२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

संघीय गठबन्धनद्वारा थप आन्दोलनका कार्यक्रम घाेषणा

केपी ओली नेतृत्वको सरकार विरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको संघीय गठबन्धनले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। सोमबार बसेको गठबन्धनको बैठकले साउन ५ देखि भदौ २८ गतेसम्मका लागि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।

दुइटै गठबन्धन 'अप्रिय बाटोमा'

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितका दलले व्यवस्थापिका संसद्मा अविश्वास प्रस्ताव दर्ता गरेसँगै प्रमुख दलका दुई गठबन्धन नयाँ सरकारबारे आमनेसामने देखिएका छन्।

किन टिकेन बाम गठबन्धन ?

आगामी सरकारले स्थायित्व प्राप्त गरोस् भन्ने मनसायसहित जारी संविधानमै त्यस सम्बन्धी व्यवस्था गरिए पनि नयाँ संविधानपछिको पहिलो सरकार नै छोटो अवधिमै ढल्ने अवस्था आयो । सुधारिएको संसदीय व्यवस्था भनिने अहिलेका शासन प्रणालीमा सरकारले स्थायित्व प्राप्त गरोस् भनेरै प्रधानमन्त्रीविरुद्ध ६ महिनासम्म अविश्वास प्रस्ताव लैजान नपाइने संवैधानिक व्यवस्था छ ।

संघीय गठबन्धनले असोज पहिलो साताबाट निर्णायक आन्दोलन गर्ने

काठमाडौं– संघीय गठबन्धनको केन्द्रीय सचिवालयको बैठकले असोज पहिलो साताबाट निर्णायक आन्दोलन गर्ने निर्णय गरेको छ। सचिवालयको शुक्रबार बसेको बैठकले भदौभरीमा गठबन्धनका नेता–कार्यकर्ताहरुलाई प्रशिक्षणलगायत तयारी पूरा गरी असोजबाट निर्णायक आन्दोलनमा होमिने निर्णय गरेको गठबन्धनको सचिवालय सदस्य केशव झाले नागरिकन्यूजलाई बताए।

संघीय गठबन्धनको विवाद उत्कर्षमा

आन्दोलनको नेतृत्व कसले गरेको भन्ने विषयमा विवाद बढ्दै जाँदा संघीय गठबन्धन भित्रको विवाद उत्कर्षमा पुगेको छ। आन्दोलनको नेतृत्व मधेसी मोर्चाले गरेको वा संघीय गठबन्धनले भन्ने विवाद बढ्दै जाँदा गठबन्धनको अस्तित्व धराममा परेको छ।

आन्दोलन सशक्त बनाउने गठबन्धनको निर्णय

आन्दोलनरत संघीय गठबन्धनले आगामी दिनमा आन्दोलनलाई अझै सशक्त बनाउने निर्णय गरेको छ। आन्दोलनको समिक्षा गर भावी रणनीति तय गर्न बिहीबार बसेको गठबन्धन सचिवालयको बैठकले आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको सचिवालय सदस्य एवं राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झाले जानकारी दिए।

वार्ता मोर्चासँग होइन,गठबन्धनसँग गर्नुपर्छः यादव

घीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं संघीय गठबन्धनका नेता उपेन्द्र यादवले गठबन्धन आन्दोलनमा रहेकोले समस्या समाधानकालागि सरकारले गठबन्धनसँगै वार्ता गर्नुपर्ने बताएका छन्।

संघीय गठबन्धनप्रति सद्भावना आक्रामक

राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी नयाँ संविधानप्रति विमति जनाउँदै आन्दोलनरत संघीय गठबन्धनप्रति आक्रामक देखिएको छ। तराई–मधेसको आन्दोलन गर्ने संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई विघटन गराउन उद्यत भएको भन्दै सद्भावना आक्रामक देखिएको हो।

गठबन्धनकाे मागमा कांग्रेसको साथ

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार टुँडिखेलमा अनशनरत संघीय गठबन्धनका कार्यकर्तालाई भेटेका छन्।

ओली गठबन्धन अल्पमतमा - एकीकृत नेकपा माओवादीले वर्तमान सरकार छाड्ने निर्णय

काठमाडौं- प्रमुख सत्तासाझेदार एकीकृत नेकपा माओवादीले वर्तमान सरकार छाड्ने निर्णय लिएपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व गठबन्धन अल्पमतमा परेको छ। बुधबार बिहान बसेको एकीकृत माओवादी पदाधिकारी बैठकले अहिलेको सरकारले परिणाममुखी काम गर्न नसकेको भन्दै आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको हो।

संघीय गठबन्धनका २६ बुँदे माग

काठमाडौं-नयाँ संविधानप्रति विमति जनाउँदै आन्दोलनरत संयुक्त लोकतान्त्रिक मोर्चा आबद्ध संघीय गठबन्धनले बन्द सरकारी कलकारखाना खोलेर रोजगारी सिर्जना गर्न माग गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्