर्ने स्थल हो।

सिटिजन्स बैंकद्वारा देवघाटधामलाई आर्थिक सहयोग

सिटिजन्स बैंक नारायणगढ शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री गलेश्वर आश्रम देवघाटधामलाई अर्थिक सहयोग गरेको छ।

गर्मी बढेपछि देवघाटका विद्यालय पाँचदिन बन्द

अत्याधिक गर्मी बढेपछि तनहुँको देवघाटका विद्यालय सोमबारदेखि पाँच दिन बन्द भएका छन्। देवघाट गाउँपालिकाले सोमबारदेखि वडा नं १ र ५ का सबै विद्यालय पाँच दिन बन्द गर्ने निर्णय गरेको हो।

देवघाटधाममा गण्डकी परिक्रमा

आज बिहान तनहुँतर्फ देवघाटको वेणीसङ्गम, गलेश्वर आश्रम (सिद्धेश्वर मन्दिर), चक्रवर्ती आश्रम (मणिमुकुन्देश्वर मन्दिर), महेश सन्यास आश्रम (विद्येश्वर मन्दिर), हरिहर सन्यास आश्रम (हरिहर मन्दिर), देवघाट पुलको मुख (गणेश मन्दिर, केदारेश्वर मन्दिर, बद्रीनाथ मन्दिर)को परिक्रमा गर्ने कार्यक्रम रहेको अध्यक्ष अधिकारीले बताए।

देवघाटमा बोलबम मेला (फोटाे फिचर)

चितवन, तनहुँ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को संगमस्थल देवघाटमा साउनका सोमबारमा बोलबम मेला लाग्ने गर्दछ।

सुनसान बन्यो देवघाट

स्थानीय प्रशासनले शुक्रबार दिउँसो २ बजेबाट देवघाट प्रवेश गर्ने नाका आँपटारी, रामनगर, ठिकुरा र दासढुङ्गा प्रवेशमा रोक लगाएको छ। देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष स्थानीय शिव पौडेलले देवघाट क्षेत्र सुनसान रहेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्