यार्सागुम्बा ह्विस्की जापान निर्यात
नेपाली बजारमा विदेशी मदिराको वर्चस्व रहेको अवस्थामा यहाँको एक मदिरा उत्पादक कम्पनीले यार्सागुम्बा ह्विस्की विदेश निर्यात सुरु गरेको छ।
नेपाली बजारमा विदेशी मदिराको वर्चस्व रहेको अवस्थामा यहाँको एक मदिरा उत्पादक कम्पनीले यार्सागुम्बा ह्विस्की विदेश निर्यात सुरु गरेको छ।
यो वर्ष ३७९ किलोग्राम यार्सागुम्बा दार्चुलाबाट निकासी भएको छ। अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका अनुसार व्यापारीले छुटपूर्जी बनाएर यार्सागुम्बा काठमाडौँ निकासी गरेका हुन्।
२०६६ असार २६ मा यार्सागुम्बा संकलनमा आएका ७ गोर्खाली युवाको हत्या गरी कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका कैदीबन्दीको कैद मिनाहा गरिएको छ।
हुम्ला विमानस्थलबाट पाँच केजी ३ सय ग्राम यार्सागुम्बा बरामद गरिएको छ। विमानस्थलमा खटिएको प्रहरी टोलीले यार्सागुम्बासहित एक युवालाई पक्राउ गरेको छ।
यार्सागुम्बा सङ्कलनका लागि डोल्पाको जगदुल्ला पाटन पुगेका जुम्ला गुठीचौर गाउँपालिका–३ गज्र्याङ्कोटका १७ वर्षीय सुमन रावलको मृत्यु भएको छ।
बहुमूल्य जडिबुटी यार्सागुम्बाको भण्डार क्षेत्रको रुपमा रहेको हिमाली जिल्ला डोल्पाका यार्सा पाटनहरु आउँदो जेठको १० गतेबाट संकलनको लागि खुला गरिने भएका छन्।
हिमाली हिराको नामले चिनिने यार्सागुम्बा संकलन गर्न नपाउँदा कर्णली र सुदूरपश्चिमका हिमाली जिल्लाका स्थानीय आर्थिक संकटमा परेका छन्।
लेकमा पाइने यार्सागुम्बा टिपेर वर्षभरिका लागि चाहिने खाद्यान्न, लुगाकपडा र छोराछोरीका लागि पढाइमा खर्च गर्ने सुर्मावासी २०७६ चैत दोस्रो सातादेखि लकडाउन जारी गरेसँगै आवतजावतमा समेत रोक लगाएपछि लेकमा गएर यार्सागुम्बा संकलन गर्न नपाउँदा आर्थिक मारमा परेका छन्।
घनश्यामकै होटलमा अर्का एक अनौठा पात्र भेटिए। उनले परिचय दिए, ‘म बलिगुरु माथि पाथिभरा मन्दिरको।’ उनका कुरा सुनेर छक्क पर्दै मैले सोधें, ‘मैले त पहिलो चोटि सुनेँ यो शब्द नै आज! बताइदिनुहोस् न हजुर कस्तो काम गर्ने गुरुलाई बलिगुरु भनिन्छ?’
नेपालमा पाइने भएको बहुमूल्य जडीबुटी यार्सागुम्बालाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन)ले पहिलो पटक रेड लिष्टमा राखेको छ। पछिल्ला वर्षहरूको यो जडीवुटीको व्यापारिक प्रयोजन ह्वात्तै बढेकोछ। यसले गर्दा आइयुसिनले संरक्षणका हिसाबले संकटमा परेको भनेर आफ्नो रेड लिष्टमा राखेको हो।
कोरोना भाइरसको जोखिम र लकडाउनका कारण यार्सा संकलनमा प्रतिबन्ध लगाइएपछि विपन्न परिवारको जीविकोपार्जनमा समस्या देखिएको छ । रुकुमपूर्व र डोल्पाका स्थानीयको आयआर्जनको मुख्य स्रोत नै यार्सा संकलन हो ।
कर्णाली प्रदेश सरकारले बहुमूल्य जडीबटी यार्सागुम्बा संकलन जेठ २५ गतेदेखि खुला गर्न तयारी गरेको छ । हुम्ला, मुगु, जुम्ला र डोल्पामा कोरोना भाइरस संक्रमण नदेखिएको र भारतबाट आउने त्यस क्षेत्रका नागरिकलाई सुर्खेतका क्वारेन्टिनमा व्यवस्थापन भएको अवस्था हुँदा यार्सागुम्बा संकलन गर्दा जोखिम नहुने प्रदेश सरकारले जनाएको छ ।
हजारौँको सङ्ख्यामा यार्सागुम्बा सङ्कलन गर्न जाने क्षेत्रमा सङ्कलन अनुमति दिँदा जोखिम बढ्ने भएपछि सङ्कलनमा रोक लगाइएको हो।
सङ्खुवासभाको मकालु वरुण राष्ट्रिय निकुञ्जले बहुमूल्य जडिबुटी यार्सागुम्बा सङ्कलनमा यस वर्ष रोक लगाइएको छ।
कोरोना भाइरसको जोखिमबाट जोगिन र जोगाउन यार्सागुम्बा सङ्कलनमा रोक लगाएपछि डोल्पाका पाटनमा सुरक्षाकर्मीले गस्ती शुरु गरेका छन् । सामुदायिक वन समूहमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गस्ती गरिररहेका छन् ।