२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’

ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ को सिमाना भएर बग्ने सेती नदीको पानीलाई प्रयोग गरी निर्माणाधीन एक सय ४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ (छिचोलिएको) भएको छ।

हराएका व्यक्ति खोजी गर्न सेती नदीको बाँध अबको केहीबेरमा खोलिने

माछा मार्न नदीमा डुबेर हराएका व्यक्ति खोज्न सेती नदीको बाँध अबको केहीबेरमा खोलिँदै छ।

यती हवाई दुर्घटनाको एक वर्ष : बिथोलिएको पर्यटन लयमा फर्किंदै

यती एयरलाइन्सको नाइन एन एएनसी कल साइनको जहाज सेती नदीको खोंचमा खसेको एक वर्ष पूरा भएको छ।

पोखराको पृथ्वीचोकस्थित सेती नदीमा दुईवटा पुल थपिँदै

पोखराको पृथ्वीचोकस्थित सेती नदीमाथि थप दुईवटा पुल निर्माण शुरु भएको छ। पोखरा सहर भित्रिने मुख्य नाका पृथ्वीचोकस्थित सेतीनदीमा पृथ्वी राजमार्ग बिस्तारसँगै पुल पनि बनाउन थालिएको हो।

तनहुँ जलविद्युत् आयोजना: मुख्य बाँध निर्माण गर्न सेती नदी फर्काइयो

डाइभर्सन सुरुङमार्फत फर्काइएको पानी मुख्य बाँध निर्माणस्थलबाट तल्लो तटीय क्षेत्रमा पुनः सेती नदीमा खसालिएको छ।

२५ मेगावाटको सेती जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु हुँदै

कास्कीको माछापुच्छे गाउँपालिकामा निर्माण भइरहेको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाले आगामी मङ्सिर पहिलो सातासम्ममा परीक्षण उत्पादन सुरु गर्ने तयारी गरेको छ।

माछापुच्छ्रेको सार्दीखोला र घाचोक जोड्न सेती नदीमा पुल बनाउन सुरु

कास्कीको माछापुच्छ्रे गाउँपालिकाको सार्दीखोला र घाचोक जोड्न सेती नदीमा पुल बनाउन थालिएको छ। माछापुच्छ्रे गाउँपालिकाको वडा नम्बर २ मा पर्ने सार्दीखोला र वडा नम्बर ३ मा पर्ने घाचोक जोड्नका लागि सेती नदीमा ‘सार्दीखोला,घाचोक मोटरेबल पुल’ बनाउन थालिएको हो।

दुर्गन्धित बन्दै सेती नदीः भविष्यमा विकराल समस्या आउन सक्ने विज्ञको चेतावनी

यो नदी धार्मिकरूपमा जति महत्वपूर्ण छ, पछिल्लो समय जथाभावी फोहर गर्दा त्यति नै दूषित बन्दै गएको छ। धार्मिक दृष्टिकोणले महत्वपूर्ण मानिएको सेती नदीमा दिन प्रतिदिन सोझै ढल र फोहर फालिएपछि दुर्गन्धित बन्दै गएको छ।

सेती नदीमा डुबेर युवकको मृत्यु

डोटीको सेती नदीमा पौडी खेल्ने क्रममा आज दिउँसो एक युवकको मृत्यु भएको छ। सेती प्राविधिक शिक्षालय दिपायलमा सिभिल इञ्जिनीयर पढ्दै गरेका दार्चुलाको मालिकार्जुन घर भएका १७ वर्षीय दिपेन्द्रसिंह धाँमीको डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए।

सेती नदीमा भेटिएको शवको पहिचान हुन सकेन

सेती नदीमा आइतबार भेटिएको शव पहिचान गर्न कठिन भएको छ। अन्दाजी ४०/५० वर्ष देखिने पुरुषको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ। स्थानीयवासीले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

नुहाउने क्रममा नदीले बगाएर मृत्यु

तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीस्थित सेती नदीले बगाएर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही वडाका ४६ वर्षीय भीमबहादुर थापा रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्