३१ वैशाख २०८१ सोमबार
image/svg+xml

विद्युत् प्राधिकरणले ६० अर्ब रूपैयाँबराबरको आइपिओ बिक्री गर्दै

सार्वजनिक संस्थानमध्ये पछिल्ला दिनमा आर्थिक रूपमा सबल बन्दै गएको नेपाल विद्युत् प्राधिकरणले ६० अर्ब रूपैयाँ बराबरको साधारण सेयर (आइपिओ) बिक्री गर्ने भएको छ।

आइपिओ ‘ओभर सस्क्राइब’, वैदेशिक रोजगारीमा रहेकालाई बाँडफाँट

पत्रिकालगायत डिजिटल माध्यम प्रकाशन गर्दै आएको नेपाल रिपब्लिक मिडियाले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आइपिओ बुधबार बाँडफाँट भएको छ।

रिपब्लिक मिडियाको आइपिओमा आकर्षण

काभ्रेपलाञ्चोकका विनोद त्रिपाठी यतिबेला युद्धरत युक्रेनको सीमा जोडिएको मुलुक रोमानियाको सुसेभामा कार्यरत छन्। विदेशमा रहँदा पनि नेपाली कम्पनीको सेयरमा उत्तिकै रुचि राख्ने उनले यसपटक नेपाल रिपब्लिक मिडिया लिमिटेडले जारी गरेको ‘आइपिओ’मा सहभागिता जनाए।

नेपाल रिपब्लिक मिडियाको आइपिओ आजदेखि

नेपाल रिपब्लिक मिडियाको आइपिओ आइतबारदेखि विदेशमा कार्यरत सर्वसाधारण र संस्थाका सहकर्मी तथा पत्रकारहरूका लागि खुला भएको छ।

वैदेशिक रोजगारीमा रहेकालाई लक्षित गर्दै आइपिओ निष्कासन

गत बुधबारदेखि प्रतिकित्ता एक सय रूपैयाँ अंकित दरमा ५८ हजार ५८ कित्ता शेयरको बिक्री खुला गरेको हो।

एशियन हाइड्रोपावरको आइपिओ खुला

एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयरको बिक्री खुला गरेको छ।

आइएमईले आइपिओ निष्कासन गर्ने

रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमई पब्लिक कम्पनीमा परिणत भएको छ। पब्लिक कम्पनी भएसँगै आइएमईले सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) जारी गर्ने भएको छ।

माया खोला हाइड्रोपावरको आइपिओ आउँदै

कम्पनीले पहिलो चरणमा यही मङ्सिर २३ गतेदेखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा १२ लाख ४० हजार कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) को निष्कासन तथा बिक्री खुला गर्ने भएको हो।

अभियान लघुवित्तको आइपिओमा आजदेखि आवेदन दिन पाइने

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।

स्थानीयवासीलाई श्वेतगङ्गा हाइड्रोपावरको आइपिओ खुला

श्वेतगङ्गा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ।

रिभर फल्सको आइपिओ आउँदै

कम्पनीले यही वैशाख २८ गतेदेखि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) को बिक्री खुला गर्ने भएको हो। सर्वसाधारणका लागि कम्पनीले प्रतिकित्ता १ सय अंकित दरमा २७ लाख ३० हजार कित्ता सेयर बिक्रीका लागि दरखास्त आह्वान गरेको छ।

‘२५ जलविद्युत् कम्पनीलाई तत्काल आइपिओ अनुमति देऊ’

इप्पानका पदाधिकारीले आइतबार धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई भेटेर आइपिओको पाइपलाइनमा रहेका जलविद्युत् कम्पनीलाई अनुमति दिन अनुरोध गरेका हुन्। बोर्डले लामो समयसम्म २५ जलविद्युत् कम्पनीलाई सेयर निष्कासन गर्ने अनुमति नदिएपछि इप्पानले बोर्ड अध्यक्षलाई भेटेर दबाब दिएको हो।

आइपिओ जारी गर्दै नेष्डो समृद्ध लघुवित्त

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि यही फागुन ११ गतेदेखि साधारण शेयरको बिक्री खुला गर्ने भएको छ।

जाल्पा सामुदायिक लघुवित्तको आइपिओ खुल्यो

निष्काशन गरिने साधारण शेयरमध्ये पाँच प्रतिशत अर्थात् २६ हजार १०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको र जारी पूँजीको शून्य दशमलव पाँच प्रतिशत अर्थात् आठ हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी रहने चार लाख ८७ हजार ९०० कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जारी गरेको आहन पत्रमा उल्लेख छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्